नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँकेमा मानव बेचविखन तथा ओसारपसार विरुद्धको दिवसमा अन्तरक्रिया
बाँकेमा मानव बेचविखन तथा ओसारपसार विरुद्धको दिवसमा अन्तरक्रिया
बागेश्वरी पोस्ट
शुक्रबार, भदौ २०, २०८२ बागेश्वरी पोस्ट
बाँकेमा मानव बेचविखन तथा ओसारपसार विरुद्धको दिवसमा अन्तरक्रिया

नेपालगञ्ज । बाँकेमा एक बर्षको अवधिमा जोखिमपूर्ण यात्रामा रहेका १५३८ जनालाई सीमा नाकाबाट उद्दार गरिएको छ । ती मध्ये बाँके जिल्लाका मात्रै ३३५ जना छन् । मानव बेचविखन तथा ओसारपसार विरुद्धको १९औं राष्ट्रिय दिवसको अवसरमा आज नेपालगञ्जमा आयोजित 'मानव बेचविखनविरुद्ध अन्तरक्रिया कार्यक्रम' मा मानव बेचविखन र ओसारपसार विरुद्ध क्रियाशील विभिन्न संघ संस्थाको एकीकृत तथ्यांक प्रस्तुत गरिएको हो । 

तथ्यांक प्रस्तुत गर्दै माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले आर्थिक बर्ष २०८१/८२ मा कोहलपुरका ८० जना, बैजनाथ ६८, नेपालगञ्ज ५६, खजुरा ४७, राप्तीसोनारी ४५, जानकी २०, नरैनापुर १०  र डुडुवाका ९ जनालाई सीमा नाकाबाट उद्दार गरिएको जानकारी दिए । यस्तै यो अवधिमा खोजतलास तथा उद्दारका लागि निवेदन परेको संख्या ८३३ रहेकोमा ४३७ जना फेला परेका छन् । त्यसमा बाँके जिल्लाका मात्रै ११९ रहेकोमा ११४ जना फेला परिसकेका छन् । कोइरालाले मानव बेचविखनको प्रवृत्ति, चुनौती र नियन्त्रणका विषयमा प्रस्तुतिकरण गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आर्थिक बर्ष २०८१/८२ मा ५५५ जनाले कार्यालयमा खोजतलास तथा उद्दारका लागि निवेदन दिएका थिए । ती मध्ये ५४८ फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेमा मानव बेचविखनका १२ मुद्दा दर्ता भएकोमा बाँकेका मात्र ७ वटा छन् । सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका बरिष्ठ महिला विकास अधिकृत पवित्रा कुमारी पुरी, नरैनापुरकी महिला विकास अधिकृत कृष्णा कुमारी चन्द, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, शक्ति समूहकी निर्मला पौडेल, दमयन्ती फाउण्डेशनकी इन्दु जिसी रावल, अभियान नेपालकी कमला पन्त लगायतले मानव बेचविखनविरुद्ध सबै सरोकारवाला निकाय एकीकृत ढंगले गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएका थिए । नेपालगञ्ज सहरभित्र पनि पछिल्लो समय बग्रेल्ती खुलेका बयश्क मनोरञ्जन केन्द्रहरुमा निगरानी बढाउनुपर्ने आवश्यकता देखिएको भन्दै सरोकारवाला प्रतिबद्ध भएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले दिवसको अवसरमा गरिएको अन्तरक्रिया जीवन्त भएको भन्दै अब कार्यान्वयन तहमा प्रभावकारी ढंगले अघि बढ्न सबै एकीकृत ढंगले लाग्नुपर्ने बताए । मानव बेचविखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति बाँकेको आयोजना तथा माइती नेपाल, साथी एवम् शक्ति समूहको सहयोग र समन्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विष्णु साहनीले गरेका थिए ।


प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  २०:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP