नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालको संविधान २०७२ को विकल्प खोज्न नहुनेमा जोड
नेपालको संविधान २०७२ को विकल्प खोज्न नहुनेमा जोड
बागेश्वरी पोस्ट
शुक्रबार, असोज ३, २०८२ बागेश्वरी पोस्ट
नेपालको संविधान २०७२ को विकल्प खोज्न नहुनेमा जोड

नेपालगञ्ज । नेपालको संविधान २०७२ को विकल्प खोज्न नहुनेमा जोड दिइएको छ । ११औं संविधान दिवसको अवसरमा विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा आज नेपालगञ्जमा सम्पन्न ‘बदलिँदो परिस्थितिमा नागरिकको भूमिका’ विषयक कार्यक्रमका सहभागीहरुले जेन्जी पुस्ताको आन्दोलनले राजनीति संग्लिनुपर्ने सन्देश दिएको बताउँदै उनीहरुको मागमा धोका भए मुलुक फेरि दुर्घटनामा जाने चेतावनी समेत दिएका छन् ।

सहभागीहरुले अहिलेको संविधानको विकल्प नभई निर्वाचनपछि आउने प्रतिनिधिसभाले आवश्यक संशोधन गर्नुपर्नेमा जोड दिए । अहिलेको अर्जुनदृष्टि निर्वाचन बन्नुपर्ने भन्दै संविधान साधन मात्र भएकोले कार्यान्वयनमा इमान्दार भए त्यसले जनभावना प्रतिबिम्बित गर्ने उल्लेख गरे । पटक पटक संविधानको हुर्मत लिने काम स्वयं राजनीतिक दलहरुले गर्दा बितृष्णा बढेको भन्दै उनीहरुले राजनीतिक बेथिति र ब्याप्त भ्रष्टाचार विरुद्ध चर्को आवाज मुखरित भएको टिप्पणी गरे । 

उच्च अदालत बार एशोसियशन नेपालगञ्जका अध्यक्ष चित्रबहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरुले नेपाली जनता आफैंले लेखेको संविधान उत्कृष्ट भए पनि केही असन्तुष्टिका कुरालाई संशोधन गर्न सकिने धारणा व्यक्त गरेका थिए । जेनजी आन्दोलनमा उठेका मागलाई संविधान संशोधन गरेर समेट्नु नै आजको आवश्यकता भएको बताउँदै उनीहरुले निर्वाचनपछि संविधानमा जेन्जी पुस्ताको भावनालाई समेटेर मुलुकलाई सही दिशामा अगाडि बढाउनुपर्ने सुझाब समेत दिएका थिए ।

कार्यक्रममा नेपाल कानुन ब्यवसायी परिषद लुम्बिनी प्रदेश पार्षद ईश्वरीप्रसाद ज्ञवाली, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटर, अधिवक्ताहरु मो. अयुब सिद्दिकी, पदम पाण्डे, विश्वजित तिवारी, सुनिता शर्मा, नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, अधिकारकर्मी प्रकाश उपाध्याय, कमला पन्त, विनोद थापा, चन्द्रकला उप्रेति, गैरसरकारी संस्था महासंघ बाँकेका सचिव रमेश सिटौला, पत्रकारहरु शरण कर्माचार्य, विजय मल्ल लगायतले बोलेका थिए ।

कार्यक्रममा इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए भने सञ्चालन पत्रकार महासंघ बाँकेका उपाध्यक्ष तिलक गाउँलेले गरेका थिए । नेपाल पत्रकार महासंघ बाँके, उच्च अदालत बार एसोसिएसन नेपालगन्ज, बाँके जिल्ला अदालत बार एसोसिएसन, इन्सेक, सूचना र मानव अधिकार अनुसन्धान केन्द्र, मानव अधिकार संगठन नेपालगन्ज, पिआइएल कानुन ब्यबसायी समूह, गैरसरकारी संस्था महासंघ बाँके र एड्भोकेसी फोरम नेपालगञ्जको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । 


प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  २०:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP