नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बौद्धिक बर्गले समाजमा यथार्थता प्रसार गर्न इमान्दारिता देखाउनुपर्नेमा जोड
बौद्धिक बर्गले समाजमा यथार्थता प्रसार गर्न इमान्दारिता देखाउनुपर्नेमा जोड
बागेश्वरी पोस्ट
आइतबार, असोज ५, २०८२ बागेश्वरी पोस्ट
बौद्धिक बर्गले समाजमा यथार्थता प्रसार गर्न इमान्दारिता देखाउनुपर्नेमा जोड

नेपालगञ्ज । बौद्धिक बर्गले समाजमा यथार्थता प्रसार गर्न इमान्दारिता देखाउनुपर्नेमा जोड दिइएको छ । प्रगतिशील लेखक संघ बाँकेले ७४औं स्थापना दिवसको अवसरमा आज नेपालगञ्जमा आयोजना गरेको 'वर्तमान राजनीतिक परिप्रेक्ष्यमा लेखक तथा बौद्धिक बर्गको भूमिका' विषयक विचार गोष्ठी एवम् 'जेनजी आन्दोलनका सहिदहरुप्रतिको श्रद्धाञ्जली कार्यक्रम' मा बोल्ने बक्ताहरुले लेखक तथा बौद्धिक बर्गले मुलुकको आवश्यकता र जनभावना मुखरित गर्न हिच्किचाउन नहुनेमा जोड दिए ।

नव-युवा पुस्ताको भावनालाई बुझ्न नसक्दा मुलुकमा ठूलो उथलपुथल भएको भन्दै अब यसको सही ब्यवस्थापनका लागि दबाब बढाउन बौद्धिक बर्गले भूमिका खेल्नुपर्नेमा जोड दिइएको छ । प्रगतिशील लेखक संघ बाँकेका अध्यक्ष चरित्रा शाहको अध्यक्षता एवम् केन्द्रीय सचिव हरि प्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्राज्ञ सनत रेग्मी, मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक तोया नाथ पहाडी, राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटर, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई र शिक्षाविद् जित बहादुर शाह बक्ताका रुपमा थिए भने प्रगतिशील लेखक संघकी सचिवालय सदस्य कल्पना पौडेल 'जिज्ञासु', लुम्बिनी प्राविधिक विश्वविद्यालयका प्रा. डा. कृष्ण प्रसाद घिमिरे, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले बोलेका थिए ।

प्रगतिशील लेखक संघ बाँकेका उपाध्यक्ष सुन्दर गुरुंगले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव इन्दिरा गौतमले गरेकी थिइन् । त्यसक्रममा जेनजी आन्दोलनमा सहादत प्राप्त गर्ने बाँकको दुई युवा सुलभराज श्रेष्ठ र आयुष थापासंगै सबै सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो । 

May be an image of 9 people, dais and textMay be an image of 12 people, people studying, temple and text


प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  २१:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP