prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज ७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँकेका सिडिओको व्यवहारप्रति नागरिक संघसंगठनद्वारा ध्यानाकर्षण
बाँकेका सिडिओको व्यवहारप्रति नागरिक संघसंगठनद्वारा ध्यानाकर्षण
banijya office RSG-2
पत्रकार महासंघका पूर्व महासचिव केसीले पनि जनाए आपत्ति
बागेश्वरी पोस्ट
मंगलबार, असोज ७, २०८२ बागेश्वरी पोस्ट
बाँकेका सिडिओको व्यवहारप्रति नागरिक संघसंगठनद्वारा ध्यानाकर्षण

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव एवम् गोरखापत्रकर्मी गोविन्द शर्मामाथि रिपोर्टिङको क्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीबाट भएको दुव्र्यवहारको घटनाप्रति नागरिक अगुवाका संघसंगठनहरुले आपत्ति जनाएका छन् । जेनजी आन्दोलनमा भदौ २४ गते आगजनी गरिएको जिल्ला प्रशासन कार्यालयको पछिल्लो अवस्थाबारे रिपोर्टिङका क्रममा (तस्बिर लिन खोज्दा) बाँकेका प्रमुख जिल्ला अधिकारी जोशीले पत्रकार आचार्यलाई अनुमति नलिएर किन तस्बिर लिएको भन्दै अस्वभाविक व्यवहार देखाएको घटनाले स्वतन्त्र पत्रकारितामा अवरोध गरेको उनीहरुले ठहर गरेका छन् । 

प्रमुख जिल्ला अधिकारी जोशीले यस अघिदेखि नै प्रेसप्रति दुर्भाव राख्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी व्यवहार देखाएको, नागरिक समाजका सार्वजनिक कार्यक्रम (बार, होटेल अर्गनाइजेशन लगायत) मा अशोभनीय अभिव्यक्ति दिएको, जोशीको समग्र कार्य सम्पादनप्रति निरन्तर प्रश्न उब्जिएकोे विभिन्न घटनाक्रमले देखाएको छ । “अभिभावकीय भूमिकामा रहेको सार्वजनिक व्यक्तित्वले गर्ने व्यवहार नागरिकमैत्री हुनुपर्छ," आज संयुक्त विज्ञप्ति निकाल्दै उनीहरुले भनेका छन्–“मुस्कानसहितको सेवा प्रवाह गर्ने दायित्व प्रत्येक सरकारी अधिकारीको हो तर पछिल्ला दिनहरूमा स्वयं प्रमुख जिल्ला अधिकारी जोशीले नै आफ्नो पदीय जिम्मेवारीलाई बिर्सिएर सरकारले लिएको नीतिको नै अवज्ञा गरेको देखिएको छ ।” आगामी दिनमा यस्ता घटनाको पुनरावृत्ति नगर्न उनीहरुले सचेत समेत पारेका छन् । 

May be an image of 11 people and text

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, नेपालगञ्ज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष चित्र बहादुर शाही, बाँके जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष मेहरसिंह खत्री, वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, इन्सेक लुम्बिनी प्रदेशका संयोजक भोला महतले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । 

त्यसैगरी नेपाल मानव अधिकार संगठन बाँकेका सभापति प्रल्हाद बहादुर कार्की, गैरसरकारी संस्था महासंघका अध्यक्ष चन्द्रप्रसाद तिमिल्सिना, एड्भोकेसी फोरम लुम्बिनी प्रदेश संयोजक बसन्त गौतम, विकासका लागि नागरिक सरोकार समिति नेपालगञ्जका संयोजक कृष्णप्रसाद श्रेष्ठ, मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य प्रभात कुमार ठकुरी, होप ट्रेनिङ एण्ड रिचर्स सेन्टरका निर्देशक सुरेश गौतम,  त्रिवि प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका अध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरज कुमार गौतम, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य शुशिल लामिछाने, प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल,  प्रेस चौतारीका अध्यक्ष कमल डाँगी, समाजवादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा, प्रगतिशिल पत्रकार संघका उपाध्यक्ष तिलक गाउँले, भ्वाइस नेपालगन्जका अध्यक्ष रमेश सिटौला र सूचना तथा मानव अधिकार अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक राकेश मिश्रले पनि विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

यसैबीच नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय महासचिव पोषण केसीले प्रमुख जिल्ला अधिकारीको व्यवहार आपत्तिजनक रहेको बताएका छन् । सामाजिक संजालमा प्रतिक्रिया दिँदै उनले प्रमुख जिल्ला अधिकारीलाई मुलुकमा लोकतान्त्रिक र गणतान्त्रिक ब्यवस्था छ भन्ने कुरा हेक्का राख्न पनि सुझाएका छन् । उनले भने-`यो लोकतान्त्रिक गणतान्त्रिक ब्यवस्था हो, तपाईं तानाशाह बन्ने सोचबाट मुक्त हुनुहोस् । लोकतन्त्रमा सबै समान हुने भएकाले सबैको आत्मसम्मान र स्वाभिमानलाई सम्मान गर्न सिक्नुहोस् ।´

उनले पत्रकार मात्र नभर जनप्रतिनिधि, दलका नेतृत्व र निजामति कर्मचारीलाई समेत सिडिओले हुर्मत लिने र मानमर्दन गर्ने काम गरेको टिप्पणी गरेका छन् । केसीले भने-`लोकतन्त्रमा सबैको आत्मसम्मान र स्वाभिमानलाई सम्मान गर्नुपर्दछ भन्ने सामान्य व्यहोरा समेत ख्याल नगर्ने सिडिओले पत्रकारलाई मात्रै होइन, धेरै जना जनप्रतिनिधि, राजनैतिक दलका नेतृत्व र निजामति कर्मचारीलाई समेत पटक-पटक हुर्मत लिने र मानमर्दन गर्दै आएका छन् । अरूलाई आदर्श र नैतिकताको पाठ सिकाउनेले पहिले आफ्नो अनुहार ऐनामा हेर्दा हुन्छ ।´

May be an image of text

 


प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  १६:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेका सिडिओको व्यवहारप्रति नागरिक संघसंगठनद्वारा ध्यानाकर्षण
बाँकेका सिडिओको व्यवहारप्रति नागरिक संघसंगठनद्वारा ध्यानाकर्षण
बौद्धिक बर्गले समाजमा यथार्थता प्रसार गर्न इमान्दारिता देखाउनुपर्नेमा जोड
बौद्धिक बर्गले समाजमा यथार्थता प्रसार गर्न इमान्दारिता देखाउनुपर्नेमा जोड
पूर्व प्रहरी संगठन बाँकेद्वारा नेपालगञ्ज उपमहानगरलाई दुई वटा स्टील दराज सहयोग
पूर्व प्रहरी संगठन बाँकेद्वारा नेपालगञ्ज उपमहानगरलाई दुई वटा स्टील दराज सहयोग
नेपालगन्जमा शान्ति र्याली र दीप प्रज्वलन
नेपालगन्जमा शान्ति र्याली र दीप प्रज्वलन
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP