नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, कात्तिक २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • बाँकेका पत्रकारहरुको निःशुल्क मुटु चेकजाँच
बाँकेका पत्रकारहरुको निःशुल्क मुटु चेकजाँच
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक २१, २०८२ बागेश्वरी पोस्ट
बाँकेका पत्रकारहरुको निःशुल्क मुटु चेकजाँच

नेपालगन्ज । अस्वस्थ जीवनशैलीका कारण बाँकेका पत्रकारहरु मुटु रोगको जोखिममा परेका छन् । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना, नेपाल प्रेस युनियन बाँके र स्वर्गीय पन्नालाल गुप्ता प्रतिष्ठानको समन्वय तथा भेरी अस्पतालको प्राविधिक सहयोगमा पत्रकारहरुलाई लक्षित गरी आयोजना गरिएको निःशुल्क 'मुटु जाँच शिविर' मा उनीहरुको स्वास्थ्य परीक्षण गर्दा रिपोर्टमा मुटु रोगको जोखिम देखिएको हो ।

७७ जना पत्रकारहरुको चेकजाँच गर्दा ४५ प्रतिशत बढीलाई कोलेस्ट्रोलको समस्या देखिएको भेरी अस्पतालका मुटु रोग विभाग प्रमुख समेत रहेका प्रमुख कन्सल्टेन्ट कार्डियोलोजिष्ट डा. कृष्ण अधिकारीले बताए । उनका अनुसार उच्च रक्तचाप र सुगरको समस्या पनि धेरैमा देखिएको छ ।

May be an image of ‎one or more people, suit, dais and ‎text that says '‎पत्रकारहरुका लागि नि शुल्क मुटु चेकजाँच शिविर मिलि: २०८२ कार्तिक 29 गते सुक्रवार समर: विहान 0.20 बजे स्थान: मेरी अस्पलाल (नर्या भवन- भवन-समाहल) पयी आयोजक पडकार पहकारमहारांचवाऊ महारंय মिकि महयोग पय्योग नेपालगन्ज व्ययः सुजियन बके মा प्रतिष्ठान م‎'‎‎

‘अस्वस्थ जीवनशैली र खानपानका कारण मुटुलाई असर गर्ने रोग धेरैमा देखिएको पाइयो,' डा. अधिकारीले भने–‘उहाँहरुलाई अनुशासित जीवनशैली अंगिकार गर्न र जीवनशैली बदल्न सुझाव दिएका छौं ।’ वरिष्ठ कन्सल्टेन्ट कार्डियोलोजिष्ट डा. विकास नेपालका अनुसार शरीरमा कोलेस्ट्रोलको मात्रा धेरै भएमा मुटु सम्बन्धि समस्या हुने गर्छ । शरीरमा अतिरिक्त कोलेस्ट्रोल जम्मा भएमा वा रगतमा कोलेस्ट्रोलको मात्रा उच्च भएमा यसले रक्तधमनीमा अवरोध पैदा गरी मुटु सम्बन्धि गम्भीर समस्या निम्त्याउने गर्छ । यसबाट हृदयाघातको सम्भावना समेत बढ्ने गर्छ । त्यसैले यसको नियन्त्रणका लागि व्यक्ति सचेत हुनुपर्ने डा. नेपालको भनाई छ ।

कोलेस्ट्रोललाई नियन्त्रण गर्नका लागि व्यायाम गर्ने, धूमपान तथा मद्यपान त्याग्नुका साथै बोसोरहित खानेकुराको सेवन गर्न डा. अधिकारी सुझाउँछन् । डा. अधिकारीले फाइबरयुक्त खानेकुराका साथमा हरिया सागसब्जी, फलफूल तथा तरकारीको सेवन अधिक मात्रामा गर्न सुझाव दिएका छन् । मुटु रोग विभागमै कार्यरत फिजिसियन डा. विपिन आचार्यले पत्रकारहरुको स्वास्थ्य रिपोर्टमा मुटुमै समस्या भएको नपाइए पनि तर जोखिम निम्त्याउने कारणहरु धेरैमा देखिएको भन्दै जीवनशैली फेर्न सुझाव दिएका छन् । उमेर, शरीर अनुसारको तौल सन्तुलनमा राख्नेदेखि नियमित व्याम गर्ने, खानपिनमा सचेतता अपनाउन उनको सुझाव छ ।

प्रेस स्वतन्त्रता सेनानी स्वः पन्नालाल गुप्ताको ९७औं जन्मजयन्तीको अवसरमा आयोजित उक्त शिविरको उद्घाटन नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले गरेका थिए । त्यसक्रममा उनले पत्रकारहरु आफ्नो स्वास्थ्यबारे सचेत हुनुपर्छ भन्ने सन्देश शिविरले दिएको बताए । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले हरेक नागरिकको मुटु बलियो हुनुपर्ने भन्दै पत्रकारहरुको मुटु झनै बलियो हुनुपर्ने धारणा राखे । उनले त्यसका लागि नियमित चेकजाँच गर्न र स्वस्थ जीवनशैली अपनाउन सुझाव दिए । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले मुटु स्वस्थ र मन स्वच्छ राखेर असल पत्रकारिता गरौं भन्ने सन्देशका लागि शिविर महत्वपूर्ण भएको बताए । उनले पत्रकारले आममानिसमा नियमित मुटु जचाउन र जोगाउन सन्देश प्रवाह गर्नुपर्नेमा पनि जोड दिए ।

नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालले नसर्ने रोगको प्रभाव न्यूनीकरणका लागि सचेतना फैलाउन शिविरले आम पत्रकारहरुको ऐक्यवद्धता छ भन्ने सन्देश दिएको बताए । यस्तै प्रतिष्ठानका अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी गुप्ताका छोरा विजय गुप्ताले शिविर आयोजनाले आफ्ना पिताप्रति उच्च सम्मान गरेको भन्दै धन्यवाद दिए । कार्यक्रमको सहजीकरण पत्रकार महासंघ बाँकेका सचिव कृष्ण ओलीले गरेका थिए ।

May be an image of one or more people, people studying and textMay be an image of one or more people and people studyingMay be an image of one or more people, dais and textMay be an image of one or more people, beard and people smiling


प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  २१:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशमा स्वास्थ्य कार्यालय पाल्पा पहिलो
लुम्बिनी प्रदेशमा स्वास्थ्य कार्यालय पाल्पा पहिलो
बाँकेका पत्रकारहरुको निःशुल्क मुटु चेकजाँच
बाँकेका पत्रकारहरुको निःशुल्क मुटु चेकजाँच
प्रदेश स्तरीय मूल्यांकनमा जिल्ला अस्पताल बर्दिया यस वर्ष पनि पहिलो स्थानमा
प्रदेश स्तरीय मूल्यांकनमा जिल्ला अस्पताल बर्दिया यस वर्ष पनि पहिलो स्थानमा
भेरी अस्पतालमा थपिए चार डायलाइसिस मेसिन, विरामीलाई राहत
भेरी अस्पतालमा थपिए चार डायलाइसिस मेसिन, विरामीलाई राहत
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP