नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, कात्तिक २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँकेमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड
बाँकेमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक २५, २०८२ बागेश्वरी पोस्ट
बाँकेमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड

नेपालगन्ज । बाँकेमा मतदाता नामावलीमा नाम दर्ता गराउनको भीड छ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि गएको असोज १० गतेदेखि यही कार्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता गराउने समय सीमा तोकिएपछि निर्वाचन कार्यालय बाँकेमा भीड बढेको हो ।

जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार हिजो आज दैनिक तीन सय बढी नयाँ मतदाता नामावली दर्ताका लागि कार्यालय आउने गरेका छन् । कार्तिक २१ गतेसम्म बाँकेमा ५ हजार २२९ जना नयाँ मतदाता थपिएका छन् । ती मध्ये पुरुष २ हजार ६०६ र महिला २ हजार ६२३ जना रहेको शाहीले बताए । उनका अनुसार अधिकांश मतदाता नव युवा छन् । १८ देखि २५ वर्ष उमेर समूहका बढी छन् ।

मतदाता नामावलीका लागि नाम दर्ता गराउन निर्वाचन कार्यालय पुगेका नेपालगन्जका २५ वर्षीय विरेन्द्र कुमार यादवले आगामी निर्वाचनमा मतदान गर्न आतुर रहेको बताए । मुलुकको बदलिँदो राजनीतिक घटनाक्रमसँगै केही आशा देखिएकाले पहिलो पटक मतदान गर्नका लागि आफूले मतदाता नामावलीमा नाम दर्ता गराएको उनले बताए । कोहलपुरकी २० वर्षीया लक्ष्मी सुनार पनि मतदाता नामावलीमा नाम दर्ता गराउँदा उत्साहित देखिन्छिन् । देशको विकास गर्ने प्रतिनिधिलाई मतदान गर्ने योजना उनले बनाइसकेकी छिन् । 

बाँकेमा २०७९ सालको निर्वाचनमा ३ लाख ३३ हजार ९३४ जना मतदाता थिए । त्यसमा १ लाख ६९ हजार ८७६ पुरुष, १ लाख ६४ हजार ४९ महिला र अन्य ९ जना थिए । निर्वाचन कार्यालयमा अहिले नयाँ मतदाता नामावलीमा नाम दर्ता गर्ने, त्रुटि सच्चाउने, ठाउँसारी गर्ने लगायतका कामहरु भइरहेको कार्यालय प्रमुख शाहीले बताए ।


प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  २१:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड
बाँकेमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड
बाँकेमा चार महिनामा ७० सर्पको उद्धार
बाँकेमा चार महिनामा ७० सर्पको उद्धार
नेपाल प्रहरीको ३३औँ आइजीपीमा दान बहादुर कार्की नियुक्त
नेपाल प्रहरीको ३३औँ आइजीपीमा दान बहादुर कार्की नियुक्त
मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको सदुपयोगका लागि प्रेरित गर्न देशब्यापी जागरण अभियान सुरु
मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको सदुपयोगका लागि प्रेरित गर्न देशब्यापी जागरण अभियान सुरु
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP