नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • सुदूरपश्चिममा सशस्त्र प्रहरीको कारबाही: १४ करोड ९३ लाख बढीको अवैध सामग्री बरामद
सुदूरपश्चिममा सशस्त्र प्रहरीको कारबाही: १४ करोड ९३ लाख बढीको अवैध सामग्री बरामद
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक २९, २०८२ बागेश्वरी पोस्ट
सुदूरपश्चिममा सशस्त्र प्रहरीको कारबाही: १४ करोड ९३ लाख बढीको अवैध सामग्री बरामद

कैलाली । सशस्त्र प्रहरी बल नेपालले सुदूरपश्चिम प्रदेशमा गरेको कारबाहीमा झण्डै १५ करोड रुपैयाँको अवैध सामग्रीसहित १० जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेशको नेतृत्व गर्ने  सशस्त्र प्रहरी बल नं .७ वैद्यनाथ बाहिनीको कमाण्ड सम्हालेका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रदिप कुमार पालको कुशल नेतृत्व एवं कडा निर्देशन अनुरुप सशस्त्र प्रहरीले प्रदेशभरबाट १४ करोड ९३ लाख ७६ हजार  ५५ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको हो । 

गत बैशाख ११ गते डीआईजी पाल सशस्त्र प्रहरी बल नं.५ विन्ध्यावासिनी बाहिनी चन्द्रौटाबाट सरुवा भएर सुदूरपश्चिम  प्रदेश सशस्त्र प्रहरीको कमाण्ड सम्हालेको ७ महिनामै (कात्तिकसम्म) सशस्त्र प्रहरीले उक्त रकम बराबरका लत्ताकपडा, सुर्तीजन्य पदार्थ, हार्डवयर, किराना, मलखाद, मोवाइल पार्ट्सका लगायतका सामग्री रहेको सशस्त्र प्रहरी नं.७ वैद्यनाथ बाहिनी कैलालीले जानकारी दिएको छ । उक्त अवैध सामग्री सुदूरपश्चिमस्थित सशस्त्र प्रहरीका जिल्लास्थित गण, प्रस्तावित सीमा सुरक्षा गुल्म,बिओपी लगायतका सशस्त्र प्रहरीले कार्यालय बरामद गरेका हुन् ।

सशस्त्र प्रहरीले हालसम्म बरामद गरेका अवैध सामग्री र ओसारपसारमा प्रयोग भएका सवारीसाधनसहित १० जनालाई आबश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाउँदै बरामद गरिएका कुखुरा, माछा र अखाद्य पदार्थलाई नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि, पत्रकार, कुखुरा तथा माछा व्यवसायी संघका प्रतिनिधि र स्थानीय व्यक्तिहरुको रोहवरमा नष्ट गरेको जनाएको छ।

त्यसैगरी आर्थिक वर्ष २०८२-०८३ कै सुरुवातमा सशस्त्र प्रहरीले बारबोर बन्दुकसहित दुई जनालाई पक्राउ गरेको थियो । सशस्त्र प्रहरीले उक्त बारबोर बन्दुक र ४ राउन्ड गोलीसहित कैलालीको कलौरा गाउँपालिका-३ बड्कीपलियाका ६८ वर्षीय भरोसे डगौँरा थारु र सोही गाउँपालिकाको वडा नम्बर ५ गोवरैला गाउँ बस्ने ५७ वर्षीय जगदिश चौधरीलाई से १ प ९१८१ नम्बरको मोटरसाइकलसहित कलारा गाउँपालिका-५ बड्कीपलियाबाट बिओपी छोटीपलियाले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नं.७ वैद्यनाथ बाहिनीले जानकारी दिएको छ ।

सशस्त्र प्रहरीका अनुसार त्यस अवधिमा प्रदेशभरबाट १७ जनालाई विभिन्न किसिमका लागुऔषध र प्रतिवन्धित औषधिसहित पक्राउ गरेर  आबश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।

सुदूरपश्चिमका सीमा नाकामा २४ सै घण्टा एकल तथा भारतीय सशस्त्र सीमा बलसँग संयुक्त गस्ती गर्दै आइरहेको सशस्त्र प्रहरीले सीमावासीहरुसँग सचेतना कार्यक्रम गर्दै आइरहेको छ भने प्रदेशका बिभिन्न नाकाहरुबाट हुने अवैध तस्करी नियन्त्रण,सीमा अपराध नियन्त्रण,लागुऔषध तथा अवैध हतियार, मानव बेचबिखन, जाली नोट, काठ तस्करी र चोरी शिकार नियन्त्रणमा लगायतका गतिविधि रोक्न सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ बहिनी लगायत मातहत कार्यालयहरुले उल्लेखनीय भूमिका निर्वाह गर्दै आइरहेका छन् ।

डीआईजी पालको कमाण्डको सुदूरपश्चिम सशस्त्र प्रहरी बलले अवैध तस्करी नियन्त्रणका लागि बिशेष रणनिति बनाउँदै सीमावर्ती क्षेत्रमा सुरक्षा चेकजाँच तथा कडा निगरानी, नियमित गस्ती, सीमा अपराध नियन्त्रणका लागि भारतीय समकक्षी सशस्त्र सीमा बल ( एसएसबी) सँग समन्वयात्मक बैठक, सूचना संकलन गर्नुका साथै स्थानीय प्रशासन, जनप्रतिनिधि, भन्सार कार्यालय तथा अन्य सुरक्षा निकायहरुसंग सहकार्य गर्दै समन्वयात्मक रुपमा कार्य गर्दै आइरहेको सशस्त्र प्रहरी बल नं. ७ वैद्यनाथ बाहिनीले जानकारी दिएको छ ।

सशस्त्र प्रहरी बलकै एक अब्बल उच्च अधिकृतका रूपमा चिनिने डीआईजी पालले संगठनले दिएको कार्य विपरीत  गर्नेहरुलाई कारबाहीको चेतावनीका साथै उत्कृष्ट कार्य  गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने बताएका छन् ।


प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  ०८:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP