नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • डब्लुडब्लुजेको १८औं बार्षिकोत्सबः नेपालगञ्जमा भब्य कार्यक्रम
डब्लुडब्लुजेको १८औं बार्षिकोत्सबः नेपालगञ्जमा भब्य कार्यक्रम
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक २९, २०८२ बागेश्वरी पोस्ट
डब्लुडब्लुजेको १८औं बार्षिकोत्सबः नेपालगञ्जमा भब्य कार्यक्रम

नेपालगञ्ज । क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) को १८औं वार्षिकोत्सव डब्लुडब्लुजे बाँकेले भब्यरुपमा मनाएको छ । नेपालगञ्जमा आज आयोजित बार्षिकोत्सवको अवसरमा क्रियाशिल पत्रकार महिला बाँकेले संस्थापक अध्यक्ष अछरी पोखरेल र एक्टिंग स्टारकी विजेता नेपालगञ्ज निवासी कलाकार नविना रानाभाटलाई सम्मान गर्नुका साथै 'उदाउँदो पत्रकार पुरस्कार' बाट सन्ध्या गैरेलाई नगदसहित पुरस्कृत गरेको छ ।

May be an image of one or more people, temple and text that says 'गस्य प्रार हामी लेख्छो, ल्छो र बदल्छा क्रियाशिल पत्रकार महिलाको १८ वार्षिकोत्समूव विशेप समारोह আাদ वाज: का बिमोचन, पत्रकार নানे नथा स कार्यक्रम् আ হकाति काति Seesnde आय'

डब्लुडब्लुजे बाँकेले वार्षिकोत्सवको अवसरमा प्रकाशन गरेको 'हाम्रो आवाज' नामक स्मारिका पनि सार्वजनिक गरिएको थियो । कार्यक्रमकी प्रमुख अतिथि क्रियाशिल पत्रकार महिलाका केन्द्रीय अध्यक्ष रामकला खड्काले स्मारिका बिमोचन गरेकी थिइन् ।

May be an image of dais and text

बाँके अध्यक्ष सावित्री गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि खड्का, डब्लुडब्लुजे लुम्बिनी प्रदेश अध्यक्ष लिला शाह, बाँकेकी संस्थापक अध्यक्ष अछरी पोखरेल, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपालगञ्ज उपमहानगरपालिका महिला शाखा प्रमुख पवित्रा पुरीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । यसैगरी नेपाल पत्रकार महासंघ बाँकेकी उपाध्यक्ष करुणा शाह, पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्षद्वय निरज गौतम र झलक गैरे, प्रेस युनियन बाँकेका उपाध्यक्ष कमल खत्री, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा, सञ्चारिका समूहकी लुम्बिनी प्रदेश उपाध्यक्ष रुपा गहतराज, सञ्चारिका समूह बाँकेकी अध्यक्ष पवित्रा परियार, अग्रज पत्रकार शंकर प्रसाद खनाल, नागरिक समाज बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठ, महिला उद्यमी तारा रोकाय लगायतले शुभकामना दिएका थिए ।

सचिव निशु जोशीले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष विमला चौधरीले गरेकी थिइन् । त्यसक्रममा 'केक' समेत काटिएको थियो । औपचारिक कार्यक्रम पश्चात पत्रकार महिलाहरुले भेला पनि गरेर गहन छलफल छन् । भेलाले १० बुँदे घोषणापत्र जारी गरेको छ । घोषणापत्रमा पत्रकार महिलाको पेशागत हकहितका लागि सक्रियता बढाउने, क्षमता विकासका कार्यक्रम र प्रविधिवारे जानकारी गराउने, मिडियालाई लैंगिकमैत्री बनाउनका लागि सञ्चार संस्थालाई लैंगिक निर्देशिका जारी गर्नका लागि खबरदारी गर्ने उल्लेख छ ।

त्यसैगरी मिडिया हाउसहरुमा पत्रकार महिलाहरुको नेतृत्व बढाउनका लागि पहल गर्ने, कार्यस्थलमा हुने यौनजन्य हिंसा तथा दुव्र्यवहारविरुद्धका सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, महिला पत्रकारका लागि डिजिटल सुरक्षा तालिम, अनलाइन दुव्र्यवहार प्रणालीमा र तथ्य जाँचमा जोड दिने, पत्रकार महिलाका लागि खोज पत्रकारिता तालिम, फेलोसिप र लेखनवृत्तिको अवसर प्रदान गर्ने र बाँकेमा कार्यरत पत्रकार महिलाहरुको अवस्था, चुनौती र अवसरका विषयमा अध्ययन तथा अनुसन्धान गर्ने घोषणापत्रमा उल्लेख छ ।


प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  २०:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP