नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालको कलालाई संरक्षण-सम्बद्र्धन गर्नुपर्नेमा जोड  
नेपालको कलालाई संरक्षण-सम्बद्र्धन गर्नुपर्नेमा जोड  
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर २, २०८२ बागेश्वरी पोस्ट
नेपालको कलालाई संरक्षण-सम्बद्र्धन गर्नुपर्नेमा जोड  

नेपालगञ्ज । उच्च अदालत नेपालगञ्ज इजलासका वरिष्ठतम् न्यायाधिश बामदेव ज्ञवालीले कला र संस्कृतिलाई संस्कारसंग जोड्नुपर्ने बताएका छन् । उनले भने,–‘कला र संस्कृतिलाई छुट्टयाउन सक्नुपर्छ, सांस्कृतिक महत्व बढाउनुपर्छ ।अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस २०२५ को अवसरमा द मदर फाउण्डेशन र नारी विकास केन्द्रद्वारा नेपालगञ्जमा आयोजित कला प्रदर्शनी कार्यक्रममा उनले समाजको गहनाको रुपमा रहेको कला, संस्कृति र संस्कारलाई संरक्षण गर्न आजको आवश्यकता भएको बताए । नेपालमा थुप्रै किसिमका कलासंग जोडिएका विषयबस्तुहरु रहेकाले त्यसको संरक्षण सम्वद्र्धन गर्दै अन्तर्राष्ट्रियस्तरसम्म पहिचान गराउनुपर्ने बताए ।

कार्यक्रममा द मदर फाउण्डेशनका संस्थापक तथा पूर्व न्यायाधिश डा सल्लाहुद्दिन अख्तर सिद्दिकीले नेपालको कलाकृतिलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउन विशेष पहल गर्दै आएको भन्दै नेपालमा विभिन्न धर्म अन्तर्गतका विभिन्न कलाहरु रहेको बताए । उक्त कलालाई संरक्षण सम्बद्र्धन गर्नका लागि अन्तर्राष्ट्रिय जगतमा पहिचान गराउन दायित्वबोध भएको उनले बताए । उनले भने,–‘म नेपालगञ्जमा जन्मिएकोले मेरो पहिचान पनि यहाँ जोेडिएको छ, यहाँको कला संस्कृतिलाई चिनाउन लागेको छु ।’

कार्यक्रममा पर्यटन व्यवसायी श्रीराम सिग्देल, नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष नवीन गिरी, नागरिक समाज बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठ र नारी विकास केन्द्रका कोषाध्यक्ष रचना श्रेष्ठले नेपाल प्राकृतिक, सामाजिक र सांस्कृतिक रुपमा धनी रहेकाले यहाँका विभिन्न कलाहरुलाई संरक्षण सम्वद्र्धनमा सराकारले विशेष पहल गर्नुपर्नेमा जोड दिए ।

त्यस अवसरमा कानुन क्षेत्रमा योगदान पुरयाएकोमा उच्च अदातल नेपालगञ्जका वरिष्ठतम् न्यायाधिश ज्ञवाली, कला क्षेत्रमा विशेष योगदान पुर्याएका वरिष्ठ कलाकार श्यामानन्द सिंह, निःशुल्क कानूनी सेवा प्रदान गरी योगदान पुर्याएका वरिष्ठ अधिबक्ता इन्द्रजित तिवारी, पत्रकारिता क्षेत्रबाट योगदान पुर्याएका पत्रकार राकेश कुमार मिश्रलाई सम्मान गरिएको थियो । त्यस अवसरमा नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष गिरी, नारी विकास केन्द्र नेपालगञ्जका कार्यवाहक अध्यक्ष शिला शाह लगायतलाई सिल्भर मेडलले सम्मान गरिएको थियो ।     

ई.सं. २०१९ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)  सम्मेलनको ४०औँ सत्रमा इस्लामिक कलाको अन्तर्राष्ट्रिय दिवस मनाउने घोषणा भएपछि विश्वभरी हरेक वर्ष नोभेम्बर १८ मा यो दिवस मनाउने गरिन्छ । यसैक्रममा नेपालगञ्जमा पनि दिवस मनाइएको हो । इस्लामिक कला प्रदर्शनीमा दृश्यकला, वास्तुकला, सुलेखन कला, चित्रकला, माटो कला तथा पाककला समावेश गरिएको थियो । विभिन्न धर्मका कलाहरुलाई अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउनका लागि प्रदर्शन गरिएको छ भने कला संरक्षण तथा सामाजिक सद्भावको वातावरण अझ थप प्रगाढ बनाउने विश्वास लिइएको छ ।

      

 


प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  १८:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP