नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँके राष्ट्रिय निकुञ्जमा पत्रकारसहित पर्यटन बोर्डको टिमद्वारा जंगल सफारी, पर्यटकीय सम्भावना उच्च
बाँके राष्ट्रिय निकुञ्जमा पत्रकारसहित पर्यटन बोर्डको टिमद्वारा जंगल सफारी, पर्यटकीय सम्भावना उच्च
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, मंसिर ६, २०८२ बागेश्वरी पोस्ट
बाँके राष्ट्रिय निकुञ्जमा पत्रकारसहित पर्यटन बोर्डको टिमद्वारा जंगल सफारी, पर्यटकीय सम्भावना उच्च

सुमित्रा सुवेदी/नेपालगन्ज । नेपाल पर्यटन बोर्डको टोली तथा पत्रकारहरूलाई लिएर बाँके राष्ट्रिय निकुञ्जमा शुक्रबार जंगल सफारी सम्पन्न गरिएको छ । निकुञ्जको पर्यटन प्रवर्द्धनलाई मुख्य लक्ष्य बनाएर पर्यटन बोर्डको आयोजना तथा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेको संयोजनमा सफारी कार्यक्रम सञ्चालन गरिएको हो ।

नाट्टा बाँकेका महासचिव भागिराम ओलीका अनुसार टोली ढकेरी हुँदै चुरे क्षेत्रसम्म पुगेको थियो । टोलीमा पर्यटन बोर्डका अधिकारी, भारतका लखनउ र बहराइचबाट आएका सञ्चारकर्मी तथा स्थानीय गरी करिब डेढ दर्जन पत्रकार सहभागी थिए । सफारीको क्रममा पर्यटन बोर्डका सिनियर म्यानेजर सूर्य थपलियाले बाँके राष्ट्रिय निकुञ्ज नेपालगन्जसँगै जोडिएको आकर्षक पर्यटन केन्द्रको रूपमा स्थापित भइसकेको बताए । उनले भने, “नेपालगन्ज व्यापारिक र पर्यटनका हिसाबले हब हो । कर्णाली तथा लुम्बिनी प्रदेशको सीमामा रहेको बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन विकासको अपार सम्भावना छ ।”

उनका अनुसार पाटेबाघ निकुञ्जको मुख्य आकर्षण हो भने चुरे पहाड नजिक भएकोले यसको इकोसिस्टम तराईका अन्य निकुञ्ज भन्दा फरक छ, जसको प्रवर्द्धन आवश्यक छ । निकुञ्ज वरपरका  होमस्टे र स्थानीय समुदायले पर्यटन गतिविधिबाट आयआर्जन बढाउन थालेका छन् । हालै बढ्दो पर्यटकीय चहलपहलले पर्यटन व्यवसायी उत्साहित बनेका छन् । निकुञ्ज कार्यालयका अनुसार वन्यजन्तुलाई अनुकूल वातावरण बनाउन घाँसे मैदान, कृत्रिम ताल, वनपथ र मचानसहितका पूर्वाधार निर्माण गरिएको छ । करिब एक दर्जन मचान, दुई सय किलोमिटर भन्दा बढी वन पथ, २५ सोलार जडित ताल, ४५० हेक्टर घाँसेमैदान तथा ४ ठूला जलाशय निर्माण गरिसकिएको छ । पूर्वाधार निर्माणसँगै पर्यटन व्यवसायीले पनि लगानी थपिरहेका छन् ।

नाट्टा बाँकेका पूर्व अध्यक्ष श्रीराम सिग्देलका अनुसार नेपालगन्जदेखि २०–२२ किलोमिटर दूरीमा रहेको बाँके राष्ट्रिय निकुञ्ज समिपकै प्रमुख पर्यटकीय गन्तव्य भएकाले यसको सम्भावना निकै विशाल छ। “निकुञ्जभित्रका बाटाहरू खुलिसकेकाले सहज रूपमा सफारी गर्न सकिन्छ । नेपाल–भारत सीमा खुला भएकाले भारतीय पर्यटक भित्र्याउने सम्भावना पनि उत्तिकै उच्च छ,” उनले बताए ।


प्रकाशित मिति: शनिबार, मंसिर ६, २०८२  १३:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP