नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • एण्टी-माइक्रोबियल रेसिस्टेन्स सम्बन्धि सचेतना कार्यक्रम
एण्टी-माइक्रोबियल रेसिस्टेन्स सम्बन्धि सचेतना कार्यक्रम
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, मंसिर ८, २०८२ बागेश्वरी पोस्ट
एण्टी-माइक्रोबियल रेसिस्टेन्स सम्बन्धि सचेतना कार्यक्रम

नेपालगञ्ज । एण्टीमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) अर्थात प्रतिजैविक प्रतिरोध आधुनिक विश्वको गम्भीर जनस्वास्थ्य चुनौतिका रुपमा देखिएको छ । विश्व स्वास्थ्य संगठनले यसलाई साइलेन्ट प्याण्डेमिक (मौन महामारी) को रुपमा घोषणा गरिसकेको छ । सन् २०२४ देखि विश्वभर हरेक बर्ष नोभेम्बर १८-२४ लाई विश्व एण्टीमाइक्रोबियल रेसिस्टेन्स सचेतना सप्ताहका रुपमा मनाउन थालिएको छ । यस बर्ष पनि विश्वभर मनाइएको छ । 

यसै अवसरमा नेपालगञ्जमा पनि आज एण्टीमाइक्रोबियल रेसिस्टेन्स सम्बन्धि सचेतना कार्यक्रम गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा एएमआरको दुष्प्रभाव, जोखिम र रोकथामका विषयमा छलफल गरिएको छ । दिर्घकालीनरुपमा जनचेतना र सावधानी अपनाएर रेसिस्टेन्सलाई नियन्त्रण गर्नुपर्नेमा सरोकारवालाको जोड छ । कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुख प्रशान्त पोखरेलले एएमआरबारे प्रस्तुतिकरण गर्दै यसको विश्वव्यापी प्रभाव र अपनाउनुपर्ने सजगताका बारेमा जानकारी गराएका थिए । 

कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पुर्ण बहादुर खत्री, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सचिव बसन्त गौतम, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका बरिष्ठ पशु विकास अधिकृत डा. गणेश बहादुर पुन, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, केएल दुगड ग्रुपका सिइओ प्रदिप छाछेड लगायतले यसको रोकथामका लागि सबै सरोकारवाला गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिए । खाद्य स्वच्छतालाई ध्यान दिन सबैको आग्रह छ । 

May be an image of one or more people, dais and text

मानव स्वास्थ्य क्षेत्रमा एन्टिबायोटिकको दुरुपयोग, पशुपालन र कृषिमा एन्टिबायोटिकको प्रयोग, पर्यावरणीय प्रभाव, कमजोर संक्रमण रोकथाम र नियन्त्रण प्रणाली लगायतका कारणले एएमआर बढिरहेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् । कार्यक्रमको सहजीकरण खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका खाद्य निरीक्षक रामहरि लामिछानेले गरेका थिए ।

एन्टिमाइक्रोबियल रेसिस्टेन्स भनेको कुनै पनि सूक्ष्म जीव जस्तैः ब्याक्टेरिया, भाइरस, फंगस र परजीवी विरुद्ध प्रयोग गरिने औषधिहरुले काम गर्न छोड्नु भन्ने बुझिन्छ । हरेक वर्ष करिब ७ लाख भन्दा बढी मानिसको एन्टिमाइक्रोबियल रेसिस्टेन्सका कारण मृत्यु हुन्छ । यदि तत्काल यसका सवालमा कदम चालिएन भने सन् २०५० सम्म यो संख्या हरेक वर्ष १ करोड मृत्यु पुग्ने आंकलन गरिएको छ । 

संसारभरिको मृत्यु मध्य ९ प्रतिशत मृत्यु एन्टिमाइक्रोबियल रेसिस्टेन्सका कारणले हुन्छ । सन् २०१९ मा १३.७ मिलियन मृत्यु संक्रमण सम्बन्धित मृत्यु भएको थियो, जसमा १.२७ मिलियन मृत्यु एन्टिमाइक्रोबियल रेसिसटेन्स सम्बन्धित संक्रमणबाट भएको थियो ।
 


प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  २०:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP