नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • फेडो बाँकेको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न, दलित समुदायका तीन महिला सम्मानित
फेडो बाँकेको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न, दलित समुदायका तीन महिला सम्मानित
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, मंसिर १०, २०८२ बागेश्वरी पोस्ट
फेडो बाँकेको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न, दलित समुदायका तीन महिला सम्मानित

नेपालगञ्ज । दलित महिला संघ (फेडो) बाँकेको सामाजिक परीक्षण तथा साधारणसभा सम्पन्न भएको छ । बुधबार नेपालगञ्जमा आयोजित कार्यक्रममा तीन जना दलित समुदायका महिलालाई सम्मान समेत गरिएको छ । डुडुवा-५ की रोशनी परियार, खजुरा-२ की सुशिला सुनार र बैजनाथ-१ की पदमकला कामीलाई सम्मान गरिएको हो । संघका अध्यक्ष निर्मला सुनार र प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेकी उपप्रमुख सीता कार्कीले उनीहरुलाई सम्मान गरेका हुन् । ब्यवसायिकरुपमा टेलरिङको काम गरिरहेकी परियार, गड्यौला मल, च्याउ र तरकारी खेतीमा जमिरहेकी सुनार तथा ब्यवसायिकरुपमा बाख्रापालन गरिरहेकी कामीलाई सम्मान गरिएको हो । तीनै जनालाई ब्यवसाय सञ्चालनका लागि फेडोले सुरुवाती दिनमा सहयोग गरेको थियो । आफैं पेशा, ब्यवसाय गरेर आयआर्जनमा बृद्धि गर्दै आत्मनिर्भरतातर्फ उन्मुख महिलाहरुलाई सम्मान गरिएको हो । 

सामाजिक परीक्षण कार्यक्रममा विभिन्न ब्यक्तिहरुले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । प्रमुख अतिथि कार्की, दलित महिला संघकी केन्द्रीय सचिव हिमा सुनार, राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज प्रमुख द्वारिका अधिकारी, बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, खजुरा गाउँपालिकाकी सामाजिक विकास समिति संयोजक कृष्णा विक, डुडुवा गाउँपालिकाकी लिलावती यादव, जिल्ला प्रहरी कार्यालय बाँके महिला सेलका प्रहरी सहायक निरीक्षक चन्द्रिका खनाल, गैरसरकारी संस्था महासंघ बाँकेका उपाध्यक्ष मन भण्डारी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले दलित समुदायका महिलाहरुको सफलताको कथा सुनेर खुसी लागेको उल्लेख गरे । 

सामाजिक परीक्षणले संस्थाको विश्वसनियता र स्वीकार्यतालाई बढाउने उनीहरुको भनाई छ । उनीहरुले फेडोले सामाजिक जागरण, सामाजिक न्याय र दलित समुदायका महिलाको सशक्तिकरणका लागि काम गरिरहेको बताए । संस्थाकी उपाध्यक्ष तुलसी सुनारले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक दिलिशा गौतमले गरेकी थिइन् । त्यसक्रममा सामाजिक परीक्षक हेमराज भट्टले प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले आजै आफ्नो साधारण सभा पनि सम्पन्न गरेको छ । 
 


प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १८:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP