नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, माघ २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बैंक तथा वित्तीय संस्था लगायत सरोकारवालासंग बाँके हुलाकको अन्तरक्रिया
बैंक तथा वित्तीय संस्था लगायत सरोकारवालासंग बाँके हुलाकको अन्तरक्रिया
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, मंसिर १५, २०८२ बागेश्वरी पोस्ट
बैंक तथा वित्तीय संस्था लगायत सरोकारवालासंग बाँके हुलाकको अन्तरक्रिया

नेपालगञ्ज । जिल्ला हुलाक कार्यालय बाँकेले संकलन गर्ने राजश्व बृद्धि हुँदै गएको छ । पछिल्लो तीन बर्ष यताको तथ्यांक अनुसार राजश्व संकलन दर बढ्दो क्रममा छ । हुलाक कार्यालयका खरिदार राम बहादुर चौधरीका अनुसार आर्थिक बर्ष २०७९/८० मा ५१ लाख ४२ हजार ६ सय ३५ रुपैयाँ राजश्व संकलन भएकोमा आर्थिक बर्ष २०८०/८१ मा बढेर ६५ लाख ७८ हजार ३ सय १५ पुगेको थियो । यस्तै गत आर्थिक बर्ष २०८१/८२ मा ७० लाख ५ हजार ५सय २१ रुपैयाँ राजश्व रकम संकलन भएको छ । हुलाक कार्यालयले आज नेपालगञ्जमा आयोजना गरेको बैंक तथा वित्तीय संस्था लगायत सरोकारवाला निकायहरुसंग गरेको अन्तरक्रिया कार्यक्रममा खरिदार चौधरीले उक्त तथ्यांक प्रस्तुत गरेका हुन् । उनले हुलाकले प्रदान गरिरहेका सेवाबारे जानकारी गराउँदै प्रस्तुतिकरण गरेका थिए । 

हुलाक कार्यालय बाँकेका प्रमुख गजेन्द्र प्रकाश थारुले हुलाकको नयाँ प्रविधि र प्रयोगबारे सेवाग्राहीलाई जानकारी गराउने, सेवा विस्तार र आधुनिकीकरणको आवश्यकता बुझ्ने, सेवाग्राहीको प्रतिक्रिया संकलन गर्ने, सेवा सुधारका उपायहरु पहिचान गर्ने, जनतासंग प्रत्यक्ष संवाद स्थापना गर्ने लगायतका उद्देश्य राखेर अन्तरक्रिया कार्यक्रम गरिएको बताउनुभयो ।थारुले हुलाक सेवाग्राहीको घरघरमा पुगेर सेवा दिने एक मात्र सरकारी कार्यालय रहेको समेत बताए ।  हुलाकले सुरु गरेको पछिल्लो इएमएस सेवाको प्रभावकारिता र उपयोगितामा पनि कार्यालयले जोड दिएको छ । अहिले बाँकेमा इएमएस सेवा काठमाडौंदेखि बाँके र बर्दिया तथा बाँके-बर्दियादेखि काठमाडौंका लागि उपलब्ध रहेको खरिदार चौधरीले जानकारी दिए । 

हुलाकले सुरु गरेका थुप्रै सेवाहरुबारे अहिले पनि सेवाग्राही अनभिज्ञ रहेको प्रतिक्रिया दिँदै सहभागीहरुले हुलाक सेवालाई छिटो-छरितो, विश्वसनीय, भरपर्दो र प्रतिष्पर्धी बनाउनुपर्ने सुझाव दिएका छन् । बैंकका प्रतिनिधिहरुले हुलाक कार्यालयले कुरियर जत्तिकै छिटो र प्रभावकारी सेवा दिन सक्नुपर्नेमा जोड समेत दिए । कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार दिल कुमार तामाङले हुलाक सेवा सूचना तथा सञ्चारको पुरानो माध्यम भए पनि यसले समयानुकुल सेवा प्रवाह गरिरहेको बताउँदै यस प्रकारको अन्तरक्रिया महत्वपूर्ण भएको बताए । 

कार्यक्रममा जिल्ला समन्वय अधिकारी हरि प्रसाद देवकोटा, कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका सर्वोदय उपाध्याय, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले हुलाक सेवालाई छिटो-छरितो र समयसापेक्ष बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा स्वागत हुलाक कार्यालय बाँकेकी प्रशासन प्रमुख शान्ता शाही सिंहले गरेकी थिइन् । 


प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  २०:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP