नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • अपाङ्गता भएका ब्यक्तिहरुलाई प्रदान गरिएका सेवा सुविधालाई ब्यवहारिक बनाइनुपर्नेमा जोड
अपाङ्गता भएका ब्यक्तिहरुलाई प्रदान गरिएका सेवा सुविधालाई ब्यवहारिक बनाइनुपर्नेमा जोड
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, मंसिर १७, २०८२ बागेश्वरी पोस्ट
अपाङ्गता भएका ब्यक्तिहरुलाई प्रदान गरिएका सेवा सुविधालाई ब्यवहारिक बनाइनुपर्नेमा जोड

नेपालगञ्ज । अपाङ्गता भएका ब्यक्तिहरुलाई प्रदान गरिएका सेवा सुविधालाई ब्यवहारिक बनाइनुपर्नेमा आज नेपालगञ्जमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ । ३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा सरोकारवालासंग अपाङ्गता भएका व्यक्तिहरुको सवालमा गरिएको संवाद कार्यक्रमका सहभागीहरुले कानुनमा उल्लेख गरिएका अधिकारहरु पनि ब्यवहारिक नभएकोले ब्यवहारिक बनाउन आवश्यक रहेको बताएका हुन् । नेपालगञ्ज उपमहानगरपालिका र नगर स्तरीय अपाङ्ग सञ्जालको आयोजना तथा  सेभ द चिल्ड्रेन, एसडिएफ बाँके, नेपाल संरक्षक समाज, रेडियो कृष्णसार एफएम र डेक नेपाल लगायत आधा दर्जन बढी संघसंस्थाहरुको सहकार्यमा गरिएको कार्यक्रममा सहभागीहरुका प्रश्नमाथि सवालजवाफ र प्रतिबद्धता ब्यक्त गरिएको थियो । 

कार्यक्रमको प्यानल लिष्टमा जिल्ला प्रहरी कार्यालय बाँकेका इन्सपेक्टर रमेश विष्ट, जिल्ला ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जका प्रहरी नायव निरिक्षक रविन्द्र बहादुर बम, यातायात ब्यवसायी महासंघ बाँकेका बरिष्ठ सल्लाहकार शोभाकर पौडेल, नेपालगञ्ज उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख पवित्रा कुमारी पुरी, अपांगता अधिकारकर्मी भावुकजंग थापा र गोकर्ण आचार्य रहेका थिए । संवाद अघि बोल्दै नेपालगञ्ज उपमहनगरपालिकाका मेयर प्रशान्त बिष्टले अपाङ्गमैत्री उपमहानगरपालिका बनाउने प्रतिबद्धता जनाएका थिए । अपाङ्गता भएका व्यक्तिहरुको सचेतना, क्षमता बिकास तालिम लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको पनि उनले बताए । यस्तै बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले अपांगताका क्षेत्रमा बनेका ऐन तथा कानुनको ब्यवहारिक कार्यान्वन नभएको पाइएमा उजुरी गर्न आग्रह गरे । उनले राज्यका सबै निकायले अपांगतामैत्री भवन र सेवाप्रवाह गर्नुपर्ने धारणा राख्दै कार्यान्वयनका लागि आग्रह समेत गरे । 

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक महाशाखाका प्रमुख पुरीले अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि काम गर्दै आएको बताइन् । यस्तै यातायात व्यावसायी महासंघ बाँकेका बरिष्ठ सल्लाहकार पौडेलले अपाङ्गता भएका व्यक्तिहरुलाई यातायातका क्षेत्रबाट सम्बोधन गर्ने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक बिष्टले पनि अपाङ्गता भएका व्यक्तिहरुको लागि सहज सेवा प्रवाहलाई अझै प्रभावकारी बनाइने बताए । कार्यक्रममा विभिन्न प्रकारका अपांगता भएका ब्यक्तिहरु, संघसंस्थाका प्रतिनिधिहरु तथा सरोकारवालाहरुको बाक्लो उपस्थिति रहेको थियो । 

May be an image of one or more people


 


प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  १८:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP