नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, मंसिर २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • मिसइन्फर्मेसन र डिसइन्फर्मेसनबाट जोगिनुपर्छ: न्यायाधीश ज्ञवाली
मिसइन्फर्मेसन र डिसइन्फर्मेसनबाट जोगिनुपर्छ: न्यायाधीश ज्ञवाली
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, मंसिर २१, २०८२ बागेश्वरी पोस्ट
मिसइन्फर्मेसन र डिसइन्फर्मेसनबाट जोगिनुपर्छ: न्यायाधीश ज्ञवाली

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब ज्ञवालीले मिसइन्फर्मेसन र डिसइन्फर्मेसनबाट जोगिन अति आवश्यक देखिएको बताएका छन् । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना तथा उच्च अदालत बार नेपालगन्ज र बाँके जिल्ला अदालत बार एसोसिएसनको सहकार्यमा आज नेपालगन्जमा आयोजना गरिएको 'कानून र पत्रकारिता: अभिमुखीकरण कार्यक्रम' को उद्घाटन गर्दै न्यायाधीश ज्ञवालीले डिसइन्फर्मेसन र मिसइन्फर्मेसनले समाजलाई दिग्भ्रमित गर्ने भएकोले पत्रकारहरुले सजग भएर समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।

उनले अदालत सम्बन्धि सही सूचना सम्प्रेषण गर्नु पत्रकारहरुको धर्म रहेको बताए । सही सूचना सम्प्रेषण नहुँदा त्यसले जनतामा भ्रम पैदा गर्ने ज्ञवालीको भनाई छ । सही सूचनाले मात्र जनतालाई सुसूचित गर्ने अधिकार स्थापित गर्ने उनले बताए । अहिले तथ्यगत सूचना भन्दा पनि मिसइन्फर्मेसन र डिसइन्फर्मेसन चुनौती बनेको उनको भनाई छ । उनले अदालतसंग जोडिएका सवालमा तथ्यगत समाचार सम्प्रेषण गर्न आग्रह गरे । ज्ञवालीले अदालती टर्मिनोलोजी केही फरक हुने भएकाले पत्रकारले त्यसबारेमा ज्ञान राख्नैपर्ने बताए  ।

May be an image of one or more people, dais and text

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले पत्रकारलाई अदालती रिपोर्टिङबारे ज्ञान हुन जरुरी रहेको बताए  ।  उनले अदालती ज्ञान नहुँदा जनतामाझ फरक सूचना जाने गरेको तथ्य प्रस्तुत गरे । बिधागत पत्रकारिताका लागि यस्ता अभिमुखीकरण महत्त्वपूर्ण रहेको उनको भनाई छ । पत्रकारका लागि कानुनी ज्ञान अत्यन्तै जरुरी रहेको पनि उनले औंल्याए । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले कानुनको बारेमा पत्रकारहरुको क्षमता बढाउन अभिमुखीकरण गरिएको बताए । उनले यो कार्यक्रमले कानुनी रिपोर्टिङ्गमा पत्रकारलाई थप ज्ञान हासिल हुने बिश्वास व्यक्त गरे । उच्च अदालत बार नेपालगन्जका अध्यक्ष चित्र बहादुर शाहीले अभिमुखीकरण कार्यक्रमले कानुनी रिपोर्टिङ्गमा पत्रकारहरुलाई सहजता हुने बिश्वास ब्यक्त गरे । कार्यक्रममा वरिष्ठ अधिवक्ता लोक बहादुर शाहले सञ्चारसँग सम्बन्धित प्रचलित कानुनहरू, अधिवक्ता प्रहलाद बहादुर कार्कीले पत्रकारिता र कानुनी आधारभूत ज्ञान तथा अदालती रिपोर्टिङ्गका बारेमा अधिवक्ता विकास आचार्यले सहजीकरण गरेका थिए ।

May be an image of one or more people, dais and text

कार्यक्रममा उच्च अदालत बार नेपालगन्जका सचिव गणेश प्रसाद शर्मा, नेपाल नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरज कुमार गौतम, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, समाजबादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा लगायत चार दर्जन बढी पत्रकारहरुको सहभागिता थियो । प्रमुख अतिथि ज्ञवालीले पानसमा बत्ती बालेर उद्घाटन गरेको कार्यक्रमको संचालन पत्रकार महासंघ बाँकेका सचिव कृष्ण ओलीले गरेका थिए । 

May be an image of dais and text

May be an image of studying, dais and text

May be an image of dais and textMay be an image of one or more people, dais and text


प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  २०:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मिसइन्फर्मेसन र डिसइन्फर्मेसनबाट जोगिनुपर्छ: न्यायाधीश ज्ञवाली
मिसइन्फर्मेसन र डिसइन्फर्मेसनबाट जोगिनुपर्छ: न्यायाधीश ज्ञवाली
क्रियाशील पत्रकार महिला बाँकेको कार्यालय उद्घाटन  
क्रियाशील पत्रकार महिला बाँकेको कार्यालय उद्घाटन  
'कार्यस्थलमा समेत महिला असुरक्षित'
'कार्यस्थलमा समेत महिला असुरक्षित'
अपाङ्गता भएका ब्यक्तिहरुलाई प्रदान गरिएका सेवा सुविधालाई ब्यवहारिक बनाइनुपर्नेमा जोड
अपाङ्गता भएका ब्यक्तिहरुलाई प्रदान गरिएका सेवा सुविधालाई ब्यवहारिक बनाइनुपर्नेमा जोड
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP