नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, माघ २४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • भ्रष्टाचार बिरुद्ध नेपालगञ्जमा 'वाकाथन'
भ्रष्टाचार बिरुद्ध नेपालगञ्जमा 'वाकाथन'
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर २३, २०८२ बागेश्वरी पोस्ट
भ्रष्टाचार बिरुद्ध नेपालगञ्जमा 'वाकाथन'

नेपालगञ्ज । भ्रष्टाचार बिरुद्ध पाँचौं नेपालगञ्ज वाकाथन सम्पन्न भएको छ । भ्रष्टाचार बिरुद्धको २२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज नेपालगञ्जमा वाकाथन सम्पन्न भएको हो । बिगत चार बर्षदेखि भइरहेको वाकाथनको पाँचौं संस्करण भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालको आयोजना र अन्तरालको सहकार्यमा सम्पन्न भएको हो ।

नेपालगञ्जको गणेशमान चौकबाट शुरु भएको वाकाथन बिपी चौक, त्रिभुवन चौक, सदरलाइन, जिल्ला प्रशासन कार्यालय हुँदै रामलिला मैदानमा पुगेर समापन भएको थियो । 'भ्रष्टाचार बिरुद्ध सँगै हिँडौं' भन्ने नाराका साथ भएको वाकाथनमा भ्रष्टाचार बिरुद्धका नाराहरु, गीतहरुमार्फत सडकबाट नागरिक समाजका प्रतिनिधिहरुले भ्रष्टाचार बिरुद्ध नागरिक ऐक्यबद्धता जनाएका थिए ।

May be an image of one or more people and text that says 'tafiiu SAIIALA AIKATHON Youth Against corruption: Shaping Tomorrow S Integrity palgunj 9th December 2025 Walkathon KALKARY RALKATIY MLSM Organizens बगल'

रामलिला मैदानमा भएको समापन समारोहलाई नेपाल सरकारका पूर्ब सचिव एवम् राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङ, राप्तीसोनारी गाउपालिकाका उपप्रमुख मनिषासिंह थारु, डा. किशोर खत्री, नागरिक समाजका अगुवा कृष्ण प्रसाद श्रेष्ठ, जेनजी समूहका जीवन माझी लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा बोल्दै नेपाल सरकारका पूर्ब सचिव बास्कोटाले देशमा सुशासन र सदाचार बाहालीका लागि सरकार गम्भीर बन्नु पर्ने बताउनुभयो । उहाँले सबैले मिलेर सुशासनलाई बढावा दिनुपर्नेमा जोड दिएका थिए ।

सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले नेपालगञ्ज वाकाथन सुशासनको अभियानमा सकारात्मक पहलकदमी भएको बताए । उनले सुशासन प्रवद्र्धनका कार्यक्रमहरुमा जिल्ला प्रशासनले सहकार्य गर्ने बताए । वाकाथनको सञ्चालन बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए भने वाकाथनको सहजीकरण बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए । 

कार्यक्रममा खुला हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको थियो । प्रतियोगितामा बिजयी हुन सफल २० जना प्रतियोगीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । वाकाथनमा विभिन्न संघसंस्था, शैक्षिक निकायले ऐक्यबद्धता जनाएका थिए । पश्चिम नेपालमा हुने एक मात्र वाकाथनको मूख्य उद्देश्य भ्रष्टाचार बिरुद्ध सचेतना जगाउने रहेको बास नेपालका सूचना अधिकारी हेमराज भट्टले बताए । 


प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १५:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP