नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्जका धेरैजसो टुर्स एण्ड ट्राभल्स इजाजत नलिएरै सञ्चालन
नेपालगञ्जका धेरैजसो टुर्स एण्ड ट्राभल्स इजाजत नलिएरै सञ्चालन
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, मंसिर २५, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्जका धेरैजसो टुर्स एण्ड ट्राभल्स इजाजत नलिएरै सञ्चालन

नेपालगञ्ज । नेपालगञ्जका टुर्स एण्ड ट्राभल्सहरुको अनुगमन गरिएको छ । पर्यटन डिभिजन कार्यालय कोहलपुरले टुर्स एण्ड ट्राभल्सहरुको अनुगमन गर्न सुरु गरेको हो । आज नेपालगञ्ज क्षेत्रका १५ वटा टुर्स एण्ड ट्राभल्सहरुको अनुगमन गरिएको पर्यटन डिभिजन कार्यालय बाँकेका अधिकृत बालकृष्ण चौधरीले बताए । चौधरीका अनुसार वीपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक र राँझा आसपासका टुर्स एण्ड ट्राभल्सहरुको अनुगमन गरिएको हो । 

अनुगमनका क्रममा पुष्पलाल चोक क्षेत्रका टुर्स एण्ड ट्राभल्सले प्राइभेट लिमिटेडको मात्र प्रमाणपत्र लिएर ब्यवसाय सञ्चालन गरेको पाइएको छ । टुर्स एण्ड ट्राभल्स ब्यवसाय सञ्चालन गर्दा अनिवार्यरुपमा पर्यटन कार्यालयबाट इजाजत लिनुपर्दछ । तर, पुष्पलाल चोक क्षेत्रका सबैजसो टुर्स एण्ड ट्राभल्सले कम्पनी दर्ताको मात्र प्रमाणपत्र लिएको पाइएको पर्यटन डिभिजन कार्यालय कोहलपुरका निमित्त कार्यालय प्रमुख मुक्ति प्रसाद पाण्डेले जानकारी दिए । धेरैजसोले सम्बन्धित निकायबाट अनुमति नलिएर ब्यवसाय सञ्चालन गरेका छन् । कतिले अद्यावधिक गरेका छैनन् । 

पाण्डेले प्रक्रिया र विधि नपुगेका टुर्स एण्ड ट्राभल्सलाई दर्ता र इजाजत प्रक्रिया पूरा गरेर मात्र ब्यवसाय सञ्चालन गर्न सचेत बनाइएको छ । कैफियत भेटिएका टुर्स एण्ड ट्राभल्सलाई दुई महिनाको समय दिइएको छ । अधिकृत चौधरीका अनुसार टुर्स एण्ड ट्राभल्सले ब्यवसाय सञ्चालनका लागि कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भइसकेपछि आन्तरिक राजश्व कार्यालयबाट पान नम्बर लिई घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुनुपर्दछ । यस्तै स्थानीय तहमा ब्यवसाय दर्ता गरिसकेपछि पर्यटन डिभिजन कार्यालयबाट इजाजत लिन अनिवार्य छ । 

पुष्पलाल चोक क्षेत्रमा होटल होटलमा अनाधिकृतरुपमा जथाभावी साइनबोर्ड राखेर भद्रगोल रुपमा ब्यवसाय सञ्चालन गरेको पाइएको छ । उद्योग ऐन अनुसार ग्राहकलाई झुक्याउने गरी जथाभावी साइनबोर्ड राख्न नपाइने घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जका निमित्त कार्यालय प्रमुख मोहन घर्ती मगरले बताए । एअरलाइन्सहरुले दर्ता र इजाजत प्रक्रिया पूरा नगरेका वा अद्यावधिक नभएका टुर्स एण्ड ट्राभल्सलाई समेत टिकट काट्ने पोर्टल उपलब्ध गराएको गुनासो पनि ब्यवसायीले गरेको नाट्टा बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीले बताए । 

पर्यटन डिभिजन कार्यालयका निमित्त प्रमुख पाण्डेले पहिलो चरणमा सचेत गराइएको जानकारी दिँदै अटेर गरे कारबाही प्रक्रिया अघि बढाइने बताए । अनुगमनका क्रममा ब्यवसायीहरुले दर्ता प्रक्रिया सहज हुनुपर्ने र एउटै ब्यवसाय दर्ताका लागि विभिन्न निकायमा जानुपर्ने अवस्थाको अन्त्य गर्दै सरलीकरण गर्नुपर्ने बताएका छन् । अनुगमनमा पर्यटन डिजिभन कार्यालयका निमित्त प्रमुख पाण्डे, अधिकृत चौधरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जका निमित्त प्रमुख घर्ती मगर, जिल्ला प्रशासन कार्यालयका अधिकृत विक्रम कुमार सुनार, नेपालगञ्ज उपमहानगरपालिकाका अधिकृत कृष्ण प्रसाद जोशी, नाट्टा बाँकेका अध्यक्ष रेग्मी, उपभोक्ता हित संरक्षण मञ्चका सचिव बसन्त गौतम, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब निरीक्षक नवीन प्रसाद रिजाल लगायतको उपस्थिति थियो । 

बक्स अफिस टुर्स एण्ड ट्राभल्स, आर एण्ड एस टुर्स ट्राभल्स, ब्लिस होलिडेज, अलाइन टुर्स एण्ड ट्राभल्स, दक्षिणकाली टुर्स एण्ड ट्राभल्स, अम्बिकेश्वरी टुर्स एण्ड ट्राभल्स, सिम्ताली टुर्स एण्ड ट्राभल्स, केदारनाथ टुर्स एण्ड ट्राभल्स, बद्रीनाथ टुर्स एण्ड ट्राभल्स, दुर्गेश्वरी ट्राभल्स प्रालि मानव अमन टुर्स एण्ड ट्राभल्स, महाबु बाँसी दैलेख टुर्स एण्ड ट्राभल्स, नमोबुद्ध ट्राभल्स एण्ड टुर्स, हाई हिमालय टुर्स एण्ड ट्राभल्स र डोल्पो सागर ट्राभल्स एण्ड टुर्समा अनुगमन गरिएको पर्यटन डिजिभन कार्यालय कोहलपुरका अधिकृत चौधरीले जानकारी दिए ।  


प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  १९:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP