नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, माघ २४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सुरक्षित बैदेशिक रोजगारीका लागि प्रहरीसंग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम
सुरक्षित बैदेशिक रोजगारीका लागि प्रहरीसंग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, मंसिर २८, २०८२ बागेश्वरी पोस्ट
सुरक्षित बैदेशिक रोजगारीका लागि प्रहरीसंग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम

नेपालगञ्ज । सुरक्षित बैदेशिक रोजगारीका लागि नेपालगञ्जमा प्रहरीसंग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम गरिएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम ले प्रहरीसंग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम गरेको हो । सामीका जिल्ला संयोजक कमल सिंह नेपालीका अनुसार बैदेशिक रोजगारीमा हुने ठगी न्यूनीकरण तथा ठगी सम्बन्धि मुद्दाहरु छिटो-छरितो तरिकाले अघि बढाउन सहजीकरण गर्ने उद्देश्यले प्रहरीहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

अभिमुखीकरणमा बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले बैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउन प्रशासनको भूमिकाका विषयमा प्रस्तुतिकरण गरेका थिए भने बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले प्रहरीको तदारुकता र भूमिकाका विषयमा प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बैदेशिक रोजगारीका क्रममा हुने ठगीको अवस्थालाई न्यूनीकरण गर्ने तथा ठगीका मुद्दालाई प्राथमिकता दिँदै पीडितलाई न्याय दिलाउने भूमिकामा प्रहरीको तदारुकता जरुरी रहेको बताए । प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले बैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सचेतना प्रबद्र्धनसंगै कानुनी अभिमुखीकरण, आर्थिक सहायता लगायतका विषयमा सामीले काम गरिरहेको बताए ।

सामाजिक विकास अधिकृत कृष्ण प्रसाद जोशीले सहजीकरण गरेको कार्यक्रममा सामीका जिल्ला संयोजक नेपालीले प्रगति विवरण प्रस्तुत गरेका थिए । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम बाँकेका ६ पालिकामा सञ्चालनमा छ । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकामा सञ्चालित छ । राप्तीसोनारी र डुडुवामा सञ्चालनको क्रममा छ । सामी कार्यक्रम नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ । यो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्वीस सरकारको तर्फबाट प्राविधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराएको छ । 


प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  १२:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP