नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • इन्सेकले गर्‍यो मानव अधिकार बर्ष पुस्तक पूर्व समिक्षा कार्यक्रम
इन्सेकले गर्‍यो मानव अधिकार बर्ष पुस्तक पूर्व समिक्षा कार्यक्रम
बागेश्वरी पोस्ट
शुक्रबार, पुस ४, २०८२ बागेश्वरी पोस्ट
इन्सेकले गर्‍यो मानव अधिकार बर्ष पुस्तक पूर्व समिक्षा कार्यक्रम

नेपालगञ्ज । इन्सेकले आज नेपालगञ्जमा मानव अधिकार बर्ष पुस्तक पूर्व समिक्षा कार्यक्रम गरेको छ । इन्सेकले प्रत्येक बर्ष फागुन ७ गतेको दिन मानव अधिकार बर्ष पुस्तक प्रकाशित गर्दै आएको छ । यस बर्ष पनि पुस्तक प्रकाशन पूर्व समिक्षा कार्यक्रम आयोजना गरिएको इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले बताए । उनका अनुसार इन्सेकले ३३ बर्षदेखि पुस्तक प्रकाशन गर्दै आएको छ । यस बर्ष ३४औं संस्करण आउँदैछ । इन्सेकले बर्षभरिका मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाको अभिलेख गरेर पुस्तक प्रकाशन गर्दछ । स्थानीय सरोकारवालाको सुझाब संकलन गर्दै पुस्तकलाई अझ परिपक्व र समृद्ध बनाउन पूर्व समिक्षा कार्यक्रम गरिएको महतको भनाई छ । महतले अभिलेखीकरण गरिएको हालसम्मको घटना विवरण र प्रबृत्तिबारे संक्षिप्त प्रस्तुतिकरण गरेका थिए । त्यसमा बालबालिका र महिला बढी जोखिममा रहेको देखिएको छ । 

May be an image of one or more people

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले पछिल्लो समय प्रविधिको दुरुपयोगले बढाएका मानव अधिकार उल्लंघनका घटनाको ग्राफ बढ्दै गएको भन्दै त्यसको अभिलेखीकरण पनि जरुरी रहेको बताए । उनले मानव अधिकार उल्लंघनका घटना न्यूनीकरणका लागि साझा प्रर्यत्नमा जोड दिए । बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसीले राज्यका तर्फबाट हुने मानव अधिकार उल्लंघनका घटना शून्यमा झार्ने कोशिस रहिरहने प्रतिबद्धता जनाए । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज प्रमुख द्वारिका अधिकारी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, उच्च अदालत बार एसोसिएसन नेपालगञ्जका अध्यक्ष पवन कुमार गुप्ता, बरिष्ठ अधिबक्ता सुनिल कुमार श्रेष्ठ, स्याक नेपालकी बबिता सिंह लगायतले इन्सेकले प्रत्येक बर्ष मानव अधिकार बर्ष पुस्तक प्रकाशन गर्दै आइरहेकोमा उक्त कार्यको सराहना गर्दै आ-आफ्नो तर्फबाट पृष्ठपोषण दिएका थिए ।

इन्सेक कार्यसमिति सदस्य विकास आचार्यले पुस्तकलाई विद्यार्थीहरुका लागि सन्दर्भ सामग्रीका रुपमा प्रयोग गर्न सकिने गरी अघि बढेको बताए । कार्यक्रमको सहजीकरण इन्सकेकी लक्ष्मी चौधरीले गरेकी थिइन् ।   


प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  २०:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP