नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्ज उच्च अदालत बारको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरणसँगै सपथ
नेपालगञ्ज उच्च अदालत बारको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरणसँगै सपथ
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस ७, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्ज उच्च अदालत बारको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरणसँगै सपथ

नेपालगञ्ज । नेपालगञ्ज उच्च अदालत बार एसोसिएसनका नवनिर्वाचित अध्यक्ष पवन कुमार गुप्ता नेतृत्वको कार्यसमितिलाई पदभार हस्तान्तरणसँगै सपथ गराइएको छ । निर्वाचन संयोजक गणेश प्रसाद रेग्मीले नवनिर्वाचित टिमलाई प्रमाणपत्र प्रदान गरेका गरेका थिए । निवर्तमान अध्यक्ष चित्र बहादुर शाही नेतृत्वको कार्यसमितिले नयाँ टिमलाई पदभार हस्तान्तरण गरेको थियो भने निर्वाचन समितिले सपथ गराएको थियो । 

May be an image of one or more people

नेपालगञ्ज उच्च अदालत बारमा सर्वसम्मत नेतृत्व चयन भएको थियो । अध्यक्षमा गुप्ता, उपाध्यक्ष विजय कुमार शर्मा, सचिव कुसुमा सुवेदी र कोषाध्यक्षमा हरिश्चन्द्र सिजापति निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा हिरा बहादुर श्रेष्ठ, राम कुमार दिक्षित, समसुद्धिन इद्रिसी, विनोद कार्की, यशोदा कुमारी उपाध्याय, राधेश्याम थारु, नरेन्द्र न्यौपाने, महेश कुमार चौधरी र सुरेश कुमार गौतम निर्वाचित भएका छन् । 

कार्यक्रमका प्रमुख अतिथि उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलाशका बरिष्ठतम् न्यायाधीश बामदेव ज्ञवालीले अनुसन्धान फितलो हुँदा न्याय सम्पादनमा असर पर्ने बताएका छन् । नेपालगञ्ज उच्च अदालत बार एसोसिएसनको नवनिर्वाचित कार्यसमितिको पदभार हस्तान्तरण र सपथ ग्रहण कार्यक्रममा बोल्दै न्यायाधीश ज्ञवालीले अनुन्धानलाई परिपक्व बनाउन सके मात्र न्याय सम्पादन उत्कृष्ट हुने बताए । कमजोर वा अपर्याप्त अनुसन्धानले अदालतमा गलत प्रमाण पुग्ने र निर्दोष व्यक्तिले सजाय पाउने वा दोषीले उन्मुक्ति पाउने सम्भावना बढ्ने उनको भनाई छ । उनले जनमानसले यो विषय नबुझ्दा अदालतप्रतिको धारणा र बुझाई फरक हुने गरेकोले सर्वसाधारणलाई यो विषयलाई बुझाउन जरुरी रहेको बताए । न्यायाधीश ज्ञवालीले बार र बेञ्चबीच जहिले पनि सुमधुर र सुदृढ सम्बन्ध आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा जिल्ला न्यायाधीश दीपक कुमार दाहाल, नेपाल कानुन ब्यवसायी परिषद लुम्बिनी प्रदेश पार्षद ईश्वरी प्रसाद ज्ञवाली, बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसी, जिल्ला सहन्यायाधिवक्ता यदुनाथ शर्मा, राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज प्रमुख द्वारिका अधिकारी, बाँके जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष मेहर सिंह खत्री, अधिवक्ता बासुदेव ज्ञवाली, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष अध्यक्ष नवीन गिरी लगायतले नवनिर्वाचित टिमलाई बधाई दिँदै बार दिवसको शुभकामना समेत ब्यक्त गरेका थिए । 

निवर्तमान सचिव गणेश प्रसाद शर्माले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष तिर्थराज ज्ञवालीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । यसैबीच आजै बार दिवस परेकोले 'केक' काटेर मनाइएको थियो । 

May be an image of one or more people


प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  २०:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP