नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, पुस ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पर्यटन प्रबद्र्धनका लागि ५ बुँदे 'नरैनापुर घोषणापत्र' !
पर्यटन प्रबद्र्धनका लागि ५ बुँदे 'नरैनापुर घोषणापत्र' !
banijya office RSG-2
पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपले भूमिका निभाउने पत्रकारहरुको प्रतिबद्धता
बागेश्वरी पोस्ट
बुधबार, पुस ९, २०८२ बागेश्वरी पोस्ट
पर्यटन प्रबद्र्धनका लागि ५ बुँदे 'नरैनापुर घोषणापत्र' !

नरैनापुर (बाँके) । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपले भूमिका निभाउने बाँकेका पत्रकारहरुले प्रतिबद्धता जनाएका छन् । नरैनापुर गाउँपालिकासँगको सहकार्यमा नेपाल पत्रकार महासंघ बाँकेले बुधबार आयोजना गरेको ‘अन्तरक्रिया र वनभोज’ कार्यक्रममा उपस्थित भएका जिल्लाका पत्रकारहरुले नरैनापुरमा पर्यटनको प्रचुर सम्भावना रहेको कुरा औंल्याउँदै मिडियाबाट नै पर्यटकीय स्थलको प्रचार–प्रसार गर्न सम्भव रहेको बताए । 

नरैनापुर गाउँपालिका वडा नम्बर २ लक्ष्मणपुरमा आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले आफू स्थानीय सरकारको नेतृत्वमा आइसकेपछि स्थानीय स्तरमा पर्यटकीय क्षेत्रको विकासमा सक्दो काम गर्दै आएको बताए । गाउँपालिकाले सन्तानेश्वर मन्दिर, बर्फानी बाबा आश्रम लगायत स्थानीय स्तरमा रहेका धार्मिक तथा पर्यटकीय स्थलको विकासमा काम गरेको उनले सुनाए । उनले आफ्नो पहलमा केही वर्ष अघि कार्यक्रम गरेर सन्तानेश्वर मन्दिरमा एकै दिन हजारौं दर्शनार्थीहरुलाई उतार्न सफल भएको स्मरण गरे । पर्यटन प्रवद्र्धनमा मिडिया र पत्रकारहरुसँग गाउँपालिका सहकार्य गर्न तयार रहेको उनले बताए । ‘धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न हामीले धेरै कामहरु गरेका छौं,’ शाहले भने ।  

May be an image of one or more people, people smiling and grass

कार्यक्रमका विशिष्ट अतिथि एवम् नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले नरैनापुरको पर्यटन प्रवद्र्धनमा सञ्चार क्षेत्रले खेलेको भूमिका र स्थानीय सरकारले गरेको पहल कदम प्रशंसनीय रहेको बताए । गाउँपालिकाले आगामी दिनमा पनि पत्रकार महासंघ लगायत सञ्चार क्षेत्रलाई साथमा लिएर पर्यटन प्रवद्र्धन सम्बन्धि काम गर्नुपर्ने उनको सुझाव छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले नरैनापुर प्राकृतिक विविधताले भरिपूर्ण क्षेत्र रहेकाले यहाँ घुम्न आउने पर्यटकलाई आनन्दको अनुभूति हुने बताए । ‘अलिकति उकालो लाग्ने हो भने सितल हावापानीको अनुभुति गर्न पाइन्छ, यहाँ जैविक विविधता छ, पर्यटकलाई आर्कषित गर्न सन्तानेश्वर, बर्फानी बाबा आश्रम, पर्यापर्यटन र कृषि पर्यटनको प्रचुर सम्भावना छ,’ उनले भने । नरैनापुरको पर्यटनलाई सञ्चारको मूल प्रवाहमा जोडिनुपर्ने प्रमुख प्रशासकीय अधिकृत ओलीले बताए । 

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले नरैनापुर पर्यटनको ‘भर्जिन ल्याण्ड’ भएको बताए । नरैनापुरको आर्थिक समृद्धिका लागि पर्यटन महत्वपूर्ण कडी बन्न सक्ने भन्दै गिरीले पर्यटन प्रवद्र्धनको लागि पत्रकार महासंघ बाँकेले गाउँपालिकासँग सहकार्य गरेर कार्यक्रम आयोजना गरेको उल्लेख गरे । उनले मिडियाको साथले पर्यटकीय क्षेत्रहरुको प्रचार–प्रसार, संरक्षण र सम्वद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । अध्यक्ष गिरीले नरैनापुर अब दुर्गम नभई सुगम भइसकेको चर्चा गर्दै विकासको राजमार्गमा अघि बढिसकेको बताए ।

May be an image of one or more people and text that says 'नरंनापरमा प्यंटन सम्भावना र मिडियाको भमिका' अन्तरक्रया र वनमोज कार्क्ला मिति: 상디구 पिति:२पुस।े पुस गते स्यान: (लक्मणपुर) नरैनापुर, बाॉँके आयाजक नेपाल पत्रकार बक 養'

उक्त कार्यक्रममा नागरिक दैनिकका पत्रकार अर्जुन ओलीले ‘नरैनापुरमा पर्यटन सम्भावना र मिडियाको भूमिका’ विषयक प्रतिवेदन (आधार पत्र) प्रस्तुत गरे । उक्त प्रतिवेदनमा भनिएको छ, ‘गाउँपालिका धार्मिक, प्राकृतिक, साँस्कृतिक र ग्रामिण तथा कृषि पर्यटनका हिसाबले अत्यन्तै सम्भावना भएको क्षेत्र मानिन्छ, चुरे पहाड, वनजंगल, धार्मिक स्थल, बहुसाँस्कृतिक सम्पदा र ग्रामीण जीवनशैली यहाँका प्रमुख विशेषता हुन्, यिनै विशेषताले नरैनापुरलाई सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने आधार प्रदान गरेको छ, यद्यपी, पर्याप्त प्रचार–प्रसारको अभावले यहाँको पर्यटन सम्भावना अझै पूर्ण रूपमा उजागर हुन सकेको छैन ।’ नरैनापुरमा धार्मिक, प्राकृतिक, साँस्कृतिक, ग्रामिण तथा कृषि पर्यटनको सम्भावना प्रचुर मात्रामा रहेको प्रतिवेदनमा जनाइएको छ । मिडियाले नरैनापुरको पर्यटन प्रवद्र्धनका लागि पर्यटन स्थलको परिचय, सकारात्मक छवि निर्माण, स्थानीय सँस्कृति र पहिचान संरक्षण, डिजिटल माध्यमको प्रयोग, लगानीमा आर्कषण र स्थानीय सरकारले आफ्नो दायित्व निर्वाह गर्नुपर्ने प्रतिवेदनमार्फत सुझाव दिइएको छ ।

कार्यक्रमको अन्त्यमा ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी गरियो । नरैनापुर क्षेत्रमा रहेका धार्मिक पर्यटकीय क्षेत्रको रुपमा प्रचार–प्रसार गर्न सबै किसिमका मिडियाबाट समाचार, फिचर, रिपोर्ट र भिडियो डकुमेन्ट्री बनाएर सहकार्य गर्ने, नजिकै रहेको चुरे पहाडलाई पर्यापर्यटनको रुपमा विकास गर्न गाउँपालिकाले पदयात्रा (हाइकिङ) को रुपमा अघि सारेका नीति र योजनाबारे मिडियाको क्षेत्रबाट समाचार लेखेर पर्यटन प्रवद्र्धन गर्न सहकार्य गर्ने, नरैनापुर गाउँपालिकाका पर्यटकीय गन्तब्यको प्रवद्र्धन र नयाँ पर्यटकीय गन्तब्यको पहिचान गरी प्रचार–प्रसार गर्न गाउँपालिकाले नेपाल पत्रकार महासंघ, जिल्लाका मिडिया हाउस र पत्रकारहरुसँग निरन्तर सहकार्य र सहयोग जारी राख्ने लगायत बुँदाहरु रहेका छन् । अन्नपूर्ण पोष्ट दैनिकका पत्रकार शंकरप्रसाद खनालले तयार पारेको उक्त घोषणा–पत्रलाई पत्रकार महासंघ बाँकेका अध्यक्ष गिरीले गाउँपालिका अध्यक्ष शाहलाई हस्तान्तरण गरेका थिए । 

May be an image of one or more people and text that says ''नरेनापरमा परयंटन सम्भावना र मिडियाको भूमिका वि्रक अन्तरत्रिया र वनमोजा कार्टक्रम मिति: ನంಮರಿ पुस गते स्मणपुर) नरेनापुर, बाॉँके सहक नतेनापर अआयाज आयोज नेपाल पत्रक E ្តត অ ell S'

कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनमा समेटिएका विषयसहित नरैनापुरको पर्यटन विकासका विषयमा गाउँपालिकाका प्रशासन शाखा प्रमुख लक्ष्मीकान्त मिश्र, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष रुद्र सुवेदी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष सावित्री गिरी, पत्रकारहरु कमल खत्री, बैकुण्ठ अधिकारी, चन्द्रेश्वरराज त्रिपाठी लगायतले पनि आफ्नो सुझाव तथा धारणा राखेका थिए । 

उक्त कार्यक्रममा महासंघ बाँकेका साधारण सदस्यहरु, बाँकेमा क्रियाशील विभिन्न सञ्चार माध्यमा कार्यरत पत्रकारहरु, गाउँपालिकाका कर्मचारी लगायतको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रमको सञ्चालन महासंघ बाँकेका सचिव कृष्ण ओलीले गरेका थिए ।

May be an image of one or more people, people skeet shooting and text

May be an image of one or more people and grass


प्रकाशित मिति: बुधबार, पुस ९, २०८२  २१:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पर्यटन प्रबद्र्धनका लागि ५ बुँदे 'नरैनापुर घोषणापत्र' !
पर्यटन प्रबद्र्धनका लागि ५ बुँदे 'नरैनापुर घोषणापत्र' !
नेपाल रेडक्रस सोसाइटीको विधान संशोधन सुझाव संकलन कार्यशाला सम्पन्न
नेपाल रेडक्रस सोसाइटीको विधान संशोधन सुझाव संकलन कार्यशाला सम्पन्न
नेपालगञ्ज उच्च अदालत बारको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरणसँगै सपथ
नेपालगञ्ज उच्च अदालत बारको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरणसँगै सपथ
'व्यस्त जीवनशैलीमा स्वास्थ्य सन्तुलनका लागि ध्यान अपरिहार्य'
'व्यस्त जीवनशैलीमा स्वास्थ्य सन्तुलनका लागि ध्यान अपरिहार्य'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP