नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • 'मेलमिलापका माध्यमबाट विवाद समाधान गरिँदा दीर्घकालीन'
'मेलमिलापका माध्यमबाट विवाद समाधान गरिँदा दीर्घकालीन'
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, पुस १०, २०८२ बागेश्वरी पोस्ट
'मेलमिलापका माध्यमबाट विवाद समाधान गरिँदा दीर्घकालीन'

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका वरिष्ठतम् न्यायाधीश बासुदेव ज्ञवालीले अदालतको फैसलाले विवादको पूर्ण समाधान कहिल्यै पनि गर्न नसक्ने बताएका छन् । कोहलपुर नगरपालिका न्यायिक समितिद्वारा आजदेखि कोहलपुरमा मेलमिलाकर्ताहरुको लागि मेलमिलाप सम्वन्धि दुई दिने पुनर्ताजगी तालिमको उद्घाटन गर्दै न्यायाधीशले मिसिलका आधारमा फैसला गर्ने भएकाले एक पक्ष सधैं असन्तुष्ट रहने बताए । ‘न्यायाधीशले लिखित मिसिलका आधारमा फैसला गर्ने हो,' उनले भने–‘फैसला एउटाले जित्ने र अर्कोले हार्ने भएकाले विवादको अन्तिम समाधान हुन सक्दैन ।’

उनले मेलमिलापका माध्यमबाट विवाद समाधान गरिँदा त्यो दीर्घकालीन हुने बताए । ‘स्थानीय तहलाई न्यायिक निरुपणको अधिकार संविधानले दिएको छ,' उनले भने–‘मेलमिलापकर्ताहरुले स्थानीय स्तरमा निमिट्यान पारेका विवाद केवल दुई पक्षको समाधान मात्रै नभएर शान्ति स्थापनामा पनि टेवा पुर्‍याउँछ ।’ उनले समाजमा पूर्णरुपमा विवाद समाधान गर्ने मिलमिलाप सर्वोत्तम विकल्प भएको पनि उल्लेख गरे ।मेलमिलापकर्ताहरुले इमान्दारिता र निष्पक्ष भएर विवाद समाधान गर्दै गए अधिकार समेत बढाउन सकिने आधार तय हुने उनको भनाई छ । वरिष्ठतम् न्यायाधीश ज्ञवालीले तीन वर्ष अघि कोहलपुरका मेलमिलापकर्ताहरुलाई ४८ घण्टे तालिम दिएको स्मरण गर्दैै प्राप्त सीपलाई सही ढंगबाट उपयोग गर्न आग्रह पनि गरे ।

कार्यक्रममा कोहलपुर नगरपालिकाका न्यायिक समितिका संयोजक समेत रहेकी उपप्रमुख संगिता सुवेदीले न्याय निरुपणमा मेलमिलापकर्ताहरुले उत्कृष्ट कार्य गर्दै आएको बताइन् । कोहलपुर नगरपालिकाका १५ वटै वडामा एक/एक जना मेलमिलाप संयोजक र दुई–दुई जना मेलमिलापकर्ताहरु छन् । नगर उपप्रमुख सुवेदीले ती मेलमिलाकर्ताहरुले वडा तहमा आएका विवादहरुलाई वडामै समाधान गर्दा न्यायिक समितिमा मुद्दाको चाप नभएको पनि बताइन् । उनले मेलमिलापका माध्यमबाट गरिने विवाद समाधान दीर्घकालीन देखिएको पनि आफूले महसुस गरेको बताइन् ।

सुवेदीकै अध्यक्षतामा भएको तालिमको उद्घाटन समारोहको स्वागत मन्तव्य न्यायिक समितिका सदस्य सविता चौधरीले व्यक्त गरेकी थिइन् । न्यायिक समितिका सदस्य सचिव आशिष वर्माले सञ्चालन गरेको उक्त तालिमको पहिलो दिन वरिष्ठतम् न्यायधीश ज्ञवाली, कोहलपुर नगरपालिकाका कानूनी सल्लाहकार कर्ण केसी, मेलमिलाप प्रशिक्षक सीता अधिकारीले प्रशिक्षण दिएका छन् ।


प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  १४:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रंग लगाइएको मासको दाल नष्ट, कर बीजक नराख्ने डिस्ट्रिब्युटरलाई १० हजार जरिवाना
रंग लगाइएको मासको दाल नष्ट, कर बीजक नराख्ने डिस्ट्रिब्युटरलाई १० हजार जरिवाना
'योगा डान्स' का श्रष्टा 'रेडियोप्रेमी वान' श्याम गिरीको विश्व कीर्तिमान राख्ने सपना 
'योगा डान्स' का श्रष्टा 'रेडियोप्रेमी वान' श्याम गिरीको विश्व कीर्तिमान राख्ने सपना 
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP