नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • 'लोकतन्त्रमा मानव अधिकारमैत्री निर्वाचन अपरिहार्य'
'लोकतन्त्रमा मानव अधिकारमैत्री निर्वाचन अपरिहार्य'
बागेश्वरी पोस्ट
बिहीबार, पुस १०, २०८२ बागेश्वरी पोस्ट
'लोकतन्त्रमा मानव अधिकारमैत्री निर्वाचन अपरिहार्य'

नेपालगञ्ज । लोकतन्त्रमा मानव अधिकारमैत्री निर्वाचनको अपरिहार्यतामा जोड दिइएको छ । नेपालगञ्जमा आज इन्सेक लुम्बिनी प्रदेशले आयोजना गरेको 'निर्वाचन र मानव अधिकर' विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले लोकतन्त्रको आधार निर्वाचन भएको भन्दै निर्वाचन विनाको लोकतन्त्रको कल्पना पनि गर्न नसकिने बताए । निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न भए मात्र मानव अधिकार सुनिश्चित हुने सहभागीहरुको भनाई छ । फागुन २१ गते हुने तय भएको प्रतिनिधिसभा निर्वाचनमार्फत नयाँ सरकार गठन भए मात्र संविधानसम्मत हुने भन्दै उनीहरुले भदौ २३ र २४ गतेको जेनजी विद्रोहको जगमा बनेको बिशेष परिस्थितिको सरकारलाई निष्पक्ष ढंगले निर्वाचन गराउने म्याण्डेट मात्र भएको बताए । 

राजनीतिक दलका प्रतिनिधिले आफूहरु निर्वाचनबाट नभाग्ने भन्दै निर्वाचनको लागि सरकारले वातावरण बनाउन नसकेको जिकिर गरे । कार्यक्रमका प्रमुख अतिथि इन्सेकका संस्थापक अध्यक्ष एवम् राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य सुशील प्याकुरेलले निर्वाचनमार्फत नै बैधानिक सरकार गठनको मार्गलाई अबलम्बन गरी राजनीतिक दलहरु एक मतका साथ निर्वाचनमा होमिनुपर्ने बताए । उनले राजनीतिक दलहरुमा समय सान्दर्भिक रुपान्तरण जरुरी रहेको बताए । अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइराला, एमाले बाँकेका उपाध्यक्ष रत्न खत्री, नेपाली कम्युनिष्ट पार्टीका नेता अब्दुल हुसेन खाँ, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष हरिपाल सिंह केसीले सरकारले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए । तर , क्रान्तिकारी कम्युनिष्ट पार्टीका भेरी कर्णाली ब्युरो सेक्रेटरी दिपक शाहीले अहिलेको सरकारले बनाउने चुनाव आफ्नो पार्टीले बहिष्कार गर्ने बताए ।

May be an image of one or more people, dais and text

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, बरिष्ठ अधिबक्ताहरु विजय कुमार गुप्ता, सुनिल कुमार श्रेष्ठ, अधिकारकर्मीहरु प्रकाश उपाध्याय, सुरेश कुमार गौतम, प्रभात कुमार ठकुरी, विनोद थापा, राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटर, नागरिक समाजका अगुवा कृष्ण प्रसाद श्रेष्ठ, नव युवा प्रतिनिधिहरु आलिया शाह, सागर राज आचार्य लगायतले अहिलेको अवस्थामा निर्वाचनको विकल्प नरहेको भन्दै मानव अधिकारमैत्री निर्वाचनको सुनिश्चिततामा जोड दिए । इन्सेकका केन्द्रिय सदस्य विकास आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले गरेका थिए । त्यस अवसरमा जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेक बहादुर शाहीले जिल्लामा हालसम्म भएको निर्वाचन सम्बन्धि प्रगति सुनाएका थिए । 
May be an image of one or more people


प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  २०:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP