नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, पुस २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • राप्तीसोनारी गाउँपालिकाको १८औं गाउँसभा सम्पन्न
राप्तीसोनारी गाउँपालिकाको १८औं गाउँसभा सम्पन्न
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, पुस २४, २०८२ बागेश्वरी पोस्ट
राप्तीसोनारी गाउँपालिकाको १८औं गाउँसभा सम्पन्न

नेपालगन्ज । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा सम्पन्न भएको छ । जसमा गाउँपालिकाका महत्वपूर्ण नीतिगत र वित्तीय निर्णयहरू स्वीकृत भएका छन् । कार्यवाहक अध्यक्ष मनिषा सिंह थारुको अध्यक्षतामा सम्पन्न सभामा गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धि विधेयक, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति, बजेट संशोधन, बेरुजु फछ्यौट र करार कर्मचारीको म्याद थप जस्ता महत्वपूर्ण विषयहरू प्रस्तुत र पारित गरिएको छ ।

सभामा प्रस्तुत पहिलो मुख्य विषय राप्तीसोनारी गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धि विधेयक, २०८२ थियो । यस विधेयकमार्फत गाउँपालिकाको वित्तीय व्यवस्था प्रणालीलाई थप स्पष्ट र प्रभावकारी बनाउने उद्देश्य राखिएको छ । विधेयक अनुसार, गाउँपालिकाले प्रत्येक आर्थिक वर्षको लागि तीन वर्ष अवधिको खर्च प्रक्षेपणसहित मध्यमकालीन खर्च संरचना तयार गर्नुपर्ने व्यवस्था गरिएको छ ।

मध्यमकालीन खर्च संरचनामा गाउँको स्वीकृत सोचपत्र, आवधिक योजना, क्षेत्रगत नीति तथा योजनाका आधारमा आगामी तीन वर्षको वित्तीय खाका, बजेट तथा कार्यक्रमको रूपरेखा तयार गरी सभामा पेश गर्नुपर्ने उल्लेख गरिएको छ ।

साथै प्रस्तावित आयोजना वा कार्यक्रमको क्रियाकलापगत विवरण, प्रति इकाई लागत, सञ्चालनमा लाग्ने अनुमानित समय र सोबाट प्राप्त हुन सक्ने प्रतिफल समेत स्पष्ट पार्नुपर्ने व्यवस्था पनि विधेयकमा समावेश छ । सभामा प्रस्तुत अर्को महत्वपूर्ण विषय राप्ती सोनारी गाउँपालिकाको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति, २०८२ थियो । यस नीतिले गाउँपालिकामा महिला, दलित, आदिवासी जनजाति, अपांगता भएका व्यक्ति र अन्य पिछडिएका समुदायको सहभागिता सुनिश्चित गर्ने उद्देश्य राखेको छ । नीति अनुसार सबै कार्यक्रम र आयोजना योजनामा सामाजिक समावेशीकरण र लैङ्गिक दृष्टिकोण लागू गर्ने व्यवस्था गरिएको छ । त्यसैगरी, गाउँपालिकाको बेरुजु फछ्यौट तथा वडा र शाखागत बजेट संशोधनको विषयमा लेखा र पूर्वाधार समितिका संयोजकले सभामा प्रस्ताव पेश गरेका थिए । समितिले प्रस्तुत गरेका रिपोर्ट र प्रस्ताव सभाबाट पारित भएका छन् । यसले गाउँपालिकाको बजेट व्यवस्थापनमा पारदर्शिता र दक्षता बढाउने विश्वास गरिएको छ ।

सभामा करारमा कार्यरत कर्मचारीहरूको करार म्याद थप सम्बन्धमा सुशासन समितिका संयोजकले प्रस्ताव राखेका थिए । समितिको प्रस्ताव अनुसार, करार कर्मचारीहरूको सेवा निरन्तरता सुनिश्चित गर्न र प्रशासनिक कामकाजमा असर नपर्ने हिसाबले करार म्याद थप गर्न आवश्यक रहेको उल्लेख गरिएको छ । सभाले समितिको सिफारिस स्वीकृत गर्दै करार म्याद थप गर्ने निर्णय गरेको छ ।

लेखा समितिले गाउँपालिकाको आर्थिक वर्षको खर्च, राजस्व संकलन र बजेट कार्यान्वयनको समीक्षा गर्दै प्रतिवेदन पेश गरेको थियो । लेखा समिति संयोजक केशवराम दमाईले प्रतिवेदन सभामा प्रस्तुत गर्दै भने, ‘गाउँपालिकाको वित्तीय गतिविधिहरू पारदर्शी र नियमन अनुसार सञ्चालन भइरहेका छन्, तर आगामी वर्षहरूमा अझ प्रभावकारी वित्तीय योजना र बजेट व्यवस्थापनको आवश्यकता छ ।’

लेखा समितिको प्रतिवेदन अनुसार, आगामी आर्थिक वर्षको बजेट र मध्यमकालीन खर्च संरचना तयार गर्दा स्रोतको अनुमान, बजेट सीमा निर्धारण, कर राजस्व, गैरकर राजस्व, सेवा शुल्क र दस्तुरको दर निर्धारण गर्नुपर्ने व्यवस्था स्पष्ट गरिएको छ । यसले गाउँपालिकालाई स्थायी र दीगो वित्तीय योजना बनाउन सहयोग गर्ने विश्वास गरिएको छ ।

गाउँपालिकाले आर्थिक गतिविधिहरूलाई मात्र होइन, स्थानीय उद्योग र व्यवसाय प्रवद्र्धन तथा रोजगारी सिर्जनामा योगदान दिने नीति र कार्यक्रम पनि अघि बढाउने निर्णय गरेको छ । सभामा कार्यपालिकालाई स्थानीय कर नीति निर्माणमा परामर्श दिनु, राजस्व प्रशासन सुधार गर्नु र कर र गैरकर राजस्व, सेवा शुल्क तथा दस्तुरको दर निर्धारण गर्नु जस्ता विषयहरूमा सुझाव दिन आदेश दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले जानकारी दिए ।

कार्यपालिकाले आगामी तीन वर्षको वित्तीय योजना तयार गर्ने क्रममा स्थानीय उद्योग, व्यवसाय र रोजगारी सृजनामा योगदान दिने कार्यक्रमको प्राथमिकता निर्धारण गर्ने र सम्भाव्यतालाई ध्यानमा राखेर खर्च संरचना तय गर्ने व्यवस्था विधेयकमा समावेश गरिएको छ । यसले गाउँपालिकामा आर्थिक गतिविधि सृजना र दीगो विकासका अवसर बढाउने अपेक्षा गरिएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा प्रत्येक आयोजना वा कार्यक्रमको अनुमानित लागत, सञ्चालनमा लाग्ने समय, प्राप्त हुने प्रतिफल र प्राथमिकता निर्धारण गर्नुपर्ने व्यवस्था गरेको छ । यसले नीतिगत योजना र वित्तीय कार्यान्वयनमा स्पष्टता र पारदर्शिता सुनिश्चित गर्नेछ । कार्यपालिकाले प्रत्येक आर्थिक वर्षमा तीन वर्ष अवधिको खर्च प्रक्षेपण सहितको मध्यमकालीन खर्च संरचना तयार गरी सभामा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । यस संरचनामा स्वीकृत सोचपत्र वा आवधिक योजना र क्षेत्रगत नीति तथा योजनाका आधारमा समष्टिगत वित्त खाका तयार गरी प्रस्तावित आयोजना वा कार्यक्रमको विवरण, लागत, समय र प्रतिफल स्पष्ट पार्नुपर्ने व्यवस्था समावेश गरिएको छ ।


प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  २०:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्तीसोनारी गाउँपालिकाको १८औं गाउँसभा सम्पन्न
राप्तीसोनारी गाउँपालिकाको १८औं गाउँसभा सम्पन्न
नेपालगन्ज उपमहानगरपालिकाको एकीकृत बाल संरक्षण मस्यौदामाथि छलफल
नेपालगन्ज उपमहानगरपालिकाको एकीकृत बाल संरक्षण मस्यौदामाथि छलफल
जानकीको वडा नम्बर ४ द्वारा ४५० थान ब्ल्याङ्केट वितरण
जानकीको वडा नम्बर ४ द्वारा ४५० थान ब्ल्याङ्केट वितरण
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP