नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, पुस २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • छैठौं स्लो बाइक प्रतियोगिताको उपाधि शिशिर सुवेदीलाई     
छैठौं स्लो बाइक प्रतियोगिताको उपाधि शिशिर सुवेदीलाई     
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, पुस २७, २०८२ बागेश्वरी पोस्ट
छैठौं स्लो बाइक प्रतियोगिताको उपाधि शिशिर सुवेदीलाई     

नेपालगञ्ज । बढ्दो सवारी दूर्घटना न्यूनीकरण सचेतनाका लागि आयोजित स्लो बाइक प्रतियोगिताको छैठौं संस्करण आज सम्पन्न भएको छ । नेपालगञ्जको न्यूरोडमा सम्पन्न छैठौं स्लो बाइक प्रतियोगिता २०८२ को उपाधि शिशिर सुवेदीले हात पारेका छन् । सुबेदीले निर्धारित १०० मिटरको दुरी ३ मिनेट ३० सेकेन्डमा पूरा गरी प्रथम स्थान हासिल गर्न सफल भएका हुन् । प्रतियोगिताको बिजेता भएसँगै सुवेदीले नगद १५ हजार रुपैयाँ र प्रमाणपत्र हासिल गरेका छन् ।

यसैगरी प्रतियोगितामा दोश्रो र तेस्रो स्थान क्रमशः मोहम्मद आरिफ सेखले ३ मिनेट २५ सेकेण्ड र अजय बर्नवालले ३ मिनेट ९ सेकेण्डमा निर्धारित दुरी पार गर्दै हासिल गरेका हुन् । दोश्रो र तेस्रो स्थान हासिल गर्न सफल प्रतियोगीले क्रमशः नगद १० हजार, ५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् । 

May be an image of motorcycle and text

बासको आयोजनामा भएको कार्यक्रममा प्राविधिक सहयोग जिल्ला ट्राफिक कार्यालय बाँकेले गरेको थियो । कार्यक्रमको प्रायोजकमा एमएस टे«ड इन्टरनेशनल (हिरो शोरु) नेपालगञ्ज, यज्ञलक्ष्मी अटो डिष्टीब्यूटर होण्डा शोरुम नेपालगञ्ज, पाठक भूसेवा केन्द्र नेपालगञ्ज, प्राप्ति इन्टरनेशनल (बजाज स्वरुम) कोहलपुरको सहकार्य रहेको थियो । प्रतियोगितामा ३७ जनाले सहभागिता जनाएका थिए । 

नेपालगञ्जको न्यूरोडमा भएको प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले बास नेपालले आयोजना गरेको कार्यक्रमले देशब्यापी सन्देश प्रवाह गरेको बताए । सवारी दूर्घटना न्यूनीकरणका लागि गरिएको स्लो बाइक प्रतियोगिताले युवाहरुलाई सचेत र सजग गराउने बताए । उनले यस्ता कार्यक्रम निरन्तर गर्नुपर्नेमा जोड दिएका थिए ।  

May be an image of bicycle, scooter, motorcycle and text that says '6 2, th NEPALGUNJ SLOW BIKE COMPETITION DagPgus Pgush 27, Mepalgani 2082 TION Hero 12 Hero SUPPORTEDBY ORGANIZEDBY STusck Tude'

बासका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माकोे अध्यक्षतामा भएको प्रतियोगितामा निर्णायकको भूमिका ट्राफिक प्रहरी कार्यालयका इश्वरी देवकोटा, एमएस टे«ड इन्टरनेशनल (हिरो शोरुम) नेपालगञ्जका प्रबन्धक माधब अर्याल र बासका निर्देशक हेमराज भट्टले गरेका थिए । 

बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतना जगाउने, ट्राफिक नियमको पालना गरी सीमित गतिमा सवारी चलाउन प्रोत्साहित गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले प्रकाश गरेका थिए ।

बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको प्रतियोगिताले पछिल्लो समय युवा पुस्ताहरु तीब्र गतिमा सवारी चलाउँदा दैनिक जसो दूर्घटनाको शिकार भइरहेको अवस्थामा आमनागरिकहरुलाई सुस्त गतिमा सवारी चलाउँदा दूर्घटना जस्तो भयावह अवस्थाबाट जोगिन सकिन्छ भन्ने कुराको सन्देश प्रवाह गरेको छ । 


 


प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  २०:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
छैठौं स्लो बाइक प्रतियोगिताको उपाधि शिशिर सुवेदीलाई     
छैठौं स्लो बाइक प्रतियोगिताको उपाधि शिशिर सुवेदीलाई     
ब्राउन सुगर कारोबार: बाँकेबाट श्रीमान-श्रीमतीसहित ३ जना पक्राउ, ८९ हजार नगद बरामद
ब्राउन सुगर कारोबार: बाँकेबाट श्रीमान-श्रीमतीसहित ३ जना पक्राउ, ८९ हजार नगद बरामद
नेपालगन्जमा भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो ३ राउण्ड गोली
नेपालगन्जमा भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो ३ राउण्ड गोली
प्रहरीको एक महिने कारबाहीबाट ४० करोड २५ लाख रुपैयाँ बढी राजस्व संकलन
प्रहरीको एक महिने कारबाहीबाट ४० करोड २५ लाख रुपैयाँ बढी राजस्व संकलन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP