नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • भगत र रुपनीलाई हरि जमुना पत्रकारिता पुरस्कार  
भगत र रुपनीलाई हरि जमुना पत्रकारिता पुरस्कार  
RSG-2
पत्रकारिता क्षेत्रमा स्वतन्त्रता र निष्पक्षताको खाँचो देखिएको छः नगर प्रमुख विष्ट
बागेश्वरी पोस्ट
शुक्रबार, माघ ९, २०८२ बागेश्वरी पोस्ट
भगत र रुपनीलाई हरि जमुना पत्रकारिता पुरस्कार  

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले ब्यवसायिक पत्रकारिता लर्खराउँदा लोकतन्त्र कमजोर हुँदै गएको बताएका छन् । स्वतन्त्र पत्रकार संघ नेपाल बाँकेको आयोजनामा आज नेपालगञ्जमा सम्पन्न हरि जमुना पत्रकारिता पुरस्कार प्रदान कार्यक्रममा बोल्दै प्रमुख विष्टले पछिल्लो समय ब्यवसायिक पत्रकारिता लर्खराउँदै गएको बताए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका विष्टले राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्रमा स्वतन्त्रता र निष्पक्षताको खाँचो रहेको बताउँदै लोकतन्त्रलाई बलियो बनाउन स्वस्थ पत्रकारितामा जोड दिए ।

स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाले प्रदान गर्ने हरि जमुना पत्रकारिता पुरस्कार पत्रकार भगत राम थारु र रुपनी जिएमलाई प्रदान गरिएको छ । शिक्षक तथा समाजसेवी माधबी शाहले स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखामार्फत आफ्नो स्वर्गीय माता पिताको नामबाट स्थापना गरेको हरि जमुना स्मृति अक्षय कोषमार्फत उक्त पुरस्कार प्रदान गरिएको हो । स्वतन्त्र पत्रकार संघ नेपाल बाकेको आयोजनामा सम्पन्न एक विशेष समारोहका बीच पत्रकार थारु र जिएमलाई हरि जमुना पत्रकारिता पुरस्कार प्रदान गरिएको स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाका अध्यक्ष मन भण्डारीले बताए । पुरस्कृत पत्रकार द्वयलाई नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट, वरिष्ठ पत्रकार पुर्णलाल चुके, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, स्वतन्त्र पत्रकार संघ नेपाल बाँकेका निवर्तमान अध्यक्ष नमस्कार शाह लगायतले नगद रासी रु. ५ हजार १ सय ५१ सहित सम्मान पत्र र दोसल्लाले सम्मान गरेका थिए । 

पुरस्कार प्रदान कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार चुकेले अहिलेको समयमा कुनै पनि निकायमा स्वतन्त्र ब्यक्ति पाउन मुस्किल भएको अबस्थामा स्वतन्त्र पत्रकार संघले पत्रकारिता जगतमा स्वतन्त्रताको खाँचो रहेको सन्देश दिँदै पत्रकार दलको झोले हुन नहुने बताए । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष चौलागाईले कुनै पनि राजनीतिक दलको गुलामी नबनी स्वतन्त्र र निष्पक्ष समाचार लेख्नु पत्रकारको धर्म भएको बताए । स्वतन्त्र पत्रकारिता गर्न नसक्ने ब्यक्ति पत्रकार हुन नसक्ने बताउँदै उनले भने, “आस्था र विचार भन्दा माथि उठेर पत्रकारिता गर्नु पत्रकारको धर्म हो ।” 

सम्मान पश्चात बोल्दै सम्मानित पत्रकार द्वयले सम्मान पत्रकारिता क्षेत्रमा गरेको निरन्तरताको फल भएको बताउँदै नियमित रुपमा स्वतन्त्र कलम चलाउन नछोड्ने बताएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरे, अन्तरालका कार्यकारी प्रमुख जय नारायण शाह, गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाका पूर्व अध्यक्ष तेज बिक्रम शाह, हरि जमुना स्मृति अक्षय कोषकी सञ्चालक शाह लगायतले बोलेका थिए । स्वतन्त्र पत्रकार संघ बाँकेका अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा परस्कारको घोषणा स्वतन्त्र पत्रकार संघ नेपाल बाँकेका निवर्तमान अध्यक्ष शाहले गरेका थिए । स्वतन्त्र पत्रकार संघका उपाध्यक्ष हेमराज भट्टले स्वागत गरेको कार्यक्रम स्वतन्त्र पत्रकार संघ नेपाल बाँकेका सचिब माधव कार्कीले सञ्चालन गरेका थिए ।


प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२  २०:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP