नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँकेका कांग्रेस उम्मेदवारसंग प्रेस युनियनको भेटघाट
बाँकेका कांग्रेस उम्मेदवारसंग प्रेस युनियनको भेटघाट
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, माघ १५, २०८२ बागेश्वरी पोस्ट
बाँकेका कांग्रेस उम्मेदवारसंग प्रेस युनियनको भेटघाट

नेपालगन्ज । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनले बाँकेको समग्र विकाससँगै धर्म, संस्कारको जगेर्ना गर्न कांग्रेसको जित आवश्यक रहेको बताएका छन् । बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का उम्मेदवार समेत रहेका पुनले यहाँको विकास निर्माण आफ्नो उच्च प्राथमिकतामा रहेको सुनाए ।

नेपाल प्रेस युनियन बाँकेले नेपालगन्जमा बिहीबार गरेको भेटघाटमा बोल्दै उनले भने, ‘यही क्षेत्रमा लुम्बिनी प्राविधिक विश्वविद्यालय रहेको छ, विश्वविद्यालयको जग्गा प्राप्तिसँगै भौतिक पूर्वाधारको कामलाई टुंग्याउनुपर्ने अवस्था छ, कपास विकास समिति र नौवस्ता औद्योगिक क्षेत्रलाई विस्तार गर्नुपर्नेछ, पर्यटकीय क्षेत्रका लागि रुट बनाउनुपर्नेछ ।’ आसन्न चुनावले देशलाई नयाँ बाटोमा लैजाने पनि सभापति पुनले विश्वास गरेका छन् ।

बदलिँदो परिस्थितिमा कांंग्रेसले आमनेपाली नागरिकलाई बुझाएर मुलुकको ब्यवस्था र संविधानको रक्षाका लागि मत माग्नुपर्ने अवस्था रहेको पुनले बताए । ‘कांग्रेसले विस्तृत रुपमा छलफल गरेर उम्मेदवार तय गर्न नसके पनि यस पटकको निर्वाचनमा १ सय ६ जना नयाँ अनुहारलाई टिकट दिएर मैदानमा उतारेको छ,’ बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका सभापति पुनले भने, ‘पार्टीभित्र केही परिर्वतन भएको छ, सबै परिवर्तन एकै पटक हुने होइन, क्रमिकरुपले हुँदै जान्छ ।’ कांग्रेस सबैभन्दा पुरानो पार्टी भए पनि नयाँ विचार र एजेण्डा बोकेको उनले स्पष्ट पारे । 

कांग्रेस लुम्बिनी प्रदेशले उपसभापति राजु खनालको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाएको जानकारी दिँदै सभापति पुनले आफ्ना उम्मेदवार जिताउन पार्टीका सबै तहका नेता, कार्यकर्तालाई एकिकृत भएर लाग्न निर्देशन दिए । चुनावमा कांग्रेस उम्मेदवारका विरुद्ध लाग्ने व्यक्तिलाई निर्वाचन परिणाम नआउँदै कारबाही गरिने सभापति पुनले चेतावनी दिए । 

यस्तै नेपाली कांग्रेस बाँकेका सभापति एवम् बाँके क्षेत्र नम्बर १ का उम्मेदवार नारायणप्रसाद गौडेलले कांग्रेसप्रति जनताको विश्वास र भरोसा रहेको बताए । चुनावको मुखमा नयाँ दलहरु खुले पनि जनताको विश्वास कांग्रेसप्रति नै रहेको उनको भनाई छ । यस पटकको निर्वाचनमा सचेत नागरिकले नेपाली कांग्रेसलाई रुख चिन्हमा मतदान गरेर विजयी गराउने उम्मेदवार गौडेलले बताए ।

युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपाल प्रसाद अधिकारी, सह-सचिव रेणुसिंह ठाकुर, प्रवक्ता डिल्ली गिरी, महासमिति सदस्य उमा थापा मगर लगायत नेता तथा पत्रकारहरु उपस्थित थिए ।


प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२  २१:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP