नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, माघ १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • निर्वाचनलाई भयरहित बनाउन बाँकेमा आचारसंहिता कार्यान्वयनका लागि अनुगमन अधिकृत सक्रिय
निर्वाचनलाई भयरहित बनाउन बाँकेमा आचारसंहिता कार्यान्वयनका लागि अनुगमन अधिकृत सक्रिय
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, माघ १८, २०८२ बागेश्वरी पोस्ट
निर्वाचनलाई भयरहित बनाउन बाँकेमा आचारसंहिता कार्यान्वयनका लागि अनुगमन अधिकृत सक्रिय

बाँके । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता कडाईका साथ पालना गर्न निर्वाचन आचारसंहिता अधिकृतको कार्यालय बाँकेले निर्देशन दिएको छ । आचारसंहिता कार्यान्वयनका लागि निर्वाचन आयोगको तर्फबाट खटिएका अनुगमन अधिकृत पुर्ण बहादुर खत्री र सर्वोदय उपाध्यायले जारी गरेको विज्ञप्तिमार्फत बाँकेका सम्बन्धित सबै निकाय, राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र आम नागरिकलाई सचेत गराएका छन् ।

निर्वाचन आयोग आचारसंहिता अधिकृतको कार्यालय बाँकेका अनुसार आचारसंहिता उल्लङ्घन हुने कुनै पनि गतिविधि नगर्न आग्रह गर्दै चुनावी प्रचार–प्रसार, जुलुस, सभा, सामाजिक सञ्जालको प्रयोगदेखि लिएर कृत्रिम बुद्धिमत्ता (एआई) को दुरुपयोगसम्ममा कडाई गरिनेछ । आचारसंहिता विपरीतका गतिविधिमा संलग्न देखिए कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

आचारसंहिता अनुसार पालना गर्नुपर्ने मुख्य बुँदा :

१. मतदान हुने दिन भन्दा १७ दिनअघि अर्थात मिति २०८२/११/४ गतेदेखि मिति २०८२/११/१८ गतेसम्म मात्र निर्वाचन प्रचारप्रसार गर्न पाइनेछ ।

२. निर्वाचन प्रचारप्रसार गर्दा निम्न बमोजिमको आचारसंहिता पालना गर्नुपर्नेछ ।

> जुलुस आमसभा, कोणसभा वा भेला गर्दा स्थानीय प्रशासनको अनुमती लिनुपर्ने र कार्यक्रमको मिति, समय, मार्ग र स्थानको बारेमा स्थानीय प्रशासन र प्रहरीलाई कम्तिमा २४ घण्टा अगावै जानकारी गराउनुपर्ने ।

> एकभन्दा बढी दल वा उम्मेदवारले एकै समयमा, एउटै स्थान वा मार्गमा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्न नहुने र उक्त अवस्थामा स्थानीय प्रशासनले स्थल वा मार्ग परिवर्तनको लागि दिइएको निर्देशन पालना गर्नुपर्ने ।

> जुलुस, आमसभा, कोणसभा, भेला वा प्रचारप्रसारका कार्यक्रम गर्दा विहान ७ वजेदेखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्ने र यस्ता कार्यक्रममा बालबालिकाको प्रयोग गर्न, गराउन नहुने ।

> प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जना भन्दा बढीको जुलुस लिएर जान नमिल्ने साथै यसरी जाँदा बाजागाजा तथा झाँकी सहित जान नहुने ।

> मतपरिणामको सम्वन्धमा मत सर्वेक्षण वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा वा प्रकाशन गर्न नहुने, चरित्र हत्या/मानहानी वा लाञ्छना लाग्ने गरी कुनै स्वरुपका सामाग्री प्रकाशन प्रशारण गर्न नहुने, मतदान/मतगणना स्थलको तस्विर लिने, भिडियो खिच्ने, कार्य गर्न नहुने ।

> कसैको घर आसपास गई निज वा निजको परिवारको सदस्यको सम्वन्धमा विरोध वा प्रदर्शन गर्न नहुने ।

> जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टि-शर्ट, ज्याकेट, कमिज, गम्छा, व्याच, मास्क वा लकेट, ट्याटु लगाउन वा झोला बोक्न नहुने ।

> अन्य दल वा उम्मेदवारको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रमलाई विथोल्न वा कुनै प्रकारको बाधा अवरोध पु-याउन नहुने ।

> प्रचलित कानुन वा स्थानीय प्रशासनले निषेध गरेको सामाग्री लिई जुलुस, आमसभा, कोणसभा, बैठक वा भेलामा प्रदर्शन वा प्रयोग गर्न नहुने ।

> कसैको नीजि घरजग्गा, सार्वजनिक भवन, उद्यान, सडकका भित्ता वा पोल वा कुनैपनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख वा टाँस्न नहुने ।

> विभिन्न क्लव, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैर सरकारी संस्था, आश्रम जस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिन वा दिने घोषणा गर्न नहुने ।

> निर्वाचन प्रयोजनको लागि ७५ ग्राम सम्मको कागजमा ३०० वर्ग इन्चसम्म क्षेत्रफल भएको आकारमा एउटै रंग र मुद्रकको नाम सहितको पर्चा मात्र प्रयोग गर्नुपर्ने ।

> उम्मेदवार वा दलको कार्यालयमा साईन बोर्ड तथा कपडामा बनाइएको ३x४ फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह राखे बाहेक दलको प्रचार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल वोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख, श्रव्य सामग्री वजाउन र श्रव्यदृश्य सामग्रीहरु प्रदर्शन वा प्रसारण गर्न नपाइने ।

> उम्मेदवार वा दलले आफ्नो कार्यालय वाहेकका स्थानमा दलको झण्डा, दल वा उम्मदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख तथा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरु प्रदर्शन वा प्रसारण गर्न नहुने ।

> स्थानीय कार्यपालिकाका पदाधिकारीहरुले आफु वहाल रहेको स्थानीय तह वाहेक अन्य स्थानीय तहमा सम्वन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन सक्ने तर प्रचारप्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न नहुने ।

३. सवारी साधन प्रयोग गर्दा पालन गर्नुपर्ने आचारणः-

> निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्वन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा बढीमा २ वटा दुई पाङ्ग्रे वा तीन पाङ्ग्रे वा चार पाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिवाट चल्ने हलुका सवारी साधन प्रयोग गर्न सकिनेछ ।

तर, विदेशी नम्बर प्लेटको सवारी साधनलाई प्रयोगको अनुमति दिइने छैन,

> कुनै दल वा उम्मेदवारले अनुमती लिएको सवारी साधन प्रयोग गरी मतदाता ओसारपसार गर्न नहुने । तर, हिंडडुल गर्न नसक्ने तोकिए बमोजिमका मतदाताका लागि निर्वाचन अधिकृतले अनुमति दिएको सवारी साधन प्रयोग गर्न पाइने ।

> स्थान तोकी प्रयोग गर्ने गरी अनुमती लिएको सवारी साधन अन्य स्थानमा प्रयोग गर्न नहुने ।

> अनुमती बेगरका सवारी साधन प्रयोग गरी प्रचारप्रसार गर्न नहुने र गरेमा सवारी तत्कालै नियन्त्रणमा लिन सकिने ।

४. राजनीतिक दल, उम्मेदवार वा निर्वाचन प्रतिनिधिले निर्वाचन प्रचारप्रसारका लागि प्रचलित निर्वाचन कानून विपरीत हुने गरी सरकारी वा सार्वजनिक निकाय वा गैरसरकारी संघ संस्थावाट कुनै पनि प्रकारको आर्थिक सहयोग लिन नहुने, निर्वाचन आयोगले तोकेको हदभित्र रहि खर्च गर्ने र निषेधित कार्यको लागि आर्थिक सहयोग नलिने ।

५. सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले आचारसंहिताको पूर्ण पालना गर्ने, गराउने ।

६. थप जानकारीको लागी आचार संहिता अनुगमन अधिकृतसँग सम्पर्क गर्न सक्नुहुनेछ ।

तर, राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा वा घरदैलो कार्यक्रममा ३४४ फिटको दलको झण्डा र चुनाव चिन्ह १०/१० वटासम्म र उम्मेदवारको नाम र चुनाव चिन्ह भएको १ वटासम्म तुल वा फ्लेक्स राख्न पाइनेछ ।

> दलको झण्डाको वा दल वा उम्मेदवारको चुनाव चिन्हको तोरण वनाई सार्वजनिक प्रदर्शन गर्न वा गराउन नहुने ।

> कुनै किसिमको भित्ते लेखन गर्न वा गराउन, चार पाङग्रे गाडी, मोटरसाइकल, साइकल, वयल गाडा, रिक्सा, टाँगा, ठेला गाडा लगायत सबै प्रकारका सवारी साधन प्रयोग गरी र्‍याली आयोजना गर्न वा प्रचारप्रसार गराउन नहुने ।

> ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसंख्यक तथा अपाङ्गता भएका व्यक्तिहरुको भावना, इज्जत, चरित्र तथा प्रतिष्ठामा आँच आउन सक्ने कुनै किसिमका प्रचारप्रसार गर्न, गराउन नहुने,

> जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको -याली गर्दा बढिमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न पाइने ।

> निर्वाचनमा विजय भएको उम्मेदवारले कुनै प्रकारको भोज भतेर गर्न वा नगद वा जिन्सी वितरण गर्न नहुने ।

> राजनीतिक दल वा उम्मेदवारले सवारी साधनको प्रयोग गरी एक जिल्लाबाट अर्को जिल्लामा मतदाता ओसारपसार गर्न नहुने ।

> सामाजिक संजालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुने ।

> निर्वाचनमा प्रतिकुल प्रभाव पार्ने उद्देश्यले सामाजिक संजालमा एकाउण्ट संचालन गर्न वा झुठा साईट खोल्न वा संचालन गर्न गराउन नहुने ।

➤ AI को प्रयोग गरी वा नगरी निर्वाचन प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, hate speech जस्ता भ्रामक टिका टिप्पणी गर्न वा गराउन नहुने ।

> निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक संजालमा पोष्ट, रिपोष्ट, शेयर, कमेण्ट वा प्रतिकमेण्ट, लाईभ स्ट्रिमिङ्ग, ट्याग वा मेन्सन लगायतका कार्य गर्न गराउन नहुने ।

> मतदाता र मतदानमा खटिएका कर्मचारीसँग वादविवाद गर्न वा हतोत्साहित गर्ने कुनैपनि कार्य गर्न नहुने।

 

 

 

 


प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  ११:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निर्वाचनलाई भयरहित बनाउन बाँकेमा आचारसंहिता कार्यान्वयनका लागि अनुगमन अधिकृत सक्रिय
निर्वाचनलाई भयरहित बनाउन बाँकेमा आचारसंहिता कार्यान्वयनका लागि अनुगमन अधिकृत सक्रिय
कांग्रेस उम्मेदवार अमर सिंह पुनको प्रचारप्रसार सचिवालय उद्घाटन
कांग्रेस उम्मेदवार अमर सिंह पुनको प्रचारप्रसार सचिवालय उद्घाटन
बाँकेको समग्र विकासका लागि कांग्रेसको आह्वान
बाँकेको समग्र विकासका लागि कांग्रेसको आह्वान
बाँकेका कांग्रेस उम्मेदवारसंग प्रेस युनियनको भेटघाट
बाँकेका कांग्रेस उम्मेदवारसंग प्रेस युनियनको भेटघाट
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP