नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • उद्यमीमा नयाँ उत्साह थप्दै सकियो लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी
उद्यमीमा नयाँ उत्साह थप्दै सकियो लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, माघ १८, २०८२ बागेश्वरी पोस्ट
उद्यमीमा नयाँ उत्साह थप्दै सकियो लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी

गणेश राई-नेपालगञ्ज  । महिला उद्यमीमा नयाँ उत्साह थप्दै १०औं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी–२०८२ सम्पन्न भएको छ । महिला उद्यमी संघ नेपाल बाँकेले आयोजना गरेको प्रदर्शनी नेपालगञ्ज बागेश्वरी मन्दिर परिसरमा पाँच दिनसम्म चलेको थियो । माघ १४ देखि १८ गतेसम्म आयोजना गरिएको प्रदर्शनीमा केही नयाँ उद्यमीले पहिलोपटक सहभागिता जनाएका थिए । प्रदर्शनीमा पहिलोपटक स्टल राखेर व्यापार गरेकी नेपालगञ्ज–१८ की सन्जिता बस्नेतले सुरुआतमा आउँदा लाज लागे पनि अहिले ढुक्क भएर व्यापार गर्न सक्ने भएको बताइन् । बस्नेतले व्यवसाय सुरु गरेको एक वर्ष भएको छ । छोटो अवधिमै पाएको सफलताले आफूलाई थप उत्साही बनाएको उनले बताइन् । बस्नेतले संघको नयाँ सदस्यता समेत लिइन् । 

नेपालगञ्जका महिला उद्यमीले हरेक वर्ष नियमित रुपमा आर्थिक सशक्तिकरणको लागि प्रदर्शनीको आयोजना गर्दै आएका छन् । जहाँ पश्चिम नेपालको लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका महिला दिदीबहिनीहरुले उत्पादन गरेका वस्तु तथा सामग्रीहरुको बजारीकरण र प्रवद्र्धनको लागि प्रोत्साहन गर्ने गरिन्छ । समापन समारोहका प्रमुख अतिथि नेपाल महिला उद्यमी महासंघ केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश अध्यक्ष सरस्वती शर्माले सात जनाबाट सुरु गरेको महिला उद्यमी संघ बाँकले २३ वर्षको अवधिमा महिला उद्यमीको विकासमा थुप्रै योगदान गरेको बताइन् । आयोजक महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष रेवती सिंहले प्रदर्शनीलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण उद्यमी, प्रयोजक, प्रदर्शनीमा स्टल राख्ने उद्यमी, सहयोगी दाता र मिडियाकर्मीलाई धन्यवाद दिइन् । महिला उद्यमी संघ नेपाल बाँकेको निवर्तमान अध्यक्ष साबित्रा पोख्ररेलले हरेक वर्ष प्रदर्शनीले नयाँ सफलता हासिल गर्दै नयाँ सम्भावना उजागार गर्ने गरेको उल्लेख गरिन् । संघको महासचिव विन्दु चर्तिमगरले सञ्चालन गरेको कार्यक्रममा प्रदर्शनी संयोजक एवम् संघको प्रथम उपाध्यक्ष आभा गौतम, संघको पूर्व अध्यक्ष सुशिला गौतम, संघको द्वितीय उपाध्यक्ष बबिता मैनालीले महिला उद्यमीहरुको नेतृत्व क्षमता, सीप र उत्साह बढाउनको लागि सहकार्य गरेर काम गर्ने प्रतिवद्धता जनाएका थिए । 

नेपालगञ्ज उप–महानगरपालिकाको सहयोग र केएल दुगड ग्रुपको मुख्य प्रयोजनमा भएको प्रदर्शनीको १०औं संस्करणमा कृषिजन्य सामग्री, हस्तकला सामग्री, खाद्य सामग्री, अल्लो तथा ढाकाका कपडाहरु, फ्लोरी– कल्चर, रैथाने उत्पादन, खाना तथा खाजाका परिकार, श्रृंगार तथा गर–गहना लगायतका सामग्री तथा वस्तुहरु बिक्री वितरण र प्रचारप्रसारको राखिएको संघको महासचिव चर्तिमगरले बताइन् । ६ लाख बजेट रहेको प्रदर्शनीमा ७५ वटा स्टल रहेका थिए । 

अमृता थारुलाई महिला उद्यमीको सम्मान
महिला उद्यमी अमृता कुमारी थारुलाई महिला उद्यमी संघ नेपाल बाँकेले १०औं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको दौरान सम्मान गरेको छ । राप्तीसोनारी–०६ महिमानपुर, बाँके निवासी अमृताले साया व्युटीपार्लर एण्ड टे«डिङ्ग सेन्टर सञ्चालन गर्दै आएकी छिन् । अमृताको परिवार रोजगारीका लागि भारत भएको बेला दुर्घटनामा उनको एउटा खुट्टा काटिएको थियो । ११ महिनाको हुँदा अमृताको भारतमा कुखुराको दाना बनाउने मेसिनमा खुट्टा काटिएको थियो । तर, अमृताले हिम्मतको साथ समाजमा भएका तमाम कठिनाई र चुनौतिको सामना गर्दै विगत पाँच वर्षदेखि साया व्युटीपार्लर एण्ड टे«डिङ्ग सेन्टर सञ्चालन गरेर आर्थिक रुपमा सबल बन्ने प्रयास गरिरहेकी छिन् । 
 


प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  २१:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP