नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, जेठ ७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • जनता बैंक र ग्लोबल आइएमई मर्जर हुँदै
जनता बैंक र ग्लोबल आइएमई मर्जर हुँदै
मर्जरपछि ग्लोबल आइएमई बैंक नेपालकै ठूलो बैंक बन्ने
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक ८, २०७६ बागेश्वरी पोस्ट
जनता बैंक र ग्लोबल आइएमई मर्जर हुँदै

काठमाडौं। ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालबीच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ । आज यहाँ आयोजित एक समारोहबीच ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंक नेपालका अध्यक्ष केशवबहादुर रायमाझीले अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।    

दुवै बैंकले नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपश्चात् एकीकृत कारोवार शुरु गर्नेछन् । यी दुई बैंकले गत असार २० गते मर्जरका लागि प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । मर्जरपछि बन्ने बैंकको नाम ग्लोबल आइएमई बैंक, अध्यक्ष चन्द्रप्रसाद ढकाल हुने सहमति गरिएको छ भने सञ्चालक समितिमा ग्लोबलको तर्फबाट पाँच जना र जनताको तर्फबाट दुई जना रहने सहमति भएको छ ।    
    
त्यस्तै मर्जरपछि बन्ने बैंकको सिइओ पर्शुराम कुँवर क्षेत्री रहने र ग्लोबल आइएमई बैंकका कामु सिइओ महेश शर्मा ढकाल, वरिष्ठ डेपुटी सिइओ हुने सहमति भएको छ । मर्जरपछि ग्लोबल आइएमई बैंक नेपालकै ठूलो बैंक बन्नेछ ।    
    
संयुक्त बैंकको चुक्ता पूँजी करीब रु १९ अर्ब, कूल निक्षेप रु दुई खर्ब १२ अर्ब र कूल कर्जा लगानी दुई खर्ब पुग्नेछ । त्यस्तै बैंकको शाखा सञ्जाल ३०० भन्दा बढी र ३ हजार २५० भन्दा बढी कर्मचारी रहने छन् ।    
    
उक्त सम्झौता कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको ठूला वित्तीय संस्थाको मर्जरसम्बन्धी नीति कार्यान्वयनमा सहयोग पुग्ने गरी दुबै बैंकबीच मर्ज भएको बताउँदै मर्जपछि यो संस्था ७७ जिल्लामै शाखा सञ्जाल भएको नेपालकै सबैभन्दा ठूलो बैंक बन्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।    
    
उहाँले दुवै बैंकको वार्षिक साधारणसभा सम्पन्न गरी संयुक्त कारोवार शुरु गरिने जानकारी दिनुभयो । ग्लोबल आइएमई बैंक मर्जरमा सधैँ अग्रपङ्क्तिमा रहेको बताउँदै अध्यक्ष ढकालले यसअघि १७ वटा विभिन्न वित्तीय संस्थासँग मर्ज गरी हाल जनता बैंकसँग अठारौँ मर्ज गरेको र यो वित्तीय क्षेत्रमा नयाँ कीर्तिमान हो भन्नुभयो ।    
    
सो अवसरमा जनता बैंकका अध्यक्ष केशवबहादुर रायमाझीले देशको उत्कृष्ट वित्तीय संस्था स्थापना गर्ने योजना एवं नीतिबमोजिम ग्लोबल आइएमई बैंकसँग नेपाल राष्ट्र बैंकको सहमति लिएर मर्जर गरिएको बताउनुभयो । उहाँले ग्लोबल बैंकसँगको मर्जरका सम्पूर्ण प्रक्रिया टुङ्गो लागिसकेकाले चाँडै संयुक्त कारोवार हुने बताउनुभयो ।  


प्रकाशित मिति: शुक्रबार, कात्तिक ८, २०७६  २१:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल २०८३’ सुरु
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल २०८३’ सुरु
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल’ हुँदै
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल’ हुँदै
नेपालगञ्ज–२ मा सामी कार्यक्रमद्वारा ६ महिने वित्तीय साक्षरता अभिमुखीकरण सम्पन्न
नेपालगञ्ज–२ मा सामी कार्यक्रमद्वारा ६ महिने वित्तीय साक्षरता अभिमुखीकरण सम्पन्न
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP