नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, माघ १९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति प्रेस काउन्सिल निर्मम हुन्छः अध्यक्ष आचार्य
आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति प्रेस काउन्सिल निर्मम हुन्छः अध्यक्ष आचार्य
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ १९, २०८२ बागेश्वरी पोस्ट
आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति प्रेस काउन्सिल निर्मम हुन्छः अध्यक्ष आचार्य

नेपालगञ्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति निर्मम बन्ने बताएका छन् । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना एवम् प्रेस काउन्सिल नेपालको सहकार्यमा सोमबार नेपालगञ्जमा गरिएको ‘आमसंचार माध्यम र आचारसंहिता कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले आचारसंहिता उल्लंघन गर्ने पत्रकार र सञ्चार माध्यमलाई सुरुमा सचेत गराउने तर सुधार नभए निर्मम बन्नुको विकल्प नहुने बताए । अहिले निर्वाचनको माहोलमा पत्रकार अझ मर्यादित र जिम्मेवार बन्नुपर्नेमा उनको जोड रहेको थियो ।

पत्रकारले गल्ती सच्याउने तत्परता देखाउनुपर्ने भन्दै उनले समाचार लेख्दा समानुभूतिको सिद्धान्तलाई ख्याल गर्नुपर्ने आवश्यकता समेत औंल्याए । पत्रकारले सामाजिक संजालमा व्यक्त गर्ने विचार पनि अनुगमनको दायरामा आउने भन्दै उनले प्रेस काउन्सिल नेपालले निरन्तर स्वअनुगमन गर्दै आएको स्पष्ट पारे । अध्यक्ष आचार्यले पत्रिका वर्गीकरणलाई वैज्ञानिक बनाउने, परिमार्जन गर्ने कोशिसमा लागेको जानकारी गराउँदै अनलाइन सञ्चार माध्यमको बर्गीकरणका लागि पनि प्रयास भइरहेको उल्लेख गरृ ।  ५० वर्ष बढी पत्रकारिता गरेका पत्रकारलाई सम्मान गर्ने निर्णय काउन्सिलले गरेको बताउँदै उनले आस्थाको आधारमा नभई योग्यताको आधारमा पुरस्कार प्रदान गर्ने प्रणाली स्थापित गरिने पनि स्पष्ट पारे । प्रादेशिक संरचना विस्तार गर्न काउन्सिल परामर्शमै रहेको बताउँदै उनले यसमा आफू सकारात्मक रहेको स्पष्ट पारे । 

May be an image of one or more people and text

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस काउन्सिल नेपाल आचारसंहिता अनुगमन, प्रविधि अभिलेख तथा प्रेस समन्वय शाखा प्रमुख सविता ढकालले काउन्सिलको पछिल्लो गतिविधिसंगै अनुगमनको पाटोबारे जानकारी गराएकी थिइन् । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले पत्रकारहरूले गम्भीरतापूर्वक आचारसंहिताको पालना गर्नुपर्नेमा जाड दिए । शाखा अध्यक्ष गिरीले निर्वाचनको समयमा पत्रकारहरू अझ संवेदनशील बन्नुपर्ने आवश्यकता महसुस गरेर आचारसंहिता सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको बताए । उनले पत्रकार र सञ्चार माध्यमलाई जिम्मेवार बन्न आग्रह गरे । अन्तरक्रियामा नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरज कुमार गौतम, पत्रकारहरू कृष्ण अधिकारी, आरिफ अन्सारी, अछरी पोखरेल, डक्ट प्रसाद धिताल, कमल खत्री, विरेन्द्र जैसी, विजय मल्ल, समिरमान श्रेष्ठ, रविन्द्र घिमिरे लगायतले आफ्नो जिज्ञासा, सुझाव र पृष्ठपोषण प्रदान गरेका थिए । कार्यक्रमको सहजीकरण शाखा सचिव कृष्ण ओलीले गरेका थिए ।

May be an image of one or more people, people studying, table and textMay be an image of text that says 'पत्रकार सज्वार हमर्रधक एका रसागाजिक सयभावना बलल माध्यमले देहयअबुसार कार्य गर्नहंदैव सा्वमीगसस्तत राष्ट्रिय भेदमावएने स्वार्पप्र्तिका हिसा आतबक. अरलीलता अपराधलई श्रय हुने सूजनाको सम्रेचण पीकित अनावित धषपी हुनेच सूमनाको सम्त्ेधण असतम्बन्धित ख्यकिचको सृध्य तस्िर पळापारत प्रकाशन मसारण चल्लेख फोटो दृश्यवने गलत प्रयोग दिलिट अनुषित दबाय 90) प्रविषिको ១១) सम्वना पेसागत उपहर तया पुरुस्कार ग्रडण मर्यादा आरमसषम्मानना प्रतिकूल असर 98) जनस्वारध्य व्यक्तिको स्वासथ्यका सम्बन्यना अचिरज्जना N2 मतभমতি प्रस काउन्सिल नेपाल विलगदस, কালারী बबद t:pescourcinepal@gmail.com presscoureinemtvt preskouncinepalg govnp ခနအပြေမြော ほー S'


प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  २१:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति प्रेस काउन्सिल निर्मम हुन्छः अध्यक्ष आचार्य
आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति प्रेस काउन्सिल निर्मम हुन्छः अध्यक्ष आचार्य
'पत्रकारहरुको दुरुपयोग हुने खतरा बढेको छ'
'पत्रकारहरुको दुरुपयोग हुने खतरा बढेको छ'
उद्यमीमा नयाँ उत्साह थप्दै सकियो लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी
उद्यमीमा नयाँ उत्साह थप्दै सकियो लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी
सम्झनामा चाचा: स्मृति दिवसमा 'फ्याक्ट चेक-अन्तरसंवाद'
सम्झनामा चाचा: स्मृति दिवसमा 'फ्याक्ट चेक-अन्तरसंवाद'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP