नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, चैत ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नरैनापुरका तीन वटा वडामा काँग्रेसको प्रचार कार्यालय स्थापना, १४ जना काँग्रेस प्रवेश
नरैनापुरका तीन वटा वडामा काँग्रेसको प्रचार कार्यालय स्थापना, १४ जना काँग्रेस प्रवेश
बागेश्वरी पोस्ट
मंगलबार, माघ २०, २०८२ बागेश्वरी पोस्ट
नरैनापुरका तीन वटा वडामा काँग्रेसको प्रचार कार्यालय स्थापना, १४ जना काँग्रेस प्रवेश

नरैनापुर (बाँके) । नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर १ अन्तर्गत रहेको नरैनापुर गाउँपालिकाका तीन वटा वडामा प्रचारप्रसार कार्यालय स्थापना गरिएको छ । नेपाली काँग्रेस प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार मूल समिति क्षेत्र नम्बर १ बाँकेका अनुसार नरैनापुर गाउँपालिका वडा नम्बर १, २ र ३ मा मंगलबार प्रचारप्रसार कार्यालय स्थापना गरिएको हो । तीन वटै प्रचारप्रसार कार्यालयको उद्घाटन काँग्रेस बाँकेका सभापति तथा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायणप्रसाद गौडेलले गरेका हुन् । वडा नम्बर १ मा वडा सभापति नियाज अहमद अन्सारी, वडा नम्बर २ मा वडा सभापति अकवाल अहमद शेष र वडा नम्बर ३ मा वडा सभापति सलाउद्दिन खाँको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य इसाक जोलाहले नरैनापुर काँग्रेसको विरासत बोकेको भूमि भएको उल्लेख गरे । लामो समयको प्रतीक्षापछि रुखमा भोट हाल्ने अवसर प्राप्त भएको भन्दै उनले यो अवसर खेर नफाल्न सबैलाई आग्रह गरे । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका पार्टी सभापति गौडेलले नरैनापुर क्षेत्रका समस्याबारे आफू जानकार रहेको बताउँदै त्यसको समाधानका लागि नेतृत्वदायी भूमिका खेल्ने प्रतिबद्धता जनाए । क्षेत्र नम्बर १ का सभापति पोषण केसीले सबै काँग्रेसजनलाई एक ढिक्का भएर काँग्रेसको पक्षमा उभिन आग्रह गरे । उनले विगतका सबै तिक्तता बिर्सेर काँग्रेसको पक्षमा एकजुट हुनुपर्नेमा जोड दिए । काँग्रेसका जिल्ला सदस्य राजकुमार मौर्यले सादगी नेता गौडेल उम्मेदवार बनेसँगै कार्यकर्ता तथा मतदातामा काँग्रेसप्रति उत्साह जागेको बताए ।

May be an image of one or more people, crowd and text

पार्टी प्रवक्ता डिल्ली गिरीले सञ्चालन गरेको कार्यक्रममा समानुपातिकतर्फका उम्मेदवार दीप नारायण वर्मा, पार्टी उपसभापति कृष्ण कार्की, महासमिति सदस्य चिन्तामणि धिताल, गौरा भट्टराई, जानकी गाउँपालिकाका अध्यक्ष छव्बन खाँ, महाधिवेशन प्रतिनिधि संगीता सुवेदी, कृष्ण विक लगायतका नेताहरुको उपस्थिति रहेको थियो । बुधबार वडा नम्बर ४, ५ र ६ मा पनि प्रचारप्रसार कार्यालय स्थापना गरिनेछ । यसैबीच नरैनापुर गाउँपालिका वडा नम्बर ५ मा १४ जना काँग्रेसमा प्रवेश गरेका छन् । विभिन्न पार्टी परित्याग गर्दै उनीहरु नेपाली काँग्रेसमा प्रवेश गरेको काँग्रेस नेता युवराज मौर्यले जानकारी दिए ।

May be an image of one or more people, dais and text that says 'समाजवाद!!! राष्ट्रियता राष्ट्रिय लोकतन्त्र नेपाली काँग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र न न. बांके नरैनापुर नरे गाउपालिका निर्वाचन प्रचार प्रचारप्सार प्रसार समितिको कार्याल


प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  १८:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP