नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, माघ २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • जनताको काम गर्ने नेता खोज्दा, नाम आउँछ - 'किशोर सिंह राठौर'
जनताको काम गर्ने नेता खोज्दा, नाम आउँछ - 'किशोर सिंह राठौर'
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ २१, २०८२ बागेश्वरी पोस्ट
जनताको काम गर्ने नेता खोज्दा, नाम आउँछ - 'किशोर सिंह राठौर'

बर्दिया । किशोर सिंह राठौर नेपाली राजनीतिमा कुनै नौलो नाम होइन । राठौर नेपाली राजनीतिमा संघर्ष, निरन्तरता र परिणाम देखाउने नेताका रूपमा परिचित छन् । विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका राठौर आज नेपाली कांग्रेसको सहमहामन्त्रीसम्मको जिम्मेवारी सम्हालीसकेका छन् । संगठन निर्माण, जनसम्पर्क र विकासप्रतिको स्पष्ट प्रतिबद्धताले उनी जनतामाझ फरक पहिचान बनाएका नेता हुन् ।

आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा बर्दिया–२ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका राठौरलाई स्थानीय मतदाताले विकासप्रेमी, कर्मशील र परिणाममुखी नेताका रूपमा चिन्छन् । सडक, पुल, शिक्षा, स्वास्थ्य, सिंचाई र खानेपानी जस्ता आधारभूत पूर्वाधार विकासमा उनले खेलेको भूमिकालाई बर्दियावासीले नजिकबाट अनुभूति गरेका छन् ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा बर्दिया–२ बाट पराजित भए पनि राठौरको बर्दियाप्रतिको प्रतिबद्धता कहिल्यै कमजोर भएन । पराजयपछि पनि उनले बर्दिया र विशेषगरी राजापुर क्षेत्रको विकासलाई निरन्तर प्राथमिकतामा राखे । कांग्रेस नेतृत्वको सरकारको पालामा राजापुरमा मालपोत कार्यालय र नापी कार्यालय स्थापना गरिनु, टीकापुरबाट विद्युत सब–स्टेसन सारेर नयाँगाउँ, राजापुरमा स्थापना हुनु र यसले स्थानीयलाई स्थायी विद्युत सेवा उपलब्ध गराउनु उनको सक्रिय पहलको परिणाम हो ।

उनकै प्रयासमा अमर शहीद दशरथ चन्द बहुमुखी क्याम्पस स्थापना भयो र सोही क्याम्पसमा परीक्षा केन्द्र बनाइँदा विद्यार्थीलाई टीकापुर र गुलरिया जानुपर्ने बाध्यता अन्त्य भयो । राजापुर क्षेत्रलाई डुबानमुक्त बनाउन कर्णाली नदी नियन्त्रण तथा तटबन्ध निर्माणको काम अघि बढाइयो र कर्णाली नदी नियन्त्रण कार्यालय नै राजापुरमा स्थापना गरियो । नयाँ गाउँमा थारु सांस्कृतिक संग्रहालय निर्माणका लागि करोडौँ रुपैयाँ बजेट विनियोजन भई हाल निर्माण प्रक्रिया अघि बढिरहेको छ ।

पराजित अवस्थामै नेपालगन्ज, राजापुर र टीकापुर जोड्न कर्णाली र गेरुवा नदीमा तीन स्थानमा पुल निर्माणको काम सुरु गरियो । हुलाकी सडक अन्तर्गत गुलरिया–भुरीगाउँ तथा बेलुवा चोकदेखि राजापुरसम्म सडक निर्माण अघि बढ्यो । राजापुर क्षेत्रमा पर्ने महिला खोला र बुढी खोलामा चारवटा पक्की पुल निर्माण सम्पन्न भइसकेका छन् भने केही अझै निर्माणाधीन छन् । जनताको आवागमन सहज बनाउन बबई नदीमा बारबर्दिया र ठाकुरबाबा नगरपालिका जोड्ने पुल निर्माण पनि सफलतापूर्वक सम्पन्न भयो । सहरी विकास कार्यक्रम अन्तर्गत राजापुर, मधुवन र ठाकुरबाबा नगरपालिकालाई सहरीकरणका लागि बजेट विनियोजन भई विकासका काम तीव्र गतिमा अघि बढिरहेका छन् ।

यसपछि बाँके–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि पनि राठौरले विकासलाई निरन्तरता दिए । खजुरास्थित पेडारी नालामा लामो समयदेखि जनताले सास्ती भोग्दै आएको समस्या समाधानका लागि चार लेनको पुल निर्माण कार्य सुरु गरिएको छ, जुन हाल निर्माणाधीन अवस्थामा छ । नेपालगन्जदेखि राधापुरसम्म पक्की सडक निर्माण, किरण नाला र मानखोलामा तटबन्ध निर्माणले क्षेत्रीय आवागमन र बाढी नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्‍याएको छ । स्वास्थ्य क्षेत्रमा खजुरा क्यान्सर अस्पतालको स्तरोन्नति गर्दै गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गरिएको छ ।

स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार, सिंचाई र सहरीकरणका लागि केन्द्र र प्रदेश सरकारबाट करिब ६ अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन गराई काम अघि बढाइएको छ । प्रदेश सरकारमार्फत प्रत्येक विद्यालयमा भवन निर्माण, प्रयोगशाला स्थापना र गुणस्तरीय शिक्षाका कार्यक्रम कार्यान्वयनमा छन् । बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना गर्ने विषयमा पनि राठौरको महत्वपूर्ण पहल र योगदान रहेको बताइन्छ ।

बर्दिया जिल्लामा बढ्दो बन्यजन्तु र मानवबीचको द्वन्द्व अन्त्य गर्नु पनि राठौरको प्रमुख एजेन्डा मध्ये एक हो । मानव सुरक्षासँगै बन्यजन्तु संरक्षणलाई सन्तुलनमा राख्दै दीर्घकालीन समाधान खोज्ने स्पष्ट योजनासहित आफू अघि बढिरहेको उनी बताउँछन् ।

स्थानीय मतदाताहरू भन्छन्, “हामी हार–जित होइन, काम हेर्छौँ । पराजित हुँदा पनि बर्दियाका लागि विकासको काम गर्ने नेता किशोर सिंह राठौर हुन् ।”

साथै कांग्रेस उम्मेदवार राठौरको एजेन्डा समावेशी र दिगो विकास, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, कृषि क्षेत्रको प्रवर्द्धनका लागि सिंचाइ सुविधा विस्तार, युवाका लागि रोजगारी र स्वरोजगार सिर्जना, साथै दलित समुदायको हक–अधिकार संरक्षण र विकासमा केन्द्रित छ । उनी शिक्षा, प्राविधिक योग्य जनशक्ति र उद्यमशीलता विकासमार्फत युवालाई देशमै रोजगारीका अवसर उपलब्ध गराउने पहलमा सक्रिय छन् । साथै, बर्दियामा बढ्दो बन्यजन्तु–मानव द्वन्दलाई दीर्घकालीन समाधानमार्फत व्यवस्थापन गर्ने स्पष्ट दृष्टिकोणका साथ अघि बढिरहेका छन् ।

राजनीतिलाई सेवा र उत्तरदायित्वका रूपमा बुझ्ने राठौर अनुभव, निरन्तरता र कामले बोलेको नेतृत्वका कारण यस पटक पनि बर्दिया–२ मा मतदाताको विश्वास जित्ने अपेक्षा गरिएको छ ।

बर्दिया-२ मा कांग्रेसका उम्मेदवार राठौर, नेकपा एमालेका बिमला बिक, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शुरेश पन्त, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का श्रीधर पोख्रेल  र उज्यालो नेपाल पार्टीका धर्म बहादुर चौधरीबीच मुख्य प्रतिस्पर्धा भए पनि आममतदाताको रोजाई राठौर देखिँदै गएका छन् ।


प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  ११:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सीमावर्ती क्षेत्रका जनताको पीडा बुझेर नीतिगत परिवर्तन गर्छु : अमर सिंह पुन
सीमावर्ती क्षेत्रका जनताको पीडा बुझेर नीतिगत परिवर्तन गर्छु : अमर सिंह पुन
कांग्रेसले कुनै पनि धर्म, समुदायमाथि विभेद गर्दैनः कोइराला 
कांग्रेसले कुनै पनि धर्म, समुदायमाथि विभेद गर्दैनः कोइराला 
'कांग्रेस जेन-जीको भावनालाई सम्बोधन गरेर देश निर्माणमा लगाउन चाहन्छ' : अमर सिंह पुन
'कांग्रेस जेन-जीको भावनालाई सम्बोधन गरेर देश निर्माणमा लगाउन चाहन्छ' : अमर सिंह पुन
महिलाहरूले निर्वाचनलाई अधिकार प्राप्तिको अवसर बनाउनुपर्दछः इश्तियाक राई
महिलाहरूले निर्वाचनलाई अधिकार प्राप्तिको अवसर बनाउनुपर्दछः इश्तियाक राई
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP