नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नरैनापुरका ६ वटै वडामा कांग्रेसको प्रचार-प्रसार कार्यालय स्थापना
नरैनापुरका ६ वटै वडामा कांग्रेसको प्रचार-प्रसार कार्यालय स्थापना
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ २१, २०८२ बागेश्वरी पोस्ट
नरैनापुरका ६ वटै वडामा कांग्रेसको प्रचार-प्रसार कार्यालय स्थापना

नेपालगन्ज । नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर १ अन्तर्गत रहेको नरैनापुर गाउँपालिकाका ६ वटै वडामा प्रचार–प्रसार कार्यालय स्थापना गरिएको छ । आज वडा नं. ४, ५ र ६ मा प्रचार कार्यालय स्थापना गरिएसँगै नरैनापुरका सबै वडामा प्रचार कार्यालय स्थापना गरिएको काँग्रेस क्षेत्र नं. १ का सभापति पोषण केसीले जानकारी दिए ।

नरैनापुर गाउँपालिका वडा नं. ४ नरैनापुरमा वडा सभापति हरिराम बाहुन, वडा नं. ५ मटेहियामा वडा सभापति पवन मौर्य र वडा नं.६ जमुनीमा वडा सभापति रामअचल मौर्यको अध्यक्षतामा वडा प्रचार कार्यालय स्थापना गरिएको क्षेत्रीय सभापति केसीले बताए । कोहलपुर र नरैनापुरमा प्रचार कार्यालय स्थापना गर्ने काम पूरा भएको उल्लेख गर्दै क्षेत्रीय सभापति केसीले भने, “बिहीबारदेखि राप्तीसोनारी गाउँपालिकामा प्रचार कार्यालयहरु स्थापना गरिनेछ ।”

प्रचार कार्यालयको उद्घाटन काँग्रेस बाँकेका सभापति तथा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले गरेका थिए । त्यसक्रममा उनले काँग्रेस बदलिएर आएको र अब देश बदल्ने योजनाका साथ अगाडि बढेकाले मतदाताहरुलाई ढुक्क भएर मतदान गर्न आग्रह गरे । जनताको सबैभन्दा नजिकको सारथी काँग्रेस भएको उल्लेख गर्दै उनले नरैनापुरको डुवान समस्या तथा कृषिमा झेल्दै आएका समस्याहरु समाधान गर्न योजनाबद्ध ढंगले काम गर्ने विश्वास दिलाए ।

नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य इसाक जोलाहले गौडेल सादगी र जनताको पीरमर्का बुझ्ने नेता भएकाले यो पटक उनलाई जिताउन आग्रह गरे । काँग्रेस जिल्ला उपसभापति कृष्ण कार्कीले पार्टी एक ढिक्का भएर चुनावी अभियानमा उत्रिएको उल्लेख गर्दै विगतका तिक्तता बिर्सेर गौडेललाई जिताउन आग्रह गरे । क्षेत्रीय सभापति केसीले मुलुकको विषम परिस्थितिमा काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेकाले अहिलेको अवस्थामा पनि काँग्रेसले मात्रै मुलुकलाई निकास दिन सक्ने बताए ।

कार्यक्रममा जिल्ला सदस्य राजकुमार मौर्य, अग्रज नेता रामचन्द्र मौर्य, महाधिवेशन प्रतिनिधि कृष्ण विक, वडा अध्यक्ष मनोज शर्मा, मुस्लिम नेता इस्रत अली मुकेरी, दलित संघका लुम्बिनी उपाध्यक्ष मौलय आर्य धोबी लगायतका नेताहरुले कार्यकर्ताहरूलाई अलमलमा नपरी काँग्रेसको पक्षमा अडिग रहन आग्रह गरेको पार्टीका प्रवक्ता डिल्ली गिरीले जानकारी दिए ।


प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  २०:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP