नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • काँग्रेस बाँकेद्वारा भ्रातृ तथा शुभेच्छुक संघ–संगठनसँग अन्तरक्रिया
काँग्रेस बाँकेद्वारा भ्रातृ तथा शुभेच्छुक संघ–संगठनसँग अन्तरक्रिया
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ २१, २०८२ बागेश्वरी पोस्ट
काँग्रेस बाँकेद्वारा भ्रातृ तथा शुभेच्छुक संघ–संगठनसँग अन्तरक्रिया

नेपालगन्ज । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस बाँकेले आफ्ना भ्रातृ तथा शुभेच्छुक संघ–संगठनसँग बुधबार अन्तरक्रिया गरेको छ । कांग्रेस बाँकेका कार्यवाहक सभापति गोपालप्रसाद अधिकारीको सभापतित्वमा नेपालगञ्जस्थित पार्टी कार्यालयमा भएको अन्तरक्रियामा सहभागी भ्रातृ तथा शुभेच्छुक संघ–संगठनहरूले पार्टीका उम्मेदवारहरूको पक्षमा उभिन आफ्नो तर्फबाट खेल्न सक्ने भूमिकामा प्रतिबद्ध रहेको बताएका छन् । तरुण दल बाँकेका अध्यक्ष वीरेन्द्रबहादुर शाहले तीन वटै निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवार जिताउन युवाहरू परिचालन भइसकेको जानकारी दिए । किसान महासंघ बाँकेका अध्यक्ष लाहुराम थारुले महासंघमा आबद्ध सम्पूर्ण किसानहरु पार्टीको पक्षमा उभिएको उल्लेख गर्दै त्यसलाई थप क्रियाशील बनाउँदै लैजाने प्रतिबद्धता जनाए । नेपाल प्रेस युनियनका अध्यक्ष प्रियास्मृति ढकालले पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै सञ्चारकर्मका माध्यमबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सोही अनुसार युनियनकर्मीहरु परिचालन गरिएको पनि जानकारी दिए । कार्यक्रममा नेविसंघ, नेपाल कर्मचारी युनियन, नेपाल राष्ट्रिय मगर संघ, नेपाल शिक्षक संघ लगायतका भ्रातृ तथा शुभेच्छुक संघ–संगठनका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । अन्तरक्रियामा पार्टीका सचिव तथा क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार सुधांशु कोइराला, पार्टीका जिल्ला कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, सहसचिव रेणु सिंह ठाकुर, जिल्ला सदस्य उमा थापा लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  २०:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश जबरालाई सुरक्षा जोखिमका कारण ल्याइएको हो: प्रहरी
पूर्व प्रधानन्यायाधीश जबरालाई सुरक्षा जोखिमका कारण ल्याइएको हो: प्रहरी
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
बाँकेका आठै स्थानीय तहमा बुधबार पालिका अधिवेशन, को-को भिड्दैछन् ?
बाँकेका आठै स्थानीय तहमा बुधबार पालिका अधिवेशन, को-को भिड्दैछन् ?
तुलसीपुर–१२ मा कांग्रेसको वडा अधिवेशन सर्वसम्मत
तुलसीपुर–१२ मा कांग्रेसको वडा अधिवेशन सर्वसम्मत
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP