नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, माघ २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • ‘जेन–जी युवाको भावना बुझेर कांग्रेसले आफूलाई परिवर्तन गरेको छ’ : सुधान्शु कोइराला
‘जेन–जी युवाको भावना बुझेर कांग्रेसले आफूलाई परिवर्तन गरेको छ’ : सुधान्शु कोइराला
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ २१, २०८२ बागेश्वरी पोस्ट
‘जेन–जी युवाको भावना बुझेर कांग्रेसले आफूलाई परिवर्तन गरेको छ’ :  सुधान्शु कोइराला

नेपालगन्ज । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार सुधान्सु कोइरालाले जेन–जी युवाहरुको भावना बुझेर नेपाली कांग्रेसले आफूलाई परिवर्तन गरेको बताएका छन् । जेन–जी आन्दोलनपछि आफ्नो नीति र नेतृत्व परिवर्तन गर्ने पहिलो पार्टी नै नेपाली कांग्रेस रहेको उनको भनाई छ । नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ को प्रचार कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सचिव समेत रहेका उम्मेदवार कोइरालाले पार्टीभित्र आफ्नो नीति मात्रै नभएर काँग्रेसले नेतृत्व पनि परिर्वतन गरेको स्पष्ट पारे ।

‘जेन–जी युवा समूहले भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा आवाज उठाउँदै गर्दाखेरी देश दुर्घटनामा गयो, युवा साथीहरुले साहदत प्राप्त गर्नुपर्यो, देश जल्यो,’ उनले भने ‘अहिले जेन–जीको सेन्टिमेन्टमा धेरै राजनीति गर्न खोजिँदैछ, सबैभन्दा पहिले जेन–जीको भावना बुझेर कस्ले परिवर्तन गर्यो ? जेन–जीको भावना बुझेर सबैभन्दा पहिला परिवर्तन गर्ने पार्टी नेपाली काँग्रेस हो, उसले आफैंबाट परिवर्तनको सुरुवात गरेको छ ।’

काँग्रेसले गरेको नीति र नेतृत्व परिवर्तन सुरुवात मात्रै भएको र अझै धेरै परिवर्तन काँग्रेसले गर्ने नेता कोइरालाले बताए । ‘अझै धेरै परिवर्तन नेपाली कांग्रेसले गर्नेछ, यो चुनावमा देशभरका १ सय ६५ जना उम्मेदवार मध्ये म जस्ता नयाँ अनुहारका १ सय ६ जना उम्मेदवार छौं, यो पनि एउटा कांग्रेसले सुरु गरेको परिवर्तन हो,’ उनले थपे । आफूले जनताको प्रतिनिधि भएर काम गर्दा भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा सधैंभरी आवाज उठाउने बाँके क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार कोइरालाले प्रतिवद्धता जनाए ।

'देशमा प्राप्त उपलब्धि रहिरहोस्, संविधान बाँचोस् र कांग्रेस बलियो होस् भनेर युवादेखि बृद्धहरुसम्म कांग्रेसको पक्षमा माहोल बनाउन अहिले दिन-रात लागिरहेको भन्दै उनले भने, ‘नेपालगन्जको वडा नम्बर १३ बाट जितको झण्डा फहराइसकेको छ, यो वडामा पनि मैले एकदमै उर्जा पाएको छु, यही उर्जा लिएर अरु वडामा पनि म जानेछु ।’ बाँके क्षेत्र नम्बर २ का आम मतदाताको विश्वासलाई आफूले तल–माथी हुन नदिने र विश्वासलाई डगमगाउन नदिने उनले प्रतिवद्धता जनाए ।

नेपाली काँग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ का सभापति शालिकराम शाहको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारी, नेपाली कांग्रेसका नेता सुदिपनरसिंह राणा, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ता, नेता मोहम्मद याकुव अन्सारी लगायतले बोलेका थिए । कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश, जिल्ला, क्षेत्र, नेपालगन्ज उपमहानगरपालिका, वडा तहका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  २२:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘जेन–जी युवाको भावना बुझेर कांग्रेसले आफूलाई परिवर्तन गरेको छ’ :  सुधान्शु कोइराला
‘जेन–जी युवाको भावना बुझेर कांग्रेसले आफूलाई परिवर्तन गरेको छ’ : सुधान्शु कोइराला
काँग्रेस बाँकेद्वारा भ्रातृ तथा शुभेच्छुक संघ–संगठनसँग अन्तरक्रिया
काँग्रेस बाँकेद्वारा भ्रातृ तथा शुभेच्छुक संघ–संगठनसँग अन्तरक्रिया
नरैनापुरका ६ वटै वडामा कांग्रेसको प्रचार-प्रसार कार्यालय स्थापना
नरैनापुरका ६ वटै वडामा कांग्रेसको प्रचार-प्रसार कार्यालय स्थापना
कांग्रेस उम्मेदवार पुन धनौलीका मतदातामाझ
कांग्रेस उम्मेदवार पुन धनौलीका मतदातामाझ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP