नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, माघ २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • भेरी अस्पतालको १ नम्बर क्याविनबाट पशुपति दयाल मिश्रको चुनावी रणनीति
भेरी अस्पतालको १ नम्बर क्याविनबाट पशुपति दयाल मिश्रको चुनावी रणनीति
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, माघ २२, २०८२ बागेश्वरी पोस्ट
भेरी अस्पतालको १ नम्बर क्याविनबाट पशुपति दयाल मिश्रको चुनावी रणनीति

नेपालगन्ज । नेपालगन्जको भेरी अस्पतालको नयाँ भवनको भुइँ तलामा अर्थोपेडिक वार्डको छेउँमै रहेको ‘१ नम्बर क्याविन’ रहेको छ । यही क्याविनमा आसन्न प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट कसलाई जिताउने र कसलाई हराउने भनेर केही दिनदेखि रणनीतिक योजना बनिरहेको छ । यस्तो योजना बनाउने शक्तिशाली ब्यक्ति को होला ?

भेरी अस्पतालको रेडर्क अनुसार उक्त क्याविनमा एक हप्ता भन्दा बढी समयदेखि डेरा जमाएर बसेका एमाले नेता एवम् चर्चित कर्णाली विकास बैंकको अर्बौं रकम अपचलन मुद्दाका मुख्य अभियुक्त पशुपति दयाल मिश्र नै हुन् । एमालेका पूर्व केन्द्रिय सदस्य मिश्रकै निर्देशनबाट बाँके क्षेत्र नम्बर २ मा चुनावी रणनीति बनिरहेको छ । बैंकको रकम अपचलन मुद्दामा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले मिश्रलाई गत साउन तेस्रो सातातिर पुर्पक्षका लागि नेपालगन्ज कारागार चलान गरेको थियो । तर, कारागार चलान भएयता उनी विभिन्न स्वास्थ्य समस्या देखाएर नियमित जसो यहाँका अस्पतालहरुमा बस्दै आएका छन् ।

पछिल्लो समय यही माघ १४ गते उनी ‘ढाड दुख्ने’ समस्या बल्झिएको भन्दै भेरी अस्पतालको अर्थोपेडिक विभाग अन्र्तगतको १ नम्बर क्याविनमा बस्न थालेका हुन् । सामान्यतया कुनै बिरामीलाई चिकित्सकले भर्ना गरेको केही दिनभित्र उसको स्वास्थ्य अवस्था अनुसार औषधी चलाउने वा शल्यक्रिया गर्ने निधो गरिन्छ । त्यसपछि बिरामीलाई डिस्चार्ज गरिन्छ । तर, अस्पताल स्रोत भन्छ, ‘एक हप्ता भन्दा बढी समयसम्म अस्पतालमा भर्ना गर्नकै लागि मिश्रको स्वास्थ्यमा कुनै ठूलो समस्या छैन ।’

सरकारी अस्पतालको क्याविन प्रयोग गरेर आरामदायी रुपले मिश्रले समय मात्र गुजारिराखेका छैनन्, आउँदो चुनावमा आफ्ना पार्टीका उम्मेदवारलाई कसरी जिताउने र प्रतिस्पर्धी उम्मेदवारलाई कसरी हराउने भन्ने सम्मको रणनीति बनाउन ब्यस्त देखिन्छन् । अभियुक्त मिश्र बुधबार पनि अन्य दिन जसरी नै पार्टीका नेता तथा कार्यकर्तासँग क्याविनमै बैठक राखेर छलफलमा ब्यस्त भए ।

पत्रकार टोली बुधबार अपरान्ह ४ः४० बजेतिर रिपोर्टिङ गर्न अस्पतालमा पुग्दा अभियुक्त मिश्र सोही क्याविनभित्र चुनावी छलफलमा ब्यस्त देखिन्थ्ये । मिश्र र उनका कार्यकर्ताहरु बोलिरहेको कुरा बाहिरैसम्म प्रष्ट सुनिन्थ्यो र कसैलाई मिश्र भन्दै थिए, ‘क्षेत्र नम्बर २ मा हाम्रो उम्मेदवारलाई जिताउन सबै परिचालित भएर लागौं, वडाहरुमा टिम राम्ररी परिचालित हुनुपर्यो ।’ पछिल्लो समयमा अस्पतालमा बस्न थालेको दिनदेखि नै अर्थोपेडिक विभागको १ नम्बर क्याविनमा पार्टीका नेता तथा कार्यकर्ताहरुको भिड बढिरहेको छ ।

स्वास्थ्यकर्मीका अनुसार उक्त क्याविनभित्र मिश्रको उपचार गर्ने कामभन्दा चुनावी छलफल गर्ने गोप्य स्थान बनेको छ । नेपालगन्ज कारागार प्रशासनले उनको साथमा सादा पोशाकका एक जना सुरक्षाकर्मी बाहेक अन्य कुनै पनि कुरामा प्रतिबन्ध लगाएको छैन । ‘अस्पतालको क्याविनबाटै आफ्ना मोबाइल फोनहरु प्रयोग गरेर मिश्रले नेता तथा कार्यकर्तालाई यहाँ बोलाउँछन् र चुनावी रणनीति अनुसार परिचालन गरिरहेका छन्,’ स्वास्थ्यकर्मी भन्छन् । चुनावको मुखमा बैंकिङ कसुर मुद्दाका मुख्य अभियुक्त मिश्रलाई यस्तो सुविधा दिलाउनमा राजनीतिक शक्ति केन्द्र, प्रहरी, प्रशासनदेखि चिकित्सक समेतको मिलेमतो रहेको ती स्वास्थ्यकर्मीले बताएका छन् ।

‘अस्पतालको क्याविन अहिले चुनावी रणनीति बनाउने ठाउँ बनेको कुरालाई स्वीकार गर्दै गर्दा हामीलाई पनि यो कुरा अप्ठ्यारो लागिरहेको छ, माथिदेखि तलसम्म मिलेपछि हाम्रो के नै लाग्छ र ?,’ अस्पताल स्रोतले भन्यो । मिश्रका बारेमा अस्पतालका स्वास्थ्यकर्मी तथा नर्सहरु समेत मुख खोल्न चाहँदैनन् ।

स्वास्थ्यकर्मीका अनुसार डाक्टरको अनुमतिबाट क्याविनमा बसिरहेका अभियुक्त मिश्रमा भने बिरामीको कुनै लक्षण छैन । उनको स्वास्थ्य समस्याबारे स्वास्थ्यकर्मी तथा नर्सहरु नै अलमलमा देखिन्छन् । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. निराजन सुवेदी नेता मिश्रको स्वास्थ्यमा केही समस्या देखिएको भन्दै कारागारबाट ल्याएर भर्ना गरिएको र अब छिट्टै डिस्चार्ज हुने बताए । ‘उहाँ उपचारका लागि आउनु भएको हो भन्ने मलाई जानकारी मात्रै छ, क्याविनमा बसेर के के गर्दै हुनुहुन्छ, त्यो कुरा मलाई थाहा भएन,’ उनले भने । नेपालगन्ज कारागार कार्यालयका प्रमुख (जेलर) प्रकाश ढुंगानाले ‘कैदी’ मिश्रको शंकास्पद गतिविधिलाई आफूले चेतावनी दिइसकेको बताए । ‘चुनावको मुखमा अस्पतालमा भर्ना हुनु भएको छ, तर तपाईंको गतिविधि अर्कै सुनिन्छ, यसमा विचार पुर्याउनुस् है भनेर मैले चेतावनी दिइसकेको छु,’ उनले भने, ‘उहाँले अस्पतालमा बसेर राजनीतिक गतिविधि गर्नुभएको रहेछ भने कारागार प्रशासनले कारबाही गर्नेछ ।’ अभियुक्त मिश्र उपचारका लागि अस्पतालमा भर्ना भएको र डाक्टरको सल्लाह अनुसार यति दिनसम्म क्याविनमा बसेको ढुंगानाले बताए ।

कानुनी क्षेत्रका अगुवाका अनुसार अदालतबाट पुर्पक्षका लागि थुनामा रहेको प्रतिवादी यसरी उपचारको निहुँमा पटक–पटक अस्पतालमा सुविधा लिएर बस्न पाइँदैन । नेपाल बार एशोसियशनका पूर्व केन्द्रिय उपाध्यक्ष एवम् वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठले बिरामीको निहुँमा अस्पतालमा बसेर कैदी, बन्दीले राजनीतिक लगायतका कुनै पनि गतिविधि गर्न नपाउने बताए । कारागार प्रशासन नै प्रभावमा परेर यस्ता गतिविधि गर्ने ब्यक्तिलाई छुट दिने गरेको उनी बताउँछन् । ‘विचार अरु कैदी बन्दीको अवस्था कारागारभित्र कस्तो दयनीय छ, उनीहरुले भनेको बेला उपचार गराउन पाउँदैनन्, तर शक्तिशाली र पहुँचवालालाई सधैं छुट हुन्छ,’ श्रेष्ठले भने ।

अस्पतालका अनुसार प्रतिवादी मिश्र अदालतबाट आदेश भएर पुर्पक्षका लागि कारागार चलान भएयता करिव १०/१२ पटक यसरी नै भेरी अस्पतालमा आएर महिनौं सम्म क्याविन लिएर बस्छन् । यस्तै गरेर उनी नेपालगन्जको नर्सिङ होम (संजिवनी अस्पताल) मा पनि क्याविन लिएर औषधि उपचारको बहानामा बस्ने गर्छन् ।

मिश्र लामो समयसम्म कर्णाली विकास बैंकको अध्यक्ष भएर नेतृत्व गरेका थिए । बैंकको अध्यक्ष भए यता उनले विभिन्न उद्योग, कलकारखाना तथा होटल ब्यवसायमा लगानी गरेका थिए । बैंकको अध्यक्ष चलाएर निजी क्षेत्रमा धमाधम एकपछि अर्को काममा हात हाल्न थालेपछि उनी कुनै समयमा चर्चामा आएका थिए । २०७४ सालको निर्वाचनमा बाँके क्षेत्र नम्बर २ मा एमालेले उनलाई प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार बनाएको थियो । त्यतिबेला तत्कालीन संघिय समाजवादी पार्टीका नेता रहेका मोहम्मद इश्तियाक राईसँग पराजित भएका थिए । राईले २१ हजार ५ सय ७५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी बनेका १५ हजार ९ सय ५१ मत ल्याएका थिए ।

त्यसपछि २०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाटै नेपालगन्ज उपमहानगरपालिकाको मेयरको उम्मेदवार बनेका उनी कांग्रेसका प्रशान्त विष्टसँग पराजित भएका थिए । बिष्टले २३ हजार ४ सय ६० मत ल्याउँदा निकटतम प्रतिस्पर्धी मिश्रले ११ हजार ६ सय ७५ मत प्राप्त गरेका थिए ।

मिश्रविरुद्ध हाल बैंकको रकम अपचलन मुद्दा चलिरहेकाले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनका लागि यसपटक भने एमालेको उम्मेदवार बन्न पाएनन् । तर पनि पार्टीको उम्मेदवारलाई जिताउन रणनीतिक रुपले आफ्ना कार्यकर्ता परिचालन गर्न पार्टीले अनौपचारिक रुपमा जिम्मेवारी दिएको स्रोतले जनाएको छ ।


प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  १८:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्तीसोनारीका दुई वटा वडामा खुल्यो काँग्रेसको प्रचार कार्यालय
राप्तीसोनारीका दुई वटा वडामा खुल्यो काँग्रेसको प्रचार कार्यालय
भेरी अस्पतालको १ नम्बर क्याविनबाट पशुपति दयाल मिश्रको चुनावी रणनीति
भेरी अस्पतालको १ नम्बर क्याविनबाट पशुपति दयाल मिश्रको चुनावी रणनीति
'मत त दिन्छौँ, तर हाम्रो जीवनको सुरक्षा कसले गर्छ ?'
'मत त दिन्छौँ, तर हाम्रो जीवनको सुरक्षा कसले गर्छ ?'
‘जेन–जी युवाको भावना बुझेर कांग्रेसले आफूलाई परिवर्तन गरेको छ’ :  सुधान्शु कोइराला
‘जेन–जी युवाको भावना बुझेर कांग्रेसले आफूलाई परिवर्तन गरेको छ’ : सुधान्शु कोइराला
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP