नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • राप्तीसोनारीका दुई वटा वडामा खुल्यो काँग्रेसको प्रचार कार्यालय
राप्तीसोनारीका दुई वटा वडामा खुल्यो काँग्रेसको प्रचार कार्यालय
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, माघ २२, २०८२ बागेश्वरी पोस्ट
राप्तीसोनारीका दुई वटा वडामा खुल्यो काँग्रेसको प्रचार कार्यालय

नेपालगन्ज । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काँग्रेसले बाँके क्षेत्र नम्बर १ अन्तर्गत राप्तीसोनारीमा बिहीबार दुई वटा वडामा प्रचार–प्रसार कार्यालय स्थापना गरेको छ।

पार्टी सभापति तथा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायणप्रसाद गौडेलको प्रमुख आतिथ्यतामा वडा नं. ६ र ७ मा पार्टीको प्रचार–प्रसार कार्यालय स्थापना गरिएको पार्टीका प्रवक्ता डिल्ली गिरीले जानकारी दिए । उनका अनुसार वडा नं.६ को गुलरी र वडा नं. ७ को झगडियामा प्रचार–प्रसार कार्यालय सञ्चालनमा ल्याइएको हो । वडा नं.६ मा काँग्रेस वडा सभापति मदन बुढाको सभापतित्वमा भएको कार्यक्रममा पार्टी सभापति तथा प्रतिनिधिसभा उम्मेदवार नारायणप्रसाद गौडेल, समानुपातिक उम्मेदवार दीप नारायण वर्मा, उपसभापति कृष्ण कार्की, क्षेत्रीय सभापति पोषण केसी लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

कार्यक्रममा महासमिति सदस्यहरू चिन्तामणि धिताल, लुटबहादुर खत्री, महाधिवेशन प्रतिनिधि कृष्ण विक, प्रजातन्त्र सेनानी संघ बाँकेका सचिव डिल्ली रावत लगायतको उपस्थिति रहेको थियो । यसैगरी वडा नं. ७ मा वडा सभापति दशरथ कुर्मीको सभापतित्वमा भएको कार्यक्रममा पनि पार्टी सभापति तथा प्रतिनिधिसभा उम्मेदवार नारायणप्रसाद गौडेल, समानुपातिक उम्मेदवार दीप नारायण वर्मा, क्षेत्रीय सभापति पोषण केसी, राप्तीसोनारी गाउँपालिकाका सभापति भीम राना, महाधिवेशन प्रतिनिधि भानुभक्त भट्टराई लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

कार्यक्रममा जिल्ला सदस्य देव खाँड, क्षेत्रीय सचिव खुमबहादुर बस्नेत, प्रदेश ‘क’ का सभापति अमरबहादुर बुढाथोकी लगायतका नेताहरू उपस्थित भएका थिए । भोलि शुक्रबार वडा नं. ३, ४ र ५ मा प्रचार–प्रसार कार्यालय स्थापना गरिने पार्टीका प्रवक्ता गिरीले जानकारी दिए । प्रचार कार्यालय स्थापनाका लागि पुगेका गौडेलले स्थानीयसँग पनि भेटघाट गर्ने र त्यस क्षेत्रका समस्या सुन्ने गरेका छन् ।


प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  १८:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश जबरालाई सुरक्षा जोखिमका कारण ल्याइएको हो: प्रहरी
पूर्व प्रधानन्यायाधीश जबरालाई सुरक्षा जोखिमका कारण ल्याइएको हो: प्रहरी
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
बाँकेका आठै स्थानीय तहमा बुधबार पालिका अधिवेशन, को-को भिड्दैछन् ?
बाँकेका आठै स्थानीय तहमा बुधबार पालिका अधिवेशन, को-को भिड्दैछन् ?
तुलसीपुर–१२ मा कांग्रेसको वडा अधिवेशन सर्वसम्मत
तुलसीपुर–१२ मा कांग्रेसको वडा अधिवेशन सर्वसम्मत
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP