नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, माघ २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • राप्तीसोनारी पर्यटकीय गन्तव्य बन्छ : नारायण गौडेल
राप्तीसोनारी पर्यटकीय गन्तव्य बन्छ : नारायण गौडेल
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ २३, २०८२ बागेश्वरी पोस्ट
राप्तीसोनारी पर्यटकीय गन्तव्य बन्छ : नारायण गौडेल

राप्तीसोनारी । नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले राप्तीसोनारी पर्यापर्यटन तथा धार्मिक पर्यटनका हिसाबले सम्भावनायुक्त पालिका भएको बताएका छन् ।

काँग्रेस बाँकेका सभापति समेत रहेका गौडेलले बाँके राष्ट्रिय निकुञ्ज, राप्ती नदीसँगै बरफानी बाबा र भुवर भवानी मन्दिरका कारण राप्तीसोनारी पर्यापर्यटन र धार्मिक पर्यटनका लागि महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गरे । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काँग्रेसले राप्तीसोनारी गाउँपालिका वडा नं. ३ नारायणपुरमा प्रचार–प्रसार कार्यालयको शुक्रबार उद्घाटन गर्दै गौडेलले राप्तीसोनारी कृषि र पशुपालनका हिसाबले समेत उर्वर भूमि भएकाले यसको व्यवस्थापन र विस्तारमा नेतृत्वदायी भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

‘यहाँको सम्भावना र समस्याबारे म पूर्णरूपमा जानकार छु,’ उनले भने, ‘चुनावमा प्रतिबद्धता जनाएर काम नगर्ने प्रवृत्तिको व्यक्ति म होइन । पार्टीको जिल्ला सभापति भएकाले पनि यहाँका समस्याको समाधान गर्न नेतृत्वदायी भूमिका खेल्नु मेरो दायित्व हो ।’ वडा सभापति शंकर महतराको सभापतित्वमा प्रचार–प्रसार कार्यालय स्थापना गरिएको हो ।

त्यस अवसरमा समानुपातिक उम्मेदवार दीप नारायण वर्माले काँग्रेस समस्या देखाउने मात्र नभई समाधान गर्ने पार्टी भएको बताए । काँग्रेस बाँकेका पूर्व उपसभापति लाहुराम थारुले आदिवासी जनजातिका विभिन्न मुद्दा काँग्रेसकै पहलमा सम्बोधन भएको बताए । राप्तीसोनारी गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत रहेका थारुले आवेगमा लागेर विकासप्रेमी पार्टीविरुद्ध काम नगर्न कार्यकर्तालाई निर्देशन दिए ।

उनले काँग्रेस परिवर्तन भएर आएको र अब देश परिवर्तन गर्ने अभियानमा लागेकाले आम नागरिकलाई यसबारे बुझाउन आग्रह गरे । कार्यक्रममा काँग्रेस लुम्बिनी प्रदेश सदस्य अञ्जना पाण्डे, क्षेत्रीय सभापति पोषण केसी, महाधिवेशन प्रतिनिधि संगिता चौधरी, प्रदेश ‘क’ का सभापति अमर बहादुर बुढाथोकी, निवर्तमान प्रदेश सभापति लक्ष्मण थारु लगायतले मन्तव्य राखेका थिए । त्यसैगरी शुक्रबार नै वडा नं. ४ र ५ मा पनि प्रचार–प्रसार कार्यालय स्थापना गरिएको छ । वडा नं. ४ मा वडा सभापति कान्छा थारुको सभापतित्वमा बैजापुर चोकमा तथा वडा नं. ५ मा वडा सभापति बालकृष्ण थारुको सभापतित्वमा बिनौना मन्दिर, पिपल चौतारामा प्रचार–प्रसार कार्यालय स्थापना गरिएको पार्टीका प्रवक्ता डिल्ली गिरीले जानकारी दिए । वडा नं. ४ मा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गौडेल, समानुपातिक उम्मेदवार वर्मा, पूर्व उपसभापति थारु, क्षेत्रीय सभापति केसी लगायतले सम्बोधन गरेका थिए । त्यसैगरी वडा नं ५ को प्रचार–प्रसार कार्यालय उद्घाटन सभालाई प्रजातान्त्रिक सेनानी संघका सचिव डिल्ली रावत, नेतृ मनिषा थारु लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरू संगिता सुवेदी, सीता कार्की, नेतृ केशकुमारी ओली लगायतको सहभागिता रहेको थियो । सो अवसरमा एमालेका स्थानीय नेता धर्मराज पुनसहितका कार्यकर्ताहरू काँग्रेसमा प्रवेश गरेको प्रवक्ता गिरीले बताए ।


प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  १८:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कामको मूल्यांकन गरेर मतदान गर्नुस्ः इश्तियाक राई
कामको मूल्यांकन गरेर मतदान गर्नुस्ः इश्तियाक राई
राप्तीसोनारी पर्यटकीय गन्तव्य बन्छ : नारायण गौडेल
राप्तीसोनारी पर्यटकीय गन्तव्य बन्छ : नारायण गौडेल
मनिकापुरबाट कोइरालाको सन्देश: भ्रष्टाचारविरुद्ध सधैं आवाज उठाउँछु
मनिकापुरबाट कोइरालाको सन्देश: भ्रष्टाचारविरुद्ध सधैं आवाज उठाउँछु
राप्तीसोनारीका दुई वटा वडामा खुल्यो काँग्रेसको प्रचार कार्यालय
राप्तीसोनारीका दुई वटा वडामा खुल्यो काँग्रेसको प्रचार कार्यालय
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP