नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • 'झुटो आश्वासन बाँड्न जनताको घरदैलोमा आएको छैन’ : शुधान्सु कोइराला
'झुटो आश्वासन बाँड्न जनताको घरदैलोमा आएको छैन’ : शुधान्सु कोइराला
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, माघ २५, २०८२ बागेश्वरी पोस्ट
'झुटो आश्वासन बाँड्न जनताको घरदैलोमा आएको छैन’ : शुधान्सु कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सुु कोइरालाले आफू झुटो आश्वासन बाँड्नका लागि जनताको घरदैलोमा नआएको प्रष्ट्याएका छन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाँके क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका उनले चुनावको मुखमा झुटो बोल्ने प्रवृत्तिकै कारण विगतमा राजनीतिप्रतिको विश्वास विगतमा घटेको बताए ।

बाँकेको क्षेत्र नम्बर २ अन्तरगत डुडुवा गाउँपलिकामा मतदाता भेटघाटका क्रममा आइतबार उम्मेदवार कोइरालाले नेपाली कांग्रेसका उम्मेदवारले जनतासँग कहिल्यै झुटो नबोल्ने बताए । ‘म तपाईंहरुलाई झुटो आश्वासन दिँदैन, मेरो क्षमताले गर्न सक्ने काम मात्रै गर्छु भन्छु, आफूले गर्न नसक्ने काममा उधारो र झुटो आश्वासन दिँदैन,’ उनले भने, ‘बरु चुनाव जितेपछि क्षेत्र नम्बर २ को विकास के कसरी गर्ने भनेर तपाईंहरुबाट सल्लाह, सुझाव लिएर अगाडि बढ्नेछु ।’ भेटघाटका क्रममा जनताले उठाएका समस्यालाई सरकार र सदन समक्ष पुर्याएर समाधान गर्न ठोस रुपमा पहल गर्ने युवा उम्मेदवार कोइरालाले प्रतिवद्धता जनाए । कामको अवस्था हेरेर स्थानीय, प्रदेश र संघीय सरकारबाट आफूले आवश्यक पहल गर्ने उनको भनाई छ ।

सो क्रममा डुडुवाका स्थानीय बासिन्दाले सिक्टा सिंचाई आयोजनाको निर्माणाधीन सिधनिया शाखा नहरका विषयमा आफ्नो जिज्ञासा तथा गुनासो पोखेका थिए । नहर निर्माणको काम अधुरो हुँदा हरेक वर्ष खेतीयामको समयमा सिंचाई गर्न समस्या हुने गरेको उनीहरुको गुनासो थियो ।

मतदाता भेटघाटका क्रममा नेपाली कांग्रेसका महासमिति सदस्य एवम् डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी ‘पप्पु’ले स्थानीय सरकारको बजेटबाट हुन सक्ने कामहरुलाई आफूले प्राथमिकतामा राखेको र ठूलो आकारको बजेटबाट हुने कामका लागि भावी कांग्रेसका युवा नेता कोइरालामार्फत आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए । ‘हामीले गर्न सक्ने काम गाउँपालिकामार्फत गर्छौं, हाम्रो क्षमताले नसक्ने काममा उहाँ (कोइराला) मार्फत संघिय सरकारबाट बजेट ल्याएर पूरा गर्नेछौं,’ चौधरीले भने । उम्मेदवार कोइरालाले आइतबार डुडुवाको कम्दी हलकारापुर्वा, बालापुर्वा, सिधनिया लगायत गाउँ तथा नेपालगन्जका विभिन्न स्थानमा भेटघाट गरेको कांग्रेसका युवा नेता रमेश तिमिल्सिनाले जानकारी दिए ।


प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  २२:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश जबरालाई सुरक्षा जोखिमका कारण ल्याइएको हो: प्रहरी
पूर्व प्रधानन्यायाधीश जबरालाई सुरक्षा जोखिमका कारण ल्याइएको हो: प्रहरी
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
बाँकेका आठै स्थानीय तहमा बुधबार पालिका अधिवेशन, को-को भिड्दैछन् ?
बाँकेका आठै स्थानीय तहमा बुधबार पालिका अधिवेशन, को-को भिड्दैछन् ?
तुलसीपुर–१२ मा कांग्रेसको वडा अधिवेशन सर्वसम्मत
तुलसीपुर–१२ मा कांग्रेसको वडा अधिवेशन सर्वसम्मत
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP