नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ २६, २०८२ बागेश्वरी पोस्ट
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल

भालुबाङ (दाङ ) । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले संविधानको रक्षा र प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि नेपाली कांग्रेसले जित्नु अनिवार्य रहेको बताएका छन् । लोकतन्त्रको सुदृढीकरणका लागि सदैव अग्रसर रहेको कांग्रेसले नै विकास, सुशासन र नागरिकको अधिकार प्रत्याभूत गर्ने विश्वास व्यक्त गरे । 

लम्सालले आगामी निर्वाचनमा आचारसंहिताको पूर्ण पालन गरेर काम गर्नकाे लागि सवै सञ्चारकर्मीलाई आग्रह समेत गरे । नेपाल प्रेस युनियनको लुम्बिनी प्रदेश कार्यसमितिले आज भालुबाङमा आयाेजना गरेकाे निर्वाचन लक्षित 'रणनीतिक बैठक' लाई सम्वाेधन गर्दै लम्सालले पत्रकारले आफ्नो आचारसंहिताभित्र बसेर पनि पार्टी उमेदवारलाई सहयाेग गर्न सक्ने उल्लेख गर्दै प्रेस युनियन नेपाली काँग्रेस पार्टीको शुभेच्छुक संस्था भएकोले कांग्रेस उम्मेदवारलाई सहयाेग गर्नु दायित्व रहेकाे बताए ।

उनलेे 'चुनावी रणनीति' लक्षित सामाजिक सञ्चाल, मिडिया तथा सवै उपयुक्त विधि प्रयाेग गर्नकाे लागि क्षेत्र क्षेत्रमा सहयाेग गर्न प्रतिनिधि खटाउने बताए । प्रेेस युनियन लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष जयसिंह केसीकाे अध्यक्षतामा भएको बैठकमा वरिष्ठ उपाध्यक्ष प्रेम केसीले काँग्रेसका अन्य भ्रातृ तथा शुभेच्छुक संगठनहरु रणनीतिक रुपले नलागेकाे अवस्थामा प्रेेस युनियन शुभेच्छुक संस्थाको हैसियतले देशभर परिचालन भएको बताए ।

केन्द्रीय उपाध्यक्ष माधव अर्यालले युनियनकर्मीले निर्वाचनमा अहम् भूमिका निभाउनुपर्ने बताए । महासचिव दिलिप पाैडेलले युनियनको देशभर सबै प्रदेशमा हुने बैठकले पार्टीका उम्मेदवारलाई मिडियाबाट सहयोग गर्नका लागि युनियनका सदस्यहरुले उपयुक्त ढंगले काम गर्नुपर्ने बताए । उपमहासचिव सुलोचना गौतमले युनियन सशक्त ढंगले परिचालन हुनुपर्नेमा जोड दिइन् ।

प्रदेश महासचिव नवीन गिरीले संचालन गरेको वैठकमा स्वागत उपाध्यक्ष पहलमान घर्तीले गरेका थिए । वैठकमा केन्द्रीय सदस्यहरु विमल ज्ञवाली, नारायणी रजौरे, प्रेम नारायण आचार्य, रेखा भुसाल, फुलु सुनार, सनी उल्लाह धोबी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेल, लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई लगायतले बोलेका थिए । यसैगरी रुपन्देही अध्यक्ष कविन्द्र नेपाल, कपिलवस्तु अध्यक्ष खगप्रसाद चापागाईं, प्युठान अध्यक्ष मधुसुधन भण्डारी, राेल्पा अध्यक्ष लाेकन्द्र चन्द, दाङ अध्यक्ष नारायण खड्का, बाँके अध्यक्ष प्रियास्मृति ढकाल, बर्दिया अध्यक्ष दिपकलाल श्रेष्ठ र पाल्पा प्रतिनिधि सुनिल कार्कीले जिल्लागत रिपोर्टिङ गरेका थिए । प्रेस युनियन लुम्बिनी प्रदेश सचिवालय सदस्य वसन्त बन्जाडे, कार्यसमिति सदस्य सुदीप भण्डारीले पनि बोलेका थिए । वैठकमा केन्द्रीय सदस्यहरु चेतन रेग्मी, नारद कहार, लक्ष्मीमान चौधरी, लुम्बिनी प्रदेश पदाधिकारी, सदस्य, जिल्लाका प्रतिनिधि लगायतको उपस्थिति थियो ।


प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  १८:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP