नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, माघ २७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • उपलब्धि जोगाउँदै काँग्रेस देश बदल्ने अभियानमा छः पुन 
उपलब्धि जोगाउँदै काँग्रेस देश बदल्ने अभियानमा छः पुन 
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ २७, २०८२ बागेश्वरी पोस्ट
उपलब्धि जोगाउँदै काँग्रेस देश बदल्ने अभियानमा छः पुन 

नेपालगन्ज । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनले प्राप्त उपलब्धि जोगाउन काँग्रेसको विकल्प नरहेको बताएका छन् । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन तयारीका सन्दर्भमा निर्वाचन परिचालन तथा प्रचार–प्रसार मूल समिति बाँकेले मंगलबार नेपालगन्जमा आयोजना गरेको बृहत् जिल्ला भेलालाई सम्बोधन गर्दै उनले देशको व्यवस्था नै रहने–नरहने अन्यौलता सिर्जना भएको टिप्पणी गरे । उनले यस्तो संकटपूर्ण अवस्थामा काँग्रेसलाई जिताएमात्रै उपलब्धिहरुको संस्थागत गर्न सकिने उल्लेख गरे । 

बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार समेत रहेका पुनले वर्तमान राजनीतिक परिस्थिति संवेदनशील मोडमा पुगेको भन्दै लोकतान्त्रिक उपलब्धिहरुको संरक्षण अहिलेको मुख्य चुनौती रहेको धारणा राखे। “सिंगो देश अहिले संकटमा छ, व्यवस्था नै रहने–नरहने अन्यौलता छ,” उनले भने, “यस्तो अवस्थामा प्राप्त उपलब्धिहरु जोगाउन काँग्रेसको विकल्प छैन।” पुनले पछिल्लो समय उठिरहेका सामाजिक तथा राजनीतिक आन्दोलनप्रति संकेत गर्दै ‘जेनजी आन्दोलनले उठाएका मागहरु काँग्रेसकै पहलमा सम्बोधन हुँदै आएको दाबी गरे । काँग्रेस समय अनुसार परिवर्तन हुँदै देश रूपान्तरणको अभियानमा सक्रिय रहेको उनको भनाई थियो । उनले पार्टीलाई परिवर्तनको संवाहक शक्तिका रूपमा प्रस्तुत गर्दै कार्यकर्तालाई आगामी निर्वाचनमा अझ एकजुट भएर लाग्न आग्रह गरे । बाँके ऐतिहासिक र भावनात्मक सम्बन्ध रहेको स्मरण गराउँदै पुनले पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको सपना पूरा गर्ने दायित्व आफूले लिएको बताए । “यो सुशील कोइरालाको गृह जिल्ला हो । उहाँको सपना अधुरो छ। त्यो पूरा गर्ने जिम्मेवारी मेरो हो,” उनले भने, “कोइरालाले अधुरो छाडेका काम पूरा गर्न म प्रतिबद्ध छु।”

पुनले निर्वाचनलाई केवल सत्ता प्राप्तिको माध्यम नभई लोकतन्त्र सुदृढ गर्ने अवसरका रुपमा लिनुपर्ने धारणा व्यक्त गरे। उनले पार्टीका सबै तहका नेता–कार्यकर्तालाई इमान्दारिता, समर्पण र एकताका साथ चुनावी अभियानमा जुट्न आह्वान गरे। कार्यकर्ताको सक्रियता र जनतासँगको सम्बन्ध नै निर्वाचन जित्ने मुख्य आधार हुने उनको विश्वास थियो । भेलामा नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य गोपाल दहित, लुम्बिनी प्रदेशका उपसभापति तथा निर्वाचन परिचालन प्रचार–प्रसार मूल समितिका संयोजक राजु खनालले पनि सम्बोधन गरेका थिए । त्यसैगरी, काँग्रेस बाँकेका सभापति तथा क्षेत्र नम्बर १ का उम्मेदवार नारायण प्रसाद गौडेल र सचिव तथा क्षेत्र नम्बर २ का उम्मेदवार सुधान्शु कोइरालाले पनि कार्यकर्तालाई निर्वाचन केन्द्रित अभियानमा सक्रिय हुन आग्रह गरे । कार्यक्रम पार्टी उपसभापति गोपाल प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो भने सचिव सञ्जु कुमारी थारुले सञ्चालन गरेकी थिइन् । भेलामा जिल्लाभरका पार्टी नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।


प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  १६:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'मैले उठाएका मुद्दा अरु प्रतिष्पर्धीले पनि क्यारी गर्न थाल्नुभएको छ' - इश्तियाक राई
'मैले उठाएका मुद्दा अरु प्रतिष्पर्धीले पनि क्यारी गर्न थाल्नुभएको छ' - इश्तियाक राई
जनताको विश्वास टुट्न दिने छैनः कोइराला
जनताको विश्वास टुट्न दिने छैनः कोइराला
रुखमै भोट हाल्ने वातावरण बनेपछि कार्यकर्ताहरु उत्साहित छन्ः गौडेल
रुखमै भोट हाल्ने वातावरण बनेपछि कार्यकर्ताहरु उत्साहित छन्ः गौडेल
उपलब्धि जोगाउँदै काँग्रेस देश बदल्ने अभियानमा छः पुन 
उपलब्धि जोगाउँदै काँग्रेस देश बदल्ने अभियानमा छः पुन 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP