नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • जनता र अग्रजहरुको सम्मानमा कहिल्यै कमी हुने दिने छैन-शुधान्सु कोइराला
जनता र अग्रजहरुको सम्मानमा कहिल्यै कमी हुने दिने छैन-शुधान्सु कोइराला
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ २८, २०८२ बागेश्वरी पोस्ट
जनता र अग्रजहरुको सम्मानमा कहिल्यै कमी हुने दिने छैन-शुधान्सु कोइराला

नेपालगञ्ज । बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार शुधान्सु कोइरालाले आफूले अग्रजको सम्मानमा कहिल्यै कमी हुन नदिने प्रतिवद्धता दोहोर्याएका छन् । नेपाली कांग्रेसमा थुप्रै अग्रजले योगदान गरेको स्मरण गर्दै उनले आफूले जहिले पनि अग्रजको सम्मान गर्ने बताए । आज नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारीटोलमा नेपाली कांग्रेसको प्रचार कार्यालय उद्घाटन कार्यक्रममा कोइरालाले बाँके कांग्रेस पूर्व सभापति एवम् आदर्श व्यक्तित्व स्वर्गीय रणेन्द्रबहादुर हमालको आदर्शलाई पछ्याउने प्रतिवद्धता समेत जनाए ।

नेपाली कांग्रेसभित्र थुप्रै अग्रज नेताहरु हुँदाहुँदै पनि पार्टीले आफूलाई प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार बनाएको भन्दै कोइरालाले अग्रज नेताहरु, बाँकेका जनताहरु र कार्यकर्ताको साथ र सहयोगले आफूले चुनाव जित्ने दावी गरे । ‘मैले विश्वास लिएको छु, नेपाली कांग्रेसले जुन क्षेत्रबाट टिकट दिएको छ, यो क्षेत्र सुशील कोइरालाको क्षेत्र हो, देशलाई संविधान दिएको सादगी नेताको क्षेत्र पनि हो । तसर्थ आफूले कहिल्यै पनि जालझेलको राजनीति नगर्ने विश्वास दिलाए । नेपाली राजनीतिमा स्वर्गीय सुशिल कोइरालाले आफूलाई सादगी र निष्ठावान नेताको रुपमा चिनाएर गएको बताउँदै भने-‘स्वर्गीय नेता सुशील कोइरालाको निष्ठामा कुनै दाग लाग्न दिने छैन ।’ आफू प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि सुशासनको पक्षमा र भ्रष्टाचारका विरुद्ध आवाज उठाउने प्रतिवद्धता पनि कोइरालाले दोहोर्याए । ‘संसदमा म हजूरहरुको भावनाको कदर गर्नेछु, ममा कहिल्यै पनि घमण्ड नआओस्, हामीले धेरै क्षेत्रका लागि काम गर्नुपर्नेछ, हजूरको सेवक भएर काम गर्नेछु’, उम्मेदवार कोइरालाले भने ।  

नेपाली कांग्रेस नेपालगञ्ज–२ का वडा सभापति प्रदिप श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारी, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति रमेशकुमार गुप्ता, महिला संघ बाँकेका सभापति नारायणी रुपाखेती लगायतले बोलेका थिए । कार्यक्रममा प्रजातन्त्र सेनानी रहमत अलि अन्सारी ‘मोलहे बाबा’ लाई सम्मान गरिएको थियो । मतदाता भेटघाटका क्रममा उम्मेदवार कोइरालाले बुधबार नै डुडुवा गाउँपालिकाको वडा नम्बर ३ को बाबुपुरुवा, तिवारीपुरुवा, वनकटवा, बनकट्टी, सुर्यलालपुर लगायत गाउँमा मतदातालाई भेटेका छन् । यस्तै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ का स्थानीय, नेपाल स्वास्थ्यकर्मी संघका पदाधिकारी तथा सदस्यहरुसहित विभिन्न वडा तथा पेशागत संगठनका पदाधिकारीलाई पनि भेटेर आफूलाई सहयोग गर्न आग्रह गरेका छन् ।
 


प्रकाशित मिति: बुधबार, माघ २८, २०८२  २०:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP