नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • "यस पटक जनताको चाहना स्पष्ट छ; स्थायित्व, सुशासन र विकासका लागि रुखमै मतदान"
"यस पटक जनताको चाहना स्पष्ट छ; स्थायित्व, सुशासन र विकासका लागि रुखमै मतदान"
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन १, २०८२ बागेश्वरी पोस्ट
"यस पटक जनताको चाहना स्पष्ट छ; स्थायित्व, सुशासन र विकासका लागि रुखमै मतदान"

बाँके क्षेत्र नम्बर १ मा करीब एक दशकपछि रुख चिन्हमा मतदान गर्न पाउने वातावरण छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि यो क्षेत्रबाट काँग्रेसले पार्टी सभापति नारायण प्रसाद गौडेललाई चुनावी मैदानमा उतारेको छ । ३० वटा वडा रहेको यो क्षेत्रमा काँग्रेसले सबै वडामा प्रचार-प्रसार कार्यालय स्थापना गरिसकेको छ । घरदैलोदेखि टोलस्तरीय अन्तरक्रियासम्म सक्रियरुपमा जुटिरहेको काँग्रेसभित्रको एकता र जनताको बढ्दो उत्साहबारे क्षेत्रीय सभापति पोषण केसी भन्छन्–‘यस पटक जनताको चाहना स्पष्ट छ, स्थायित्व, सुशासन र विकासका लागि रुखमै मतदान गर्ने ।’ प्रस्तुत छ, क्षेत्रीय सभापति केसीसँग गरिएको कुराकानीका मुख्य अंश ।

  • बाँके क्षेत्र नम्बर १ मा काँग्रेसको चुनावी अभियान कस्तो चल्दैछ ?

बाँके क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसको चुनावी अभियान अत्यन्त उत्साहजनक र प्रभावकारी रुपमा अगाडि बढिरहेको छ । यो निर्वाचन क्षेत्रमा तीन वटा पालिका छन् । कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका । ८१ वडा छन् । ती सबै वडामा प्रचार-प्रसार कार्यालय स्थापना भइसकेका छन् । घरदैलो कार्यक्रम, टोल स्तरीय भेटघाट, युवा तथा महिला भेला, किसान अन्तरक्रिया लगायत कार्यक्रमहरु निरन्तर भइरहेका छन् । आम नागरिकमा लोकतान्त्रिक शक्तिप्रति विश्वास पुनः बढेको अनुभूति गरेका छौं । पार्टीका नेता–कार्यकर्ता एकजुट भएर लागेका छन्, जसले सकारात्मक सन्देश दिएको छ ।

  • तपाईं नै टिकटको प्रतिस्पर्धी हुनुहुन्थ्यो नि ?

हो, म पनि टिकटको आकांक्षी थिए । पार्टीभित्र प्रतिस्पर्धा हुनु स्वभाविक र स्वस्थ प्रक्रिया हो । तर, नेपाली काँग्रेस विधि र प्रक्रियाबाट चल्ने लोकतान्त्रिक पार्टी हो । पार्टीले जसलाई उम्मेदवार बनायो, त्यो निर्णय सबैका लागि मान्य हुन्छ । व्यक्तिगत आकांक्षा भन्दा पार्टी र लोकतन्त्र ठूलो हो भन्ने हाम्रो मान्यता हो । उम्मेदवार भन्दा पनि पार्टी महत्वपूर्ण कुरा हो । अहिलेको विषम परिस्थितिमा नेपाली काँग्रेसलाई जिताउन सकिएन भने मुलुक ठूलो संकटमा पर्ने अवस्था आउन सक्ने खतरा छ । व्यवस्था नै रहँदैन कि भन्ने आंशका छ । त्यसैले पनि नेपाली काँग्रेसलाई जिताउनुको विकल्प छैन । हाम्रो लक्ष्य व्यक्तिगत पद होइन, काँग्रेसको विजय र जनताको सेवा हो । नारायण गौडेलजी लामो समय जनताको काममा सक्रिय भएको व्यक्ति हो । यो भूगोलमा उहाँ जनताको लोकप्रिय नेता भएकाले पनि काँग्रेस कार्यकर्ताहरु थप उत्साहित भएका छन् । 

  • करिब १० वर्षपछि यहाँका जनताले रुखमा भोट हाल्न पाउने भएका छन्, जनता के भन्छन् ?

साँच्चै भन्नुपर्दा करीब एक दशकपछि जनताले फेरि रुख चिन्हमा मतदान गर्न पाउने अवसर पाएका छन् । जनतामा यसलाई लिएर निकै उत्साह छ । यसअघि गठबन्धनका नाममा अन्य चुनाव चिन्हमा मतदान गर्न बाध्य भएको अवस्था थियो । अहिले धेरैले भन्नुहुन्छ–‘अब फेरि काँग्रेसलाई अवसर दिनुपर्छ ।’ यस अघि निर्वाचित प्रतिनिधिहरुले के कस्ता बाचा गरेका थिए ? त्यसलाई पूरा गरे कि गरेनन् ? आम नागरिकले गहिरोसंग अनुभव गरेका छन् । जनता सन्तुष्ट छैनन् । जनताले लोकतन्त्रको रक्षा र समृद्धिको आधार काँग्रेस नै हो भन्ने विश्वास व्यक्त गरिरहेका छन् । विकास निर्माणदेखि अफ्ठयारो पर्दा काँग्रेस नै चाहिन्छ भन्ने मनोभावना जनतामा देखिन्छ । 

  • जनताको माग के छ ?

जनताको मुख्य माग रोजगारी, कृषि विकास, सिँचाई, सडक पूर्वाधार, शिक्षा र स्वास्थ्य सेवाको सुधार हो । युवा विदेशिनु पर्ने बाध्यता अन्त्य गर्नुपर्छ भन्ने आवाज बलियो छ । किसानहरु मल–बीउको सहज उपलब्धता र उत्पादनको उचित मूल्य चाहन्छन् । त्यस्तै, दलित, महिला, थारु समुदाय, भूमिहीन तथा सुकुम्बासीका सवालहरु पनि उठिरहेका छन् । सामाजिक न्याय, समान अवसर र पारदर्शी शासन जनताको प्रमुख चाहना हो । हामीले यी सबै मागलाई हाम्रो प्राथमिक एजेन्डामा राखेका छौं ।

  • काँग्रेसलाई किन जिताउने ?

नेपाली काँग्रेस लोकतन्त्रको रक्षक शक्ति हो । संविधान निर्माणदेखि लोकतन्त्र स्थापनासम्म काँग्रेसले ऐतिहासिक भूमिका खेलेको छ । काँग्रेसले सधैं समावेशिता, विधिको शासन, मानव अधिकार र विकासको मार्ग अपनाएको छ । अहिले देशलाई स्थायीत्व, जिम्मेवार नेतृत्व र अनुभव आवश्यक छ, जुन काँग्रेससँग छ । यदि बाँके क्षेत्र नम्बर १ लाई दिगो विकास, सुशासन र समृद्धिको बाटोमा लैजानु छ भने रुख चिन्हमा मतदान गरेर काँग्रेसलाई जिताउनु अपरिहार्य छ भन्ने हाम्रो विश्वास छ ।


प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  ११:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस उम्मेदवार कोइरालासँग डुडुवाबासीको आशा र अपेक्षा
कांग्रेस उम्मेदवार कोइरालासँग डुडुवाबासीको आशा र अपेक्षा
"यस पटक जनताको चाहना स्पष्ट छ; स्थायित्व, सुशासन र विकासका लागि रुखमै मतदान"
"यस पटक जनताको चाहना स्पष्ट छ; स्थायित्व, सुशासन र विकासका लागि रुखमै मतदान"
सामाजिक संजाल कब्जा गरेर वास्तविक समस्या लुकाउन सकिन्नः नेता पुन
सामाजिक संजाल कब्जा गरेर वास्तविक समस्या लुकाउन सकिन्नः नेता पुन
जेन–जी सहिदले बगाएको रगतलाई खेर जान दिनेछैनः कोइराला
जेन–जी सहिदले बगाएको रगतलाई खेर जान दिनेछैनः कोइराला
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP