नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • घरदैलो तथा टोल भेटघाटमार्फत प्रचारप्रसार तीब्र बनाउँदै पुन
घरदैलो तथा टोल भेटघाटमार्फत प्रचारप्रसार तीब्र बनाउँदै पुन
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन १, २०८२ बागेश्वरी पोस्ट
घरदैलो तथा टोल भेटघाटमार्फत प्रचारप्रसार तीब्र बनाउँदै पुन

बैजनाथ (बाँके) । नेपाली कांग्रेसका तर्फबाट बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार अमर सिंह पुनले आफ्नो चुनावी प्रचारलाई घरदैलो तथा टोल भेटघाटमार्फत तीव्र बनाएका छन् । कांग्रेसको लुम्बिनी प्रदेश सभापति समेत रहेका उनी समुदायका विभिन्न समूहसँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्या र अपेक्षाहरू बुझ्न सक्रिय देखिएका छन् ।

पुनले भेटघाटका क्रममा त्यस क्षेत्रका युवाहरूलाई रोजगारी र उद्यमशीलताका अवसरहरू प्रदान गर्ने योजना प्रस्तुत गरेका छन् । साथै, महिला अधिकार, शिक्षा पहुँच, स्वास्थ्य सेवा सुधार र पूर्वाधार विकास जस्ता विषयमा आफ्नो प्रतिबद्धता दोहोर्याएका छन् ।

उनी स्थानीय बासिन्दासँगको अन्तरक्रियामा कांग्रेसले विगतमा गरेका विकास योजनाहरूको प्रगति देखाउँदै आगामी दिनमा थप सुधार गर्ने योजनाहरू सार्वजनिक गरेका छन् । उनका समर्थकहरू भन्छन्, पुनको सक्रिय र जनसहभागी शैलीले मतदातामा सकारात्मक प्रभाव पारेको छ ।

यसै क्रममा पुनले शुक्रबार बैजनाथ गाँउपालिका वडा नम्बर २ मकैबारी, पितमारी, डाँडा गुम्बा, गुननपुर लगायत गाउँमा मतदातासँग भेटघाट तथा अन्तरक्रिया गरेका छन् । सो क्रममा पार्टीका महासमिति सदस्य एवम बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, पार्टीका बैजनाथ गाउँपालिका सभापति देवबहादुर केसी लगायत नेता तथा कार्यकर्ता, सर्बसाधारणको उपस्थिति रहेको थियो ।

पुनले मतदातासँगको विश्वास र सहकार्यलाई आफ्नो सफलता सुनिश्चित गर्ने मुख्य आधार बनाउने दाबी गरेका छन् । बाँके क्षेत्र नम्बर ३ मा बैजनाथ, खजुरा, जानकी गाउँपालिकाका सबै वडा तथा नेपालगञ्ज उपमहानगरपालिकाको १६ र १७ नम्बर वडाहरु पर्दछन् । 


प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  १६:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश जबरालाई सुरक्षा जोखिमका कारण ल्याइएको हो: प्रहरी
पूर्व प्रधानन्यायाधीश जबरालाई सुरक्षा जोखिमका कारण ल्याइएको हो: प्रहरी
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
बाँकेका आठै स्थानीय तहमा बुधबार पालिका अधिवेशन, को-को भिड्दैछन् ?
बाँकेका आठै स्थानीय तहमा बुधबार पालिका अधिवेशन, को-को भिड्दैछन् ?
तुलसीपुर–१२ मा कांग्रेसको वडा अधिवेशन सर्वसम्मत
तुलसीपुर–१२ मा कांग्रेसको वडा अधिवेशन सर्वसम्मत
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP