नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कोहलपुरका बस्तीमा काँग्रेस उम्मेदवार गौडेलको 'भेटघाट'
कोहलपुरका बस्तीमा काँग्रेस उम्मेदवार गौडेलको 'भेटघाट'
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन १, २०८२ बागेश्वरी पोस्ट
कोहलपुरका बस्तीमा काँग्रेस उम्मेदवार गौडेलको 'भेटघाट'

कोहलपुर । नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले कोहलपुर नगरपालिका क्षेत्रका विभिन्न बस्तीमा घरदैलो तथा भेटघाट कार्यक्रम गरेका छन् । शुक्रबार कोहलपुर नगरपालिका वडा नम्बर १ को कौशल्यानगर तथा वडा नम्बर २ का पुष्पनगर र विकासनगरमा घरदैलोसँगै स्थानीयसँग भेटघाट गरेका छन् । घरदैलोका क्रममा स्थानीय बासिन्दाले लामो समयदेखि लालपूर्जा नपाएको तथा बाटोघाटो लगायत आधारभूत पूर्वाधारको समस्या झेल्दै आएको गुनासो गरेका थिए ।

उनीहरुले भूमिहीन र असुरक्षित बसोबासको समस्या समाधानमा भूमिका खेल्दिन आग्रह गरेका थिए । त्यसक्रममा उम्मेदवार गौडेलले स्थानीयले उठाएका समस्याबारे आफू पूर्णरुपमा जानकार रहेको बताउँदै समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए । उनले भूमिहीन समस्या समाधानतर्फ अघि बढिरहेको अवस्थामा जेन्जी आन्दोलनपछि बनेको सरकारले आयोग विघटन गर्दा प्रक्रिया अवरुद्ध भएको बताए । "स्थानीय सरकारको समन्वयमा भूमिहीनहरुलाई लालपूर्जा दिने काम भइरहेकै थियो, सरकार फेरियो, आयोग विघटन भयो, काम रोकियो," उनले भने-"अब काँग्रेस नेतृत्वको सरकार बन्छ, भूमिहीनलाई लालपूर्जा दिने सवालमा म निरन्तर पहल गर्नेछु ।"

घरदैलोका क्रममा स्थानीयले लामो समयदेखि जनस्तरमा रहेर सेवा गर्दै आएका कारण गौडेलप्रति आफ्नो विश्वास रहेको बताएका थिए । यसैबीच शुक्रबार बिहान नेपाल दलित संघ बाँके क्षेत्रीय कार्यसमितिले उम्मेदवारसँग कोहलपुरमा अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार गौडेल तथा समानुपातिक उम्मेदवार दीपनारायण वर्मा सहभागी भएका थिए । नेपाल दलित संघ बाँकेका अध्यक्ष कृष्ण बहादुर विकले दलित समुदायका मुद्दामा काँग्रेसले निरन्तर साथ दिँदै आएको बताए । उनले आगामी निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धता पनि व्यक्त गरे ।

अन्तरक्रिया कार्यक्रममा शिक्षा, रोजगारी, सामाजिक न्याय र भूमिहीनताको मुद्दा उठाइएको थियो । उम्मेदवार गौडेलले ती विषयमा नीतिगत पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।


प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  १७:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेको क्षेत्र नम्बर २ मा पार्टी कार्यकर्ता र जनतामा उत्साह छः कोइराला
बाँकेको क्षेत्र नम्बर २ मा पार्टी कार्यकर्ता र जनतामा उत्साह छः कोइराला
कोहलपुरका बस्तीमा काँग्रेस उम्मेदवार गौडेलको 'भेटघाट'
कोहलपुरका बस्तीमा काँग्रेस उम्मेदवार गौडेलको 'भेटघाट'
घरदैलो तथा टोल भेटघाटमार्फत प्रचारप्रसार तीब्र बनाउँदै पुन
घरदैलो तथा टोल भेटघाटमार्फत प्रचारप्रसार तीब्र बनाउँदै पुन
कांग्रेस उम्मेदवार कोइरालासँग डुडुवाबासीको आशा र अपेक्षा
कांग्रेस उम्मेदवार कोइरालासँग डुडुवाबासीको आशा र अपेक्षा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP