नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँकेको क्षेत्र नम्बर २ मा पार्टी कार्यकर्ता र जनतामा उत्साह छः कोइराला
बाँकेको क्षेत्र नम्बर २ मा पार्टी कार्यकर्ता र जनतामा उत्साह छः कोइराला
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन १, २०८२ बागेश्वरी पोस्ट
बाँकेको क्षेत्र नम्बर २ मा पार्टी कार्यकर्ता र जनतामा उत्साह छः कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले बाँके क्षेत्र नम्बर २ मा पार्टीका नेता, कार्यकर्ता र जनतामा निर्वाचनप्रति एकदमै उत्साह जागेको बताएका छन् । नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ मा शुक्रबार प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्रिभुवन चोक नेपालगन्जको मुटु भएकाले यहाँका जनता र पार्टीका नेता, कार्यकर्तामा निर्वाचनप्रति उत्साह जाग्नुपर्ने स्पष्ट पारे । ‘जबसम्म यो वडा तात्दैन, तबसम्म हामीले आफूलाई बलियो महसूस गर्नु हुँदैन, यहाँका नेता, पार्टीका साथीहरु, यहाँका जनतामा उत्साह जाग्नुपर्छ,’ उनले भने ।

मतदाता भेटघाटका क्रममा आफू जहाँ पुग्यो, त्यहाँ उत्साह देखिएको उम्मेदवार कोइरालाले बताए । ‘हामी जहाँ गइरहेका छौं, जनतामा उत्साह देखिन्छ, पार्टीका नेता र कार्यकर्ताहरुमा उत्साह छ, हामी जितको नजिक पुगिसकेका छौं,’ उनले अगाडि भने । बाँकेको क्षेत्र नम्बर २ मा विगत १० वर्षदेखि नेपाली कांग्रेसले संसदमा प्रतिनिधित्व गर्न नपाएको भन्दै यस पटक जसरी पनि नेपाली कांग्रेसलाई जिताएर पठाउन मतदातालाई उनले अपिल गरे ।

आफू नेपालगन्जमै जन्मेर त्रिभुवन चोकमा हुर्केको स्मरण गर्दै कोइरालाले भने, ‘म नेपालगन्जमै जन्मिए, त्रिभुवन चोकमा हुर्किएँ, अब यही त्रिभुवन चोकले मलाई विजयी गराएर संसदमा पठाउने विश्वास लिएको छु ।’ आफू निर्वाचनका लागि ठाउँ–ठाउँमा पुग्दा नेपाली कांग्रेसका हरेक वडाका नेता, कार्यकर्ताले उत्साह जगाइरहेको बताए । ‘मलाई अहिलेसम्म हरेक नेता, कार्यकर्ताले उत्साह जगाउनुभएको छ, मलाई साथ दिनुभएको छ,’ उनले भने, ‘मैले आदरणीय नेताहरुबाट माया पाएको छु, उत्साह पाएको छु ।’

उमेर, राजनीति र अनुभवका हिसाबले आफू कान्छो भएको र अहिलेसम्म चुनाव लडेको अनुभव नभएकाले आफूलाई जिताउने हात क्षेत्र नम्बर २ का आम मतदाता र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुमै रहेको उम्मेदवार कोइरालाले बताए । यस्तै नेपाली कांग्रेसका युवा नेता एवम् २०७९ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुदिप नरसिंह राणाले देशलाई बचाउन र जनताको हक अधिकार स्थापित गर्नका लागि नेपाली कांग्रेसले जित्नैपर्ने बताए । नेपाली कांग्रेसले योग्य र सक्षम उम्मेदवारका रुपमा शुधान्सु कोइरालालाई उठाएकाले सबैले यसपटक दृढताका साथ संकल्प गरेर निर्वाचित गराउन अपील गरे ।

यसैगरी नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ताले राजनीतिमार्फत जनताको सेवा गर्नका लागि शुधान्सु कोइराला अहिले प्रतिनिधि सभा सदस्य पदको सशक्त युवा उम्मेदवार रहेको दाबी गरे । क्षेत्र नम्बर २ को समग्र विकासका लागि नेपाली कांग्रेसलाई यसपटक निर्वाचित गराउन उनले आग्रह गरेका छन् । नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ का वडा सभापति ऋचा द्विवेदीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा कांग्रेस नेता शिवलाल पाण्डे लगायतले युवा उम्मेदवार कोइरालालाई विजयीको अग्रिम शुभकामना दिएका थिए । कार्यक्रममा पार्टीका विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यसैबीच नेपाली कांग्रेस बाँकेका सचिव समेत रहेका उम्मेदवार कोइरालाले शुक्रबार नै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ को प्रचारप्रसार कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आफूलाई निर्वाचित गराएर संसदमा पठाउन मतदातालाई आग्रह गरे । आफू निर्वाचित भएपछि क्षेत्र नम्बर २ को विकासमा आफूले नेतृत्व गर्ने प्रतिवद्धता जनाए । निर्वाचनमा सक्षम उम्मेदवारलाई छान्न उनले वडा नम्बर १४ का मतदातालाई पनि आग्रह गरेका छन् । नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ का सभापति सञ्जय बर्माको सभापतित्वमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा महासमिति सदस्य राजकुमार बर्मा, प्रजातन्त्र सेनानी लक्ष्मण बर्मा लगायतले बोलेका थिए । उम्मेदवार कोइरालाले शुक्रबार नै डुडुवा गाउँपालिका वडा नम्बर २ को बेतहनी, पिप्रहवा र पुर्व बाढी गाउँमा मतदाता भेटघाट गरेका छन् ।


प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  २०:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेको क्षेत्र नम्बर २ मा पार्टी कार्यकर्ता र जनतामा उत्साह छः कोइराला
बाँकेको क्षेत्र नम्बर २ मा पार्टी कार्यकर्ता र जनतामा उत्साह छः कोइराला
कोहलपुरका बस्तीमा काँग्रेस उम्मेदवार गौडेलको 'भेटघाट'
कोहलपुरका बस्तीमा काँग्रेस उम्मेदवार गौडेलको 'भेटघाट'
घरदैलो तथा टोल भेटघाटमार्फत प्रचारप्रसार तीब्र बनाउँदै पुन
घरदैलो तथा टोल भेटघाटमार्फत प्रचारप्रसार तीब्र बनाउँदै पुन
कांग्रेस उम्मेदवार कोइरालासँग डुडुवाबासीको आशा र अपेक्षा
कांग्रेस उम्मेदवार कोइरालासँग डुडुवाबासीको आशा र अपेक्षा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP