नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • 'किसानका पीर-मर्का बुझ्ने पार्टी नै कांग्रेस हो'
'किसानका पीर-मर्का बुझ्ने पार्टी नै कांग्रेस हो'
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन २, २०८२ बागेश्वरी पोस्ट
'किसानका पीर-मर्का बुझ्ने पार्टी नै कांग्रेस हो'

नेपालगञ्ज । नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष गणेश चन्द्र तिमिल्सिनाले नेपाली कांग्रेसका पक्षमा मतदान गर्न आम किसान बर्गलाई आग्रह गरेका छन् । नेपाल किसान महासंघ बाँकेले शनिबार (आज) नेपालगञ्जमा आयोजना गरेको 'नेपाली कांग्रेसका बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फका उम्मदवारहरुसंग किसानहरुको प्रत्यक्ष भेटघाट तथा छलफल कार्यक्रम' मा बोल्दै तिमिल्सिनाले कृषि क्षेत्रको बृहत्तर विकास र किसान बर्गको हित तथा उत्थानका लागि कांग्रेस मात्रै जिम्मेवार पार्टी भएको बताउँदै कांग्रेसका उम्मेदवारहरुलाई निर्वाचित गराउन आग्रह गरे ।

क्षेत्र नम्बर ३ का उम्मेदवार एवम् नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले किसानका पीर-मर्का बुझ्ने पार्टी कांग्रेस नै भएको बताए । पुनले कांग्रेसले स्थापना कालदेखि नै किसानमैत्री पार्टीको छबि बनाएको उल्लेख गरे । उनले किसान लगायत सबै बर्गलाई समेटेर मुलुक निर्माण कार्यको नेतृत्व लिन सक्ने पार्टी नेपाली कांग्रेस मात्रै भएको दाबी गरे । पुनले लोकतन्त्र र संविधान संकटमा परेको बेला मुलुकको सबैभन्दा जिम्मेवार पार्टी नेपाली कांग्रेसका पक्षमा मत जाहेर गर्न आमकिसानलाई आह्वान समेत गरे ।

क्षेत्र नम्बर १ का उम्मेदवार एवम् नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले कांग्रेस किसानहरुकै पार्टी भएको बताए । उनले कांग्रेसले किसानका वास्तविक समस्या बुझेको जिकिर गर्दै कृषि क्षेत्रको विकास, आधुनिकीकरण र ब्यवसायीकरणका लागि काम गर्दै आएको बताए । किसान बर्गको उत्थानका लागि काम गर्ने गौडेलको प्रतिबद्धता छ ।  

क्षेत्र नम्बर २ का उम्मेदवार एवम् नेपाली कांग्रेस बाँकेका सचिव, युवा नेता शुधान्सु कोइरालाले योजना बनाउँदा किसानलाई सम्झेर बनाउनुपर्दछ भन्ने महामानव वीपी कोइरालाको दर्शनले कांग्रेस पार्टी अभिप्रेरित रहेको बताए । किसानलाई माया गर्ने पार्टी कांग्रेस नै रहेको जिकिर गर्दै उनले बाँकेमा किसानका लागि अमृत सावित भइरहेको सिक्टा सिंचाई आयोजना ल्याउने ब्यक्ति नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइराला रहेको स्मरण पनि गराए ।

नेपाल किसान महासंघ बाँकेका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष अस्मिता शाह महतराले गरेकी थिइन् भने कार्यक्रम सञ्चालन सचिव महेन्द्र मल्ल ठकुरीले गरेका थिए । त्यस अवसरमा समानुपातिक उम्मेदवार दिप नारायण बर्मा लगायत पार्टी तथा किसान महासंघका नेता-कार्यकर्ताहरुको उपस्थिति थियो । 


प्रकाशित मिति: शनिबार, फागुन २, २०८२  १५:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश जबरालाई सुरक्षा जोखिमका कारण ल्याइएको हो: प्रहरी
पूर्व प्रधानन्यायाधीश जबरालाई सुरक्षा जोखिमका कारण ल्याइएको हो: प्रहरी
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
बाँकेका आठै स्थानीय तहमा बुधबार पालिका अधिवेशन, को-को भिड्दैछन् ?
बाँकेका आठै स्थानीय तहमा बुधबार पालिका अधिवेशन, को-को भिड्दैछन् ?
तुलसीपुर–१२ मा कांग्रेसको वडा अधिवेशन सर्वसम्मत
तुलसीपुर–१२ मा कांग्रेसको वडा अधिवेशन सर्वसम्मत
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP