नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, फागुन २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन २, २०८२ बागेश्वरी पोस्ट
गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी

जानकी (बाँके) । थोरै लगानी, स्थानीय स्रोत–साधनको अधिकतम् उपयोग र निरन्तर मेहनतबाट पनि उल्लेखनीय आर्थिक सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरणका रूपमा नेपालगञ्ज उपमहानगरपालिका–१८, तेजनगरका वीरबहादुर हमाल रहेका छन् । विगत १२ वर्षदेखि उहाँ ‘एभरेष्ट अर्गानिक एग्रोफार्म’ सञ्चालन गर्दै गँड्यौला मल अर्थात् भर्मिक कम्पोष्ट मल उत्पादनमा सक्रिय छन् ।

“गँड्यौला मल उत्पादन गर्न थोरै लगानीमै धेरै मुनाफा गर्न सकेको छु,” हमालले आत्मविश्वासका साथ भने, “यदि लगनशीलता र धैर्य छ भने कृषिमा सम्भावनाको कमी छैन ।” उनका अनुसार गँड्यौला मल माटोको उर्वराशक्ति वृद्धि गर्न, बालीबिरुवाको वृद्धि सन्तुलित बनाउन र वातावरण संरक्षणमा योगदान पु¥याउन अत्यन्त प्रभावकारी छ । रासायनिक मलको विकल्पका रूपमा जैविक मलको प्रयोग बढ्दै गएको सन्दर्भमा यसको माग क्रमशः विस्तार हुँदै गएको उनले बताए ।

हमालका अनुसार वैदेशिक रोजगारीतर्फ आकर्षित हुँदै गएका युवालाई स्वदेशमै कृषि क्षेत्रमार्फत आत्मनिर्भर बनाउन सकिने सम्भावना प्रशस्त छ । “स्थानीय स्रोत–साधनको प्रयोग गरेर अर्गानिक मल उत्पादनमा जोड दिए युवालाई विदेशिनु पर्दैन,” उनले भने, “कृषि क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउने हो भने यहीँ राम्रो आम्दानी गर्न सकिन्छ ।”

गँड्यौला मल उत्पादनका लागि गाईको गोबर, पराल, झारपात तथा घरआँगनमा उपलब्ध जैविक पदार्थ प्रयोग गरिन्छ । विशेष जातको गँड्यौला ‘आइनिया फेटेटरी’ प्रयोग गरी जैविक मल तयार पारिँदै आएको उनले जानकारी दिए । “हामीले प्रयोग गर्ने गँड्यौला विशेष प्रजातिको हो, जसले छिटो मल तयार गर्छ,” उनले भने, “एक पटक गँड्यौला खरिद गरेपछि पटक–पटक लगानी गर्नुपर्दैन ।”

उद्योगको प्रारम्भिक चरण भने चुनौतीपूर्ण थियो । बजारको अभाव, आर्थिक कठिनाइ तथा प्राविधिक ज्ञानको कमीबीच हमालले कामको थालनी गरेका थिए । “सुरुमा कृषक र स्थानीयबासीलाई गँड्यौला मलका बारेमा खासै जानकारी थिएन,” उनले स्मरण गरे, “धेरैले पत्याउँदैनथे, तर मलाई आफ्नै मेहनतमा विश्वास थियो ।” कठिन परिस्थितिका बाबजुद निरन्तर प्रयास र धैर्यका कारण आजको अवस्था सम्भव भएको हमालको भनाई छ ।

सुरुआती समयमा उत्पादन गरिएका मल बजारसम्म पु¥याउन र उपभोक्ताको विश्वास जित्न समय लागेको उनी बताउँछन् । “टनका टन उत्पादन गरे पनि माग अनुसार बिक्री गर्न गाह्रो हुन्थ्यो,” हमालले भने, “तर अहिले प्रत्येक स्थानीय तहमा, विशेष गरी युवाहरूमा यसप्रति चासो बढेको छ ।” उनका अनुसार अहिले करिब २५ प्रतिशत कृषकमा जैविक मल प्रयोग गर्नुपर्छ भन्ने चेतनाको विकास भएको छ ।

हाल हमालले चार कठ्ठा जग्गा भाडामा लिएर ६० वटा वेडमार्फत मल उत्पादन गर्दै आएका छन् । एक पटकमा १८ देखि २० ट्राली गाईको गोबर खरिद गरिन्छ, जसबाट प्रति ट्राली करिब १२ क्वीन्टलसम्म गँड्यौला मल उत्पादन हुने उनले जानकारी दिए । “एक पटक किनेको गोबरबाट चार पटकसम्म मल उत्पादन गर्न सकिन्छ,” उनले भने, “यसले लागत घटाएर आम्दानी बढाउन सहयोग गर्छ ।”

उत्पादित मल विशेष गरी हिमाली जिल्लामा ढुवानी हुने गरेको छ । उच्च मूल्यका स्याउका बोट तथा तरकारी बालीमा यसको प्रयोग व्यापक रहेको हमालले बताए । “हिमाली क्षेत्रमा जैविक उत्पादनको माग धेरै छ,” उनले भने, “त्यहाँका कृषकले गुणस्तरीय मल खोज्ने भएकाले हाम्रो उत्पादनको बजार राम्रो बनेको छ ।”

आर्थिक पक्षसमेतमा हमालको यात्रा उल्लेखनीय देखिन्छ । उनका अनुसार तीन महिनामा करिब १६० क्विन्टल मल उत्पादन हुन्छ भने चार महिनामा ६४० क्विन्टलसम्म उत्पादन सम्भव हुन्छ । हाल बजार मूल्यप्रति क्विन्टल करिब रु दुई हजार ५०० रहेको छ । “वार्षिक रूपमा रु. १५ लाखदेखि रु. १६ लाख बराबरको मल बिक्री हुन्छ, समग्र कारोबार भने रु. २० लाखदेखि रु २५ लाखसम्म हुन्छ”, हमालले  भने, “मल उत्पादनमा लागेका युवाहरूले सामान्यतया मासिक रु. ४० हजारदेखि रु. ५० हजारसम्म आम्दानी गर्न सक्छन् ।”

यसले युवालाई विदेशिनबाट रोक्न सहयोग पुग्ने उनको विश्वास छ । कृषि क्षेत्रमा सम्भावना भए पनि जानकारी र प्रेरणाको अभावका कारण धेरै युवा विदेशिने गरेका हमालको धारणा छ । वि.सं. २०७१ मा केवल एक किलो गँड्यौला खरिद गरेर सुरुवात गरेका हमालले हालसम्म झन्डै ५० क्विन्टल गँड्यौला मल बिक्री गरिसकेका छन् । सानो सुरुवातलाई निरन्तरता दिन सके ठूलो उपलब्धि हासिल गर्न सकिने उनको भनाई छ । “मैले कहिल्यै पनि नाफालाई मात्र केन्द्रमा राखिनँ, सधैँ गुणस्तर र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिए”, हमालले भने ।

हमालका अनुसार सफलता हासिल गर्न इमानदारी, निष्ठा र दीर्घकालीन सोच आवश्यक हुन्छ । “काम सानो वा ठूलो हुँदैन,” उनले स्पष्ट पारे, “त्यसमा देखाइने प्रतिबद्धताले नै परिणाम निर्धारण गर्छ ।”

गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी गर्दै आएका हमालको अनुभवले देखाएको छ–स्थानीय स्रोत–साधनको सदुपयोग, वैज्ञानिक विधिको प्रयोग र निरन्तर परिश्रमका माध्यमबाट कृषिलाई व्यावसायिक र सम्मानित पेशाका रूपमा स्थापित गर्न सकिन्छ । उनको सफलताले सङ्घर्षरत कृषक तथा युवालाई स्वदेशमै अवसर खोज्न प्रेरणा दिएको छ । उनले विदेशिने युवालाई धैर्य राखेर आफ्नै देशमा गर्न सके सबै कुराको सम्भावना रहेको बताए ।

“कृषि क्षेत्रमा सम्भावना धेरै छ, आवश्यकता छ त केवल विश्वास र निरन्तरताको हो”, हमालले भने, “दृढ इच्छाशक्ति र सकारात्मक सोच भए सामान्य अवस्थाबाट पनि उल्लेखनीय उपलब्धि हासिल गर्न सकिन्छ ।” रासस
 


प्रकाशित मिति: शनिबार, फागुन २, २०८२  १५:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP