नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थ मन्त्रालयद्वारा नेपालगञ्जमा बजेट तथा राजश्व नीतिका लागि सुझाव संकलन
अर्थ मन्त्रालयद्वारा नेपालगञ्जमा बजेट तथा राजश्व नीतिका लागि सुझाव संकलन
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, चैत २७, २०८२ बागेश्वरी पोस्ट
अर्थ मन्त्रालयद्वारा नेपालगञ्जमा बजेट तथा राजश्व नीतिका लागि सुझाव संकलन

नेपालगञ्ज । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा राजश्व नीति तर्जुमा प्रक्रिया अन्तर्गत अर्थ मन्त्रालयले नेपालगञ्जमा सरोकारवालासँग सुझाव संकलन गरेको छ । अर्थसचिव घनश्याम उपाध्याय नेतृत्वको उच्चस्तरीय टोलीले शुक्रबार नेपालगञ्जका उद्योगी ब्यवसायीसंग रायसुझाव लिएको हो । मन्त्रालय अन्तर्गतको राजश्व परामर्श समितिले आयोजना गरेको उक्त कार्यक्रममा उद्योगी, व्यवसायी, करदाता तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा अर्थ सचिव उपाध्यायले प्राप्त सुझावहरूलाई नीति निर्माण प्रक्रियामा समेट्न मन्त्रालयले अधिकतम् प्रयास गर्ने प्रतिबद्धता जनाए । उनले मुलुकभित्र उत्पादन न्यून हुनु, खुला सिमानाका कारण अनौपचारिक व्यापार बढ्नु जस्ता चुनौतीहरूले राजश्व संकलन र आन्तरिक अर्थतन्त्रमा दबाब सिर्जना गरिरहेको बताए । उनका अनुसार देशको दिगो समृद्धि र विकासका लागि उत्पादन वृद्धि, लगानीमैत्री वातावरण निर्माण तथा आर्थिक क्रियाकलाप विस्तार अपरिहार्य छ । साथै, कर तिर्ने संस्कृतिको विकास गर्न सके मात्र राज्यको राजश्व प्रणाली सुदृढ हुने उनको भनाई थियो ।

कार्यक्रममा सहभागी उद्योगी तथा व्यवसायीहरूले भने विगतदेखि नै यस्ता सुझाव संकलन हुने गरे पनि कार्यान्वयनमा कमजोरी देखिने गरेको भन्दै चिन्ता व्यक्त गरे । “सुझाव लिने तर काठमाडौं पुगेर बेवास्ता गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ,” उनीहरूले भने, “स्थानीय तह र व्यवसायिक क्षेत्रका वास्तविक समस्यालाई सम्बोधन नगरेसम्म आर्थिक सुधार सम्भव हुँदैन ।” उद्योगीहरूले विशेष गरी खुला सिमानाका कारण अवैध आयात नियन्त्रण, स्वदेशी उत्पादनको संरक्षण, कर प्रणालीमा सरलता, तथा साना तथा मझौला उद्यमलाई प्रोत्साहन गर्ने नीतिहरू ल्याउन आग्रह गरेका छन् । राजश्व परामर्श समितिले देशका विभिन्न स्थानमा यस्तै कार्यक्रममार्फत सुझाव संकलन गर्दै आएको छ । संकलित सुझावहरू आगामी बजेट तथा राजश्व नीतिमा समावेश गरिने अपेक्षा गरिएको छ । 

कार्यक्रममा उद्योगी ब्यवसायीहरु कन्हैयालाल बैद्य, कृष्ण प्रसाद श्रेष्ठ, नन्दलाल बैश्य, सञ्जय अग्रवाल, प्रदिप छाछेड, अब्दुल वाहिद मन्सुरी चुन्ना, टंक प्रसाद शर्मा, अजय टण्डन, कश्मिरा खातुन, उषा भण्डारी, नरेन्द्र ओली, सुरज भण्डारी लगायतले सुझाब दिएका थिए । नेपालगञ्ज उद्योग बाणिज्य संघका कार्यबहाक अध्यक्ष हरिलाल न्यौपानेको अध्यक्षतामा सम्पन्न छलफल तथा अन्तरक्रिया कार्यक्रमको सहजीकरण आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका प्रमुख पूर्णप्रसाद न्यौपानेले गरेका थिए । कार्यक्रममा भन्सार विभाग, आन्तरिक राजश्व विभागका अधिकारी, बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ लगायतले पनि बोलेका थिए । 


प्रकाशित मिति: शुक्रबार, चैत २७, २०८२  २०:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP